काठमाडौं । चलचित्र विकाश बोर्डका अध्यक्ष भुवन केसीको कार्यकाल अब ६ दिन बाँकी छ । उनी ९ साउनबाट बोर्ड अध्यक्षको पदमुक्त हुँदैछन् । बिगतमा विभिन्न कार्यक्रमको घोषणा र नियुक्तबाट विवादमा परेका अध्यक्ष भुवन केसीले चलचित्र विकाश बोर्डका लागि अहिले ३५ जना विज्ञ छानेका छन् । यो यो बिज्ञले चलचित्र विकाश बोर्डमा जुरी बस्ने र राष्ट्रिय चलचित्र अवार्ड बिजेता छान्ने, बोर्डबाट प्रदान गरिने सम्मान तथा पुस्कारको लागि व्यक्ति छान्ने, बोर्डबाट सहयोग गरिने विशेष चलचित्र छान्ने लगायतको काम यो जम्बो टिमले अब गर्नेछ । तर यो टिमलाई अब आउने अध्यक्षले स्विकार गर्ने या नगर्ने भन्ने’bout पनि बहस सुरु भएको छ ।
निर्माता, प्रदर्शक र वितरकहरुको विरोध
बिज्ञहरुमा संघ संस्थाबाट नेपाल चलचित्र संघ र नेपाल चलचित्र निर्माता संघबाहेक अरु संघ संस्थाका अध्यक्षलाई समेटिएको छ । जसमा चलचित्र विकाश बोर्डका पूर्व अध्यक्षहरु नीर शाह, दयाराम दाहाल, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, निर्देशक समाजका निवर्तमान अध्यक्ष रक्षा सिंह राणा, पूर्व अध्यक्ष केपी पाठक, बिमल पौडेल रहेका छन् ।
यस्तै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, कलाकार संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्का, पूर्व अध्यक्ष बसुन्धरा भुसाल, जनपक्षीय चलचित्रकर्मी संघका अध्यक्ष दिनेश डिसी, अखिल नेपाल चलचित्रकर्मी संघका अध्यक्ष उदय सुब्बा, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य एवम् नेपाल संगीतकार संघ अध्यक्ष चेतन सापकोटा, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समीर बलामीलाई पनि लाई पनि बिज्ञमा राखिएको छ ।
यस्तै निर्देशकहरु लक्ष्मीनाथ शर्मा, ब्रजेश खनाल, नयनराज पाण्डे, प्रकाश सायमी, नबिन सुब्बा, मीन बहादुर भाम, आकाश अधिकारी, ऋषी लामिछाने, मनोज पण्डित, अभिनेत्री गौरी मल्ल, झरना थापा, रेखा थापा, केकी अधिकारी, दीपाश्री निरौला, सम्पादक बनिष शाह, कलाकार रमेश रञ्जन झा, सुनिल थापा, अनुप बराल, पत्रकार ध्रुव लम्साल, प्राध्यापक अभि सुवेदी र विपिन स्थापितलाई विज्ञको रुपमा यिनीहरुको नाम सार्वजनिक गरेको छ । यी मध्यबाट आगामी १ असोजमा प्रदान गरिने राष्ट्रिय चलचित्र पुरस्कारका लागि ६ जनालाई तत्कालै जुरीमा नियुक्त गर्ने तयारी बोर्डको छ । बाँकी बिज्ञलाई आगामी दिनमा विभिन्न समितिमा समेटेर राय लिने पनि बोर्डको कथन छ ।
चलचित्र विकास बोर्डले हरेक बर्ष आयोजना गर्दै आएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ यो बर्ष पनि आयोजना गर्ने तयारी गरेको छ । असोजको १ गते ‘चलचित्र दिवस’को अवसर पारेर बोर्डले यो पुरस्कारको आयोजना गर्ने तयारी गरेको हो । गतवर्ष यो पुरस्कारको विवाद अदालतसम्म पुगेको थियो ।
यो विज्ञता’bout जानकारी लिन राजधानीले सम्पर्क गर्दा चलचित्र विकाश बोर्ड अध्यक्ष भुवन केसीले फोन उठाएनन् । बोर्ड सदस्य रवी चन्द्र अधिकारीले विज्ञको जम्बो टिम’bout राजधानीको जिज्ञासामा भने,‘अहिले बिज्ञको रुपमा ३५ जनाको सुची सार्वजनिक गरिएको छ । अब यो टिमबाट तत्कालै ६ जना चलचित्रकर्मी चयन गरेर बोर्डका १ जना बोर्ड सदस्यसहितको टिमले जुरीको रुपमा राष्ट्रिय चलचित्र अवार्डका बिजेताको चयन गर्नेछ ।’ टिममा नसमेटिएका बाँकी चलचित्रकर्मी बोर्ड नजरमा विज्ञ हैनन भन्ने अर्को प्रश्नमा उनी बोल्न चाहेनन् ।
चलचित्र विकाश बोर्डका प्रवक्त एवम् अर्का सदस्य केएल बुढाथोकीले ३५ जना विज्ञको ’boutमा फरक धारणा राजधानीसँग व्यक्त गरे,‘हाम्रो सञ्चार मान्त्रलयले पनि विज्ञहरुको एउटा टिम बनाएर बेला बेलामा सल्लाह लिँदै आएकाले हामीले पनि राष्ट्रिय पुरस्कार तथा सम्मान कार्यविधि २०८१ अनुसार विज्ञको एउटा टिम बनाएका हौं । यो टिमले हामीलाई बोर्डबाट हुने सम्मान, पुरस्कार, अवार्डलगायत विभिन्न कुरामा साल्लाह सुझाब दिन सक्ने छ ।’ अध्यक्षको कार्यकाल सकिँदै गर्दा यो विज्ञहरुको जम्बो टिम घोषणा गर्नुको कारण के थियो भन्ने प्रश्नमा उनले यो नियमित प्रकृया भएको बजाफ दिए । बाँकी अध्यक्षसँगै बुझ्न पनि उनले सुझाब दिए ।
निर्माताहरुको सँस्था नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का र चलचित्र हल सञ्चालक एवम् वितरकहरुको संस्था नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनले बोर्डद्धारा घोषित बिज्ञहरुको यो टिमप्रति आश्चार्य प्रकट गरेका छन् ।
नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनले राजधानीसँग भने,‘बोर्ड अध्यक्ष भुवन केसीको प्राय यस्तै अनौठा र विवादास्पद काम गरिरहनु हुन्छ । गत वर्ष पनि उहाँले बोर्डबाट प्रदान गरेको अवार्ड, सम्मान र पुरस्कार निकै विवादित भएर अदालतसम्म पुगेका कारण विवादवाट जोगिन यस्तो जम्बो टोली घोषणा गरेको होला ।’ उनले अगाडि थपे,‘हामी प्रदर्शक र वितरकसँग यो विषयमा केही राय लिईएको पनि छैन र हाम्रो कोही पनि यो टोलीमा समेटिएको छैन । सायद बोर्डको नजरमा प्रदर्शक वितरकहरु विज्ञ हैनन् ।’
नेपाल चलचित्र निर्माता संघको अध्यक्ष नवल खड्काले पनि मर्ने वेलामा हरियो काँक्रोको उपमा दिँदै एक हप्तामा विदा भएर जाने अध्यक्ष भुवन केसीको यो निर्णय अब बन्ने अर्को अध्यक्षका लागि सही नहुनसक्ने बताए । बुधबार घोषित ३५ जना बाहेक अरु चलचित्रकर्मीहरु विज्ञ हैनन त ? भन्दै यसको जवाफ दिन पनि उनले बोर्ड अध्यक्ष तथा सदस्यहरुलाई प्रति प्रश्न गरे । सम्मान, पुरस्कार, अवार्ड, तक्मा, पदक, आर्थिक सहयोग आदि प्रदान गर्न सुटुक्क भित्रबाटै ५–७ जनाको टिम बनाएर आन्तरिक निर्णय गर्नुको सट्टा यति ठुला जम्बो टिम बनाएर ढोल पिट्दै हल्ला गर्नुको औचित्य नभएको पनि उनले बताए ।






