१४ सन्तानकी एक्ली आमा

१४ सन्तान जन्माएकी राउटे महिला दुनीका पतिलगायत सबै सन्तानको मृत्यु भएपछि आजभोलि एक्लै छन् । तस्वीरः भक्तबहादुर शाही–दैलेख

दैलेख । सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ । १४ सन्तान जन्माएकी एक्ली आमा भनेर । तर अचम्म नमान्नुहोस । यो कथा हो, दक्षिण एशियामा फिरन्ते जीवनयापन गर्दै आएकी ६९ बर्षिया राउटे महिला दुनी शाहीको ।

केही महिना अघि पति महिनबहादुर शाहीको मृत्यु पछि दुनी एक्ली छन् । दुई बर्ष अगाडी जेठो छोरा नारायण शाही र चार बर्षअघि कान्छो छोरा शिवराजको मृत्युपछि पिरोलिएकी दुनी पतिको मृत्यु पछि एक्लिएकी हुन् ।

सधै जसो हँसिलो मुहारमा आधा नेपाली र खाम्ची भाषा बोल्ने दुनीलाई यतिवेला जीवयापन गर्न गाह्रो छ । छोरीबाट जन्मिएको नाति सानो छ । दुईवटी विधुवा बुहारी छन् । सुन्दरी शाही र सुमनी शाही । सुन्दरी २२ बर्षकी भईन भने सुमनी १७ बर्षकी हुन् । नारायण पत्नी सुन्दरी हुन भने शिवराजको सुमनी ।

कलिलै उमेरमा विहेवारी गरेकी यी दुई किशोरी बाल्यकालमै विधुवा बनेकी छन् । नारायणको दुई बर्ष अघि आगोमा पोलिएर मृत्यु भएको थियो भने शिवराजको चारबर्ष अघि उक्त रक्तचापले मृत्यु भएको राउटे परियोजना सम्बन्धि काम गर्दै आएका स्वाथ्यकर्मी विनोद विसीले बताए ।

पति महिनबहादुर शाहीसँग केही बर्ष अगाडी कर्णाली नदीको झोलुङ्गे पुलमा तस्वीर खिचाउँदै । तस्वीरः भक्तबहादुर शाही–दैलेख

राउटेमा महिलाले काठको काम गर्दैनन् । आन्तरिक घरको मात्र काम गर्छन । काठको काम नगर्ने भएपछि दुनी शाहीलाई जहान परिवार कसरी पाल्ने भन्ने चिन्ताले उत्तिकै सताउन थालेको छ । एक पछि अर्काे परिवारको मृत्युले दुनी शाही कमजोरी हुदै गएकी छन् । यताउता हिड्डुल गर्न गाह्रो हुन्छ । घरमा काठबाट कोशी बनाईदिने कोही पुरुष छैनन् ।नाती स्यानो(सानो) छ ।

पुरुष नहुँदा जीवनयापन गर्न गाह्रो छ उहाँले पिर पोखिन । यति भनी रहँदा सधै हँसिलो देखिने दुनी शाहीका मुहारमा खुशीलाई दुःखले छपक्कै ढाकेको थियो । १४ सन्तान जन्म दिएर पनि आफु नै नहुनु पिडा पोको खोल्दै गईन । मैले १४ छोराछोरी जंगलमै जन्माए । तर अहिले सम्म कोही पनि बाँचेनन् । नारायण र शिवराज छोरी ढुग्री ठुलै भएर मरे । अरु त स्यानोमै बिते, उनले थपिन ।

पछिल्लो तथ्यांकलाई हेर्ने हो भने यो समुदायमा १५ देखी ८० बर्षसम्मका महिला विद्युवा छन् । रास्कोटी, सोमवंशी मध्ये कल्याल जातीमा विधुवाको संख्या अधिक छ । तीन जना एकल पुरुष छन् । कलिलै उमेरमा विधुवा बनेका बाहेक अधिकांश विधुवा महिलाले सन्तान जन्माएपनि मृत्यु हुँदा निःसन्तान जस्तै बनेका छन् ।

राउटे महिला घरको आन्तरिक व्यवस्थापकका सर्वेसर्वा मानिन्छ । घर बाहिरको काम पुरुषको हो घरको व्यवस्थापनमा महिलाकै नेतृत्व रहन्छ । विधुवा महिला बाहेक अन्य महिला काठबाट बनेका कोशी मधुश आरी खाट विक्री गर्न जाँदैन । महिलालाई खासै काठको भाँडाकुडा बनाउन आउँदैन । विधुवा महिलाको घर खर्च चलाउनका लागि आफन्तले जंगलबाट काठका भाँडाकुडाँ बनाएर ल्याईदिन्छन, उनीहरुको जीवनयापन गर्ने माध्यम त्यही हो भने अर्को सामाजिक सुरक्षाको भत्ता ।

समुदायमा घरका आन्तरिक व्यवस्थापकका सर्वेसर्वा मानिन्छ । महिलाले काठको काम गर्दैनन् । घरायसी काम भने महिलाकै हुन्छ । तर विधुवा महिलालाई बाहेक अन्य महिला काठबाट बनेका भाँडाकुडा विक्री गर्न जादैनन् । यो समुदायका पुरुषले पैंसा कमाएपनि खर्चको निर्णयकर्ता महिला नै हुन्छन् ।

तपाइको प्रतिक्रिया
(Visited 178 times, 1 visits today)

epaper

ताजा समाचार

बिजुली पानीको भुक्तानीको लागि मौलापुरका स्थानीय आन्दोलित