फाकफोकथुमको पर्यटन सम्भावना व्यापक

इलाम । महाभारत पर्वत श्रीङ्खलामा पर्ने फाकफोकथुम गाउँपालिकामा प्राकृतिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक, वातावरणीय अनुकूलता र पर्यावरणीय विशेषताका कारण सम्भावना व्यापक रहेको छ । पर्यटन विकासका लागि पालिकाबाट भइरहेका प्रयासहरूले सकारात्मक प्रतिफल दिने सङ्केतसँगै यस क्षेत्रको विकासले पालिकामा समृद्धी ल्याउनेमा दुईमत छैन ।

शहरको पाँचतारे होटल व्यवसायदेखि दूरदराजसम्मका व्यक्तिले पर्यटनबाट आम्दानीको बलियो आधार बनाईरहँदा ग्रामीण पर्यटनप्रति सर्वसाधारणको रुचि बढ्दै गएको कारण पनि फाकफोकथुम गाउँपालिकामा धार्मिक पर्यटन विकासले यहाँको अर्थतन्त्र बलियो बनाउन सकिन्छ । इलाम र पाँचथरको सिमानामा बन्दै गरेको राँके रबि भेडेटार सडक निर्माण सम्पन्न भईसक्दा फाकफोकथुमका डाँडा पर्यटककको आकर्षण बन्नेमा दुईमत छैन । यहाँ पुग्दा ग्रामीण पर्यटनमा सँगै महाभारतका अग्ला डाँडाबाट हिम श्रीङखलामा समेत रमाउन सकिन्छ ।

पालिकाको केन्द्र समेत रहेको फाकफोकथुम गाउँपालिका वडा नं. ३ मा आमचोककोे लामिछाने परिवारमा सन् १८२१ मा जन्मिनु भएको हो श्रीकृष्ण लामिछाने ज्ञान दिल दासको नाममा परिचित छन । जोसमनी सन्त परम्पराको प्रचार गर्दै ज्ञान दिल दास भारतको दार्जिलिङ, सिक्किम र भुटानसम्म पुगेको इतिहास छ । इलाम आमचोकको लामिछाने गाउँस्थित जोरधारा क्षेत्रमा शालिक र प्रतिमाका साथै मन्दिर पनि निर्माण भएको छ ।

उहाँको जन्म पश्चात हुर्केको ठाउँ, पानी खाने पँधेरो र ध्यान गर्ने गुफा समेत रहेका छन । सन्त ज्ञानदिल दासको जन्मभुमि फाकफोकथुम गाउँपालिकामा ज्ञानदिल दासले ज्ञान प्राप्त गर्न बसेका तिन वटा गुफा रहेका छन । उक्त गुफामा एक रात, एकदिन रात र छ महिना ध्यान बस्नुभएको थियो । तिन बटा गुफा मध्यै चिते गसफामा सबै भन्दा बढी छ महिना ध्यान बस्नुभएको हो । गुफाको माथिल्लो भागमा ज्ञानदिल दास र तल्लो भागमा बाघ बस्ने गरेको किम्बदन्ती रहेको छ ।

इलामको फाकफोकथुम गाउपालिका वडा नं तीन आमचोकमा जन्मिनु भएका ज्ञान दिल दास संसारभर चर्चित भएपनि उनको जन्मस्थल भने अहिले सम्म पनि गुमनाम अवस्थामा रहेको छ । ज्ञान दिल दासको जन्मस्थललाई विकास गर्न सके यसक्षेत्रको विकासमा टेवा पुग्ने थियो ।

पर्यटनको सम्भावना बोकेको फाकफोकथुम गाउँपालिकाको वडा नं. चारमा रहेको धार्मिक पर्यटकीय स्थलको रुपमा रहेको छ बेहुली ढुङ्गा र थामा डाँडाको अवलोकन गर्न सकिन्छ । जुन इलाम र पाँचथरको सिमानामा पर्ने रबि बजार देखि दुई किलोमिटर उत्तरमा पुग्न सकिन्छ । प्राचिन किम्वदन्ती अनुसार बेहुलीलाई अन्माएर डोली चढाई जन्तीका साथ बेहुलाको घरमा जाँदै गर्दा बेहुलीलाई थामडाँडामा आइपुगे पछि पिसाब लागेकाले उनी पाखा गईन, तर केही समयमा पनि बेहुली फर्किनन् । बेहुलीलाई यताउता सबै ठाँउ खोजी गर्दा कही कतै भटिएन त्यहीँ विलिन भइन् । यसै किम्वदन्तीका आधारमा यस पथर (शिला) ढुंगालाई नारीको रूपमा मान्ने गरिन्छ ।

बेहुली ढुंगाको दर्शन गर्न आउँदा मानिसहरुले बेहुली घुम्टो, माला,चुरा, श्रृङ्गारका सामान र महिलाले प्रयोग गर्ने बस्त्र पनि चढाउने चलन छ । यहाँ दर्शन गर्नाले चिताएको पुग्ने, ग्रह दशा अन्त्य हुने,आत्मा शान्ति मिल्ने,सत्य तर्फ मन जाने, सद्बुद्धि आउने आदि धार्मिक आस्था रहेको छ ।

सुर्योदय, सुर्यस्थ सँगै धार्मिक महत्व बोकेको ठाउँ हो एक चुले र तिन चुले डाँडा । यहाँबाट दार्जेलिङ सँगै ताप्लेजुङको पाथिभरा आँखै अगाडी नियाल्न सकिन्छ । किराँत धर्मगुरु फाल्गु नन्नदले मानव शान्ति र हितका लागि होमादी गरेको र अहिले पनि कोहिला र खरानी रहेको किम्बदन्ती पाइन्छ । भमिसेन देवताले मदेश सम्याउँदै एकचुले तिनचुले आईपुग्दा उज्यालो भएको र खाना पकाएर खानुका साथै पाण्डबहरुले घुमफिर गरेको इतिहास छ ।

त्यस्तै इलाम र पाँथथरको सिमानामै रहेको अर्को पर्यटकीय स्थल हो उत्तरे पोखरी । यस पोखरीको संरक्षण अहिले पाँचथरको मिक्लाजुङ गाउँपालिकाले गरे पनि त्यहा होमस्टे सञ्चालनका लागि फाकफोकथुम गाउँपालिकाले उत्प्रेरण जगाई रहेको छ । त्यस्तै दुई जिल्लाको सिमानामै पर्छ एकचुले डाँडा ।

उक्त डाँडाबाट दुई जिल्लाका ग्रमीण क्षेत्र र कुम्भकर्ण र कन्चनजंघा हिमालको अध्ययन सँगै पद मार्गका लागि सम्भावना बोकेकोे छ । फाकफोकथुम २ र ३ को सिमाना रातमाटेमा अवस्थित छाँगे झर्ना मा जल पर्यटनको सम्भावना रहेको छ । यसैको छेउमा फाकफोकखोला घुमेर बनेको डाँडा पनि रहेको छ ।

यो सँगै तिनजुरे र फुङसिङ डाँडामा पनि अवलोकनका लागि महत्वपूर्ण मानिन्छ । फाकफोकथुम गाउँपालिकाको वडा नं. ३ मा अवस्थित फुङसिङ डाँडामा हरेक वर्ष मेला लाग्ने गरेको छ । यस क्षेत्रलाई जडिबुटि अध्ययनको विकास गर्न सकिन्छ । फाकफोकथुम गाउँपालिकाको वडा नं. ४ मा रहेको जुरे डाँडा धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको स्थानमा पर्दछ ।

यस डाँडामा परापुर्व काल देखिनै मगर समुदाय र अन्य समुदायले संयुक्त रुपमा माईको थान स्थापना गरि पुजा गर्दे आएका छन । फाकफोकथुम गाउँपालिका पाँचमा अवस्थीत खराने डाँडा अर्को पर्यटकीय सम्भावना बोकोको पर्यटकीय स्थल हो । यहाँबाट सुर्योदय र सुर्यस्थको दृश्यावलोकनले हरेकको मन लोभ्याउने गर्दछ ।

पर्यटनको प्रचुर सम्भावना रहेको देउराली पालिका केन्द्र रहेको स्थानको रातमाटे र सल्लेरी रहेको छ । त्यस्तै लुङसुङदाङ फाकफोक थुम गाउँपालिका वडा नं. १ मा अवस्थित एक ऐतिहासिक स्थल हो । पाण्डबहरुले बनबास बस्दै यहाँ आईपुग्दा उनीहरुले आफ्नो भोजन गर्नका लागि ढुङ्गाको ओखल बनाएर धान कुटेर खाना खाएको कथन छ । त्यसैले लिम्बुभासाबाट यस ठाउँको नामाकरण लुङसुङदाङ राखिएको पाईन्छ ।

पाण्डबहरुले बाँडले हानेर पानीको मुल फुटाएर पानी खाएको भनी पाण्डव धाराका नामले परिचित ठाउँ पनि फाकफोकथुम गाउँपालिकामानै पर्दछ । जुन इलाम र पाँचथरको सिमा बजार रहेको पञ्चमिबाट नजिकै पर्दछ । फाकफोकथुम गाउँपालिका वडा नं. ७ माङहिम पनि धार्मिक पर्यटनको रुपमा विकास भईरहेको छ । यहाँ लिम्बु सस्कृतिको अध्ययनका लागि महत्वपूर्ण रहेको छ ।

यसका अलावा फाकफोकथुम गाउँपालिकामा थुप्रै एतिहाँसीक स्थानहरु समेत रहेका छन । ति स्थानको विकासका लागि गाउँपालिकाले कार्ययोजनानै बनाएर अघि बढ्ने लक्ष राखेको गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाल बताउँछन । धार्मीक तथा पर्यटकीय सम्भावना बोकेको फाकफोकथुम गाउँपालिकाका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गर्न सके यहाँको समृद्धि कोशे ठुङ्गा साबित बन्ने थियो ।

तपाइको प्रतिक्रिया
(Visited 62 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागलुङ दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गुल्मीको चन्द्रकोटमा गठबन्धनका अध्यक्ष/उपाध्यक्ष विजयी