कहाँ गए होला दिनेश ?

सप्तरी । बजारबाट घुमेर आउँछु भनी भिनाजुको घरबाट निस्केका एक युवक ६६ दिनदेखी वेपत्ता छन् । सप्तरीको रुपनी गाउँपालिका ६ जगमोहन टोलका २६ वर्षिय दिनेश कुमार चौधरी यसरी वेपत्ता भएका हुन् ।

सिरहाको लहान नगरपालिका २० हरिनगरा टोलस्थित भिनाजुको घर गएका बेला गत असार ९ गते दिनेश वेपत्ता भएको परिवारजनले जनाएको छ । दिदी सरिता र भिनाजु रामानन्दलाई बजार घुमेर आउँछु भनी निस्केका उनी हालसम्म फर्केर नआएको बुबा तेजनारायणले बताए ।

भिनाजुको घर गएका युवक ६६ दिनदेखि वेपत्ता

छोरा पत्ता लगाइदिन भन्दै उनले घटनाको भोलीपल्टै हुलिया विवरण सहितको निदेवन इलाका प्रहरी कार्यालय लहानमा दिए । तर, हालसम्म कतै कुनै सुराक नपाइएको उनले बताएका छन् ।

प्रहरीसँगै नेपाल तथा भारतमा रहेका आफन्त र चिनजानका सबैमा जानकारी गराएपनी हालसम्म फेला पर्न नसकेको आमा किसनी देवीले सुनाइन् । वेपत्ता छोराको अवस्था पत्ता लगाइदिन ठोस पहलका लागि शुक्रबार सप्तरी सदरमुकाम राजविराज आइपुगेका चौधरी दम्पत्तिले स्थानीय प्रशासन, अधिकारकर्मी, संचारकर्मीलगायत सरोकारवाला निकाय र व्यक्तिलाई भेटेर खोजीकार्यमा सघाउन आग्रह गरेका छन् ।

खोजीकार्यमा चौधरी दम्पत्तिलाई साथ र सहयोग दिइरहेका रुपनी गाउँपालिकाका समाजसेवी रंजित भगतले दिनेशका सबै साथी, घरछिमेक तथा चिनजानका सबैमा जानकारी गराई खोज तलास गर्दा पनी कतै फेला पर्न नसकेको बताए ।

“आर्थिक रुपले निकै कमजोर चौधरी दम्पत्तिलाई वेपत्ता छोरा खोज्न धेरै पहल र सहयोग गरी सबैतिर पत्ता लगाउने काम गरिरहेका छौं, समाजसेवी भगतले भने, तर अहिलेसम्म सफलता मिलेको छैन ।” इलाका प्रहरी कार्यालय लहानले दिनेशको पत्ता लगाउन उनको हुलियासहितको सम्पूर्ण विवरण देशै भरका प्रहरी कार्यालयमा पठाई खोजि कार्य जारि राखेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 129 times, 1 visits today)

epaper

ताजा समाचार

चाडपर्वहरूले सामाजिक एकता र सहिष्णुताको भावनालाई बलियो बनाउँछ : प्रधानमन्त्री शाह