नारायण नगरपालिकाको स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

दैलेख । नारायण नगरपालिको स्वास्थ्य कार्यक्रमको वार्षिक समिक्षा सम्पन्न गरेको छ । नारायण नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा गत आर्थिक वर्ष २०८०र८१ मा सम्पन्न भएका स्वास्थ्य कार्यक्रमहको समीक्षा गरीएको हो ।

आर्थिक बर्ष २०८०–०८१ को स्वास्थ्य कार्यक्रमको वार्षिक प्रगति समीक्षा कार्यक्रममा नारायण नगरपालिका अन्तरगतका १५ वटा स्वास्थ्य संस्था र नारायण नगरपालिका अन्र्तरगत संचालित स्वास्थ्य संग साझेदारीमा कामकाज गर्ने संस्थाले गरेको कामहरूको प्रस्तुतीकरण गर्दै लक्ष्य अनुसारको प्रगति हासिल गर्न आईपरेका चुनौती र समस्या ’boutमा व्यापक छलफल भई आगामी बर्षमा सुधार गर्नुपर्ने बिषयमा कार्ययोजना बनाएको नारायण नगरपालिका स्वास्थ्य शाखा प्रमुख लालबहादुर खड्काले बताए ।

उनले नारायण नगरपालिका भित्र रहेका स्वास्थ्य संस्थाहरुको वार्षिक कार्यप्रगती तथा समिक्षा प्रस्तुत गरिएको कार्यक्रममा नगरभित्रका स्वास्थ्य केन्द्रहरुको अवस्था, बजेट र खर्चको अवस्था, तथा बित्तिय प्रगति विवरण, सम्पन्न हुन नसकेको कार्यक्रमहरु, स्वास्थ्य संस्थालाई आवश्यक औषधि तथा उपकरणको अवस्थाको साथै सेवाग्राहीलाई दिने सेवाको अवस्था, सुत्केरी, गर्भपतन, परिवार नियोजन का साथै जनस्वास्थ्यको अवस्था ’boutमा स्वास्थ्य संस्थाका प्रमुखहरुले आआफ्नो कार्यप्रगती विवरण प्रस्तुत गरिएको उनले बताए ।

कार्यक्रममा नारायण नरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले वार्षिक रुपमा गरेको कामको समिक्षा संगै स्वास्थ्य सेवालाइ अझै प्रभावकारी बनाउनु पर्ने जोड दिए । उनले सीमित साधान श्रोत बाबजुद यहाँका स्वास्थ्यकर्मीहरुले देखाएको सक्रियता प्रसंशनीय रहेको भन्दै स्वास्थ्यकर्मीहरु प्रति धन्यवाद व्यक्त गरे ।आउने दिनहरूमा नारायण नगरपालिकाले जिल्लाको स्थानीय तहहरु मध्येकै उत्कृष्ट एवं नमुना काम गर्नुपर्ने उनले बताए ।उनले नारायण नगरपालिकाले स्वास्थ्य संस्थाहरुलाई सक्ने सहयोग गर्ने समेत गरिरहेको बताए । नगरपालिकाले संस्वास्थ्य क्षेत्रमा थुप्रै काम गरेको समेत नगर प्रमुख शर्मा जानकारी दिए ।

दुई दिनसम्म संञ्चालन गरिएको कार्यक्रममा नारायण नरपालिका स्वास्थ्य कार्यालय मातहतका ११वटै वडामा कार्यरत स्वास्थ्यकर्मी,वडा अध्यक्ष तथा स्वास्थ्यकर्मीहरुको उपस्तिथि रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 96 times, 1 visits today)

epaper

ताजा समाचार

‘गल्छी–रसुवागढी सडक’का अतिक्रमण हटाउन सुरु