कांग्रेस किन बीपीको बर्खिलापमा ?

विश्वेश्वरप्रसाद (बीपी) कोइराला नेपालका विभिन्न राजनीतिक दलका नेताहरूमध्ये एक गन्यमान्य नेतामा पर्नुहुन्छ । मेरो यो भनाइ र लेखाइमा सायदै कसैको विमति रहला ? वास्तवमा बीपी कोइराला नेपालका थोरै राजनेतामा पर्नुहुन्छ । यो लेखमा चाहिँ उहाँ (बीपी)ले नेपालका सन्दर्भमा हिन्दू धर्मका ’boutमा भन्नुभएको एक प्रसंगलाई जोड्दै यो लेख सुरु गर्छु ।

विसं २०६२–६३ सालमा भएको जनआन्दोलनले ल्याएको राजनीतिक परिवर्तनपछि नेपालमा पनि धर्म निरपेक्षता लागू भएको थियो । भलै नेपाली जनजीवनमा व्यावहारिक रूपमा धर्म निरपेक्षता लागू नभएको स्थितिचाहिँ विद्यमान रहेको वास्तविकता हो । यो कुरो यहीँ छाडौं । ’cause, कसरी नेपाली जनजीवनमा व्यावहारिक रूपमा धर्म निरपेक्षता लागू भएको छैन ? भनी छुट्टै लेख लेख्न सकिन्छ ।

जे होस्, नेपालको राजनीतिमा घरिघरि हिन्दू धर्मले निकै स्थान पाइरहेको छ । त्यसैले गर्दा हिन्दू धर्मका अनुयायी, विभिन्न राजनीतिक दल, तिनका नेता तथा कार्यकर्ता एवं बुद्धिजीवीहरूका बीचमा पनि नेपाल हिन्दू धर्म साक्षेप हुनुपर्ने कि, हिन्दू धर्म निरपेक्ष हुनुपर्ने ? भन्ने सम्बन्धमा अनेक कोणबाट बहस र छलफलहरू भइरहेको छ । र, अनन्त कालसम्म यस विषयमा बहस र छलफल भई नै रहनेछ । अरूको त के कुरो गरौं र ? स्वयं बीपी कोइरालाको पार्टीमा रहेका मध्यमस्तरका नेताहरूसमेत नेपाललाई हिन्दू धर्म साक्षेप अर्थात् हिन्दू अधिराज्य बनाउनुपर्ने माग आपूmसम्बद्ध पार्टी (नेपाली कांगे्रस)मा लिखित रूपमै राख्ने गर्छन्, राख्छन् ।

नेपाली कांग्रेसका सर्वस्वीकार्य नेता रहेका र नेपाली कांग्रेसले नै महामानव घोषणा गरेको र रहिरहने स्वयं बीपी कोइराला हिन्दू धर्म अथवा भनौं समग्र धर्मका सम्बन्धमा के भन्नुहुन्थ्यो ? यस’boutमा जान्न चाहनेहरूले उहाँ (बीपी)को ४ साउन २०३६ (२० जुलाई सन् १९७९) मा प्रकाशित एक अन्तर्वार्ता पढ्नुपर्ने हुन्छ । सो अन्तर्वार्तामा बीपी कोइरालाले प्रस्टसँग भन्नुभएको छ कि ‘नेपाल हिन्दू राज्य हुँदै होइन ।’ अन्तर्वार्ता बीपी कोइरालालाई ‘विक्ली मिरर’ नामक अंग्रेजी पत्रिकाका अन्तर्वार्ताकारले एक प्रश्न गरेका थिए, ‘नेपाललाई धर्मनिरपेक्ष मुलुक बनाउन चाहने व्यक्तिका रूपमा तपाईंलाई लिइन्छ, यसो गर्दा नेपालका रुढीवादी तत्वलाई प्रश्रय मिल्दैन ? तपाईं सत्तामा आएपछि तपाईंले चाहेको जसरी पशुपतिनाथ मन्दिरलाई संग्रहालयमा सार्नका लागि जनतालाई मनाउन कठिन हुँदैन ?

नेपाली कांग्रेस नेपाललाई धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातान हिन्दू राष्ट्र बनाउन अग्रसर छ

सो प्रश्नमा बीपीको जवाफ यस्तो रहेको छ, ‘नेपाल हिन्दू राज्य हुँदै होइन, कसैले हिन्दू राज्य हो भन्छ भने त्यो झेली मात्र हो, नेपाल निश्चय पनि धर्मनिरपेक्ष राज्य हो, धर्मनिपेक्ष राज्यमा धार्मिक आस्था राख्ने स्वतन्त्रता हुन्छ, तसर्थ मन्दिर वा प्रार्थनास्थल कुन हो भनेर छुट्याउनुपर्ने प्रश्न नै उठ्दैन ।’ विक्ली मिरर, ४ साउन २०३६ (२० जुलाई सन् १९७९) । सो अन्तर्वार्ता प्रदीप गिरीद्वारा सम्पादित ‘विश्वेश्वरप्रसाद कोइराला आधारभूत संकलन’ २०७८, नामक किताबमा संग्रहित छ ।

नेपाली कांग्रेसका त्यस्ता सर्वस्वीकार्य नेता, अझ भएन नेपाली कांग्रेस पार्टी र तिनका नेताहरूले त बीपी कोइरालालाई केवल आप्mनो नेता मात्रै नमानेर ‘महामानव !’ ठान्ने, भन्ने, लेख्ने, गर्छन् । तथापि, नेपाली कांग्रेसले ‘महामानव !’ भनी मानेको, भनेको, लेखेको स्विकारेको नेताले हिन्दू धर्मका सम्बन्धमा राखेको विचार, अडान वा भनौं भनाइलाई कसरी चटक्कै बिर्सेका होलान् ? प्रश्न उठ्छ, वा भनौं सो सम्बन्धमा प्रश्न उठाउन सकिन्छ । ’cause, तनहुँ जिल्लाबाट प्रत्यक्षमा निर्वाचित सभासद् एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका शंकर भण्डारीले केही समयअघि (गत ६ भदौ) नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर फेरि पनि ‘नेपाललाई धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातान हिन्दू राष्ट्र नेपाल’कायम गराउनुपर्ने मागसहितको ज्ञापनपत्र बुझाएका थिए । अचम्म के छ भने, सो ज्ञापनपत्रमा भण्डारीले किरात, बोन, जैन, शिख आदि धर्म र दर्शनलाई पनि हिन्दूमै गाभेर (किरात, बोन, जैन, शिख धर्मलाई पनि हिन्दू भनी उल्लेख गरेर) ९४ प्रतिशतभन्दा बढी वैदिक सनातन धर्मको हवाला दिएका छन् । स्मरण रहोस्, भण्डारीले २०७१ कात्तिकमा नेपाली कांग्रेसनिकट रहेका मानिसहरू भेला गरेर ‘वैदिक सनातन (हिन्दू) राष्ट्र स्थापना महाअभियान गठन’ गरेका थिए ।

त्यसअघि पनि भण्डारीले २०८० फागुनमा ललितपुरको गोदावरीमा सम्पन्न नेपाली कांग्रेसको महासमितिको बैठकमा आपूmलगायत नेपाली कांग्रेसका अन्य २१ जना मध्यमस्तरका नेताहरूको हस्ताक्षरसहित नेपाली कांग्रेसले अब हिन्दू राज्यको पक्षमा अडान लिनुपर्ने अथवा भनौं हिन्दू राज्यलाई पार्टीले सैद्धान्तिक रूपमा आत्मसाथ गरेर नीति नियम पारित गरेर, एजेन्डामै राखेर अगाडि बढ्नुपर्ने भनी आप्mनो फरक मत (नेकाले हिन्दू सनातन धर्म मान्नुपर्ने) स्पष्टसँगग राखेका थिए । ती २२ जना नेताहरूले आप्mनो मागपत्र वा अडानलाई त्यसबेला लिखित रूपमै पार्टीमा बुझाएका थिए ।

त्यसरी नेपाली कांग्रेसको महासमिति बैठकमा हिन्दू (राष्ट्र) धर्मका सम्बन्धमा कुरो उठाएर फरक मत दर्ज गर्ने नेपाली कांग्रेसका २२ नेताहरू थिए ‘शंकर भण्डारी, दिलेन्द्रप्रसाद बडु, पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, प्रकाश रसाईली, रंगमती शाही, विद्या तिमल्सिना, गेहेन्द्र गिरी, सीता देवकोटा, अर्जुनजंग बहादुर सिंह, सीताकुमारी राना, शारदा पौडेल, चम्पादेवी खड्का, नागिना यादव, नृपबहादुर ओड, सञ्जय गौतम, भीम पराजुली, दिनेश कोइराला, मुक्ताकुमारी यादव, डाक्टर डीना संग्रौला, इन्द्रबहादुर बानियाँ र शुक्रराज शर्मा ।’

बीपीको धर्मसम्बन्धी नीतिलाई चटक्कै बिर्सेर एकल हिन्दू राज्यको पक्षमा लाग्नु कांग्रेसका लागि उचित होइन कि ?

उसबेलाको सो नाम सूची हेर्दाखेरि जो आर्य खस समूहका थिए, जसका पिता पुर्खाले सुरुदेखि नै हिन्दू धर्म मान्दै आएका थिए, अँगाल्दै आएका थिए, उनीहरूले हिन्दू धर्मका सम्बन्धमा पक्षपोषण गर्नु त ठीकै मान्न सकिएला, सकिन्थ्यो । तर, अचम्म के भने, जसले र जसका पिता–पुर्खाहरूले लामो समयसम्म हिन्दू धर्मकै कारण दलनमलनमा पर्नुपरेको थियो वा परे, अभैm परिरहेकै छन्, तिनीहरू र तिनका सन्तान दरसन्तान स्वयंले (दलित–शिल्पी समूहका कामरेडहरू) पनि नेपालमा हिन्दू धर्म नै लागू हुनुपर्छ भनी हिन्दू धर्मका पक्षमा वकालत गर्नु, हिन्दू धर्म लागू हुनुपर्ने भन्ने मागपत्रमा सही गर्नु भनेको के हुन सक्छ ? उनीहरूले कतै आप्mनै खुट्टामा बञ्चरोले हान्नुसरह होइन र ? यसो विचार गरौं त ! यो कुरो दलित अथवा भनौं शिल्पीहरूका लागि कतिको न्यायोचित ठहरिएला ? त्यस्तै गरेर एक जना राना (उहाँ सायद महिला हुनुहुन्छ होला) जो हुनुहुन्छ, उहाँ पनि आपूm आदिवासी जनजाति मूलका हो भने त उहाँले पनि हिन्दू धर्मका सम्बन्धमा कुरो उठाइएको मागपत्रमा त्यसरी सही धस्काउनु कति ठीक होला ?

त्यसो त नेपाली कांग्रेस नेपालकै पुरानो राजनीतिक दलमध्ये पहिलो दल, जुन राजनीतिक दल अरू राजनीतिक दलहरू हेरीकन केही हदसम्म समावेशी पनि देखिन्छ, नेकपा (एमाले) र नेकपा (माके) हेरीकन अहिलेसम्म समावेशी नै छ ? त्यसैले, नेपाली कांग्रेसको नेतृत्व तहले चाहिँ नेपाली कांग्रेसका ठूला तथा मध्यमस्तरका नेता तथा कार्यकर्ताहरूलाई धर्म निरपेक्षता र धर्म सापेक्षताका सम्बन्धमा समग्र नेपाल देश र नेपाली जनताहरूका लागि पनि लगभग सर्वस्वीकार्य नेताका रूपमा चिनिनुभएका, नेपालीहरूका मन मुटुमा बास गर्नुभएका स्थापित हुनुभएका नेता विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको नीतिलाई नै मानक बनाओस्, धर्मसम्बन्धी नीतिका सम्बन्धमा बीपी कोइरालाको नीति र भनाइलाई नछोडोस् भन्ने यो पंक्तिकारको आशय हो । ’cause, माथि नै उल्लेख भइसकेको छ कि, विश्वेश्वरप्रसाद कोइरालाले ‘नेपाल हिन्दू राज्य हुँदै होइन, कसैले हिन्दू राज्य हो भन्छ भने त्यो झेली मात्र हो ।’

इतिहास हेर्दाखेरि पनि नेपाली कांग्रेसले सुरुदेखि नै प्रजातान्त्रिक समाजवाद, समतावादी समाज, धार्मिक सहिष्णुता, समानता आदिलाई आप्mनो मूल नीति बनाएको देखिन्छ । धार्मिक समूह वा केही व्यक्तिले हिन्दू धर्मलाई आप्mनो स्वार्थसिद्घ गर्न, निर्वाचनमा केही मात्रामा भोट बढाउन हिन्दू धर्मलाई उचाल्दैमा, केही भीड जम्मा गरेको देख्दैमा नेकाजस्तो प्रजातन्त्रवादी, समाजवादी र समतावादी पार्टीका नेता तथा कार्यकर्ताहरूले आप्mना आदर्श नेता बीपी कोइरालाको धर्मसम्बन्धी नीतिलाई चटक्कै बिर्सेर एकल हिन्दू राज्यको पक्षमा लाग्नु त्यति उचित हुँदैन कि ? त्यसो गर्दा आप्mनो पार्टीले ‘महामानव !’ मानेका बीपी कोइरालाको बर्खिलाप पो हुन्छ कि ?

तपाइको प्रतिक्रिया
(Visited 96 times, 1 visits today)

epaper

ताजा समाचार

चाडपर्वहरूले सामाजिक एकता र सहिष्णुताको भावनालाई बलियो बनाउँछ : प्रधानमन्त्री शाह