झापामा गाई चोरी गरेर काटेको आरोपमा चारजना पक्राउ

बिराटनगर । झापाको दमकमा गाईको मासु खाएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले आइतबार दमकमा पत्रकार सम्मेलन गरेर गाई काटेको अभियोगमा पक्राउ परेका चार जनालाई सार्वजनिक गरेको हो ।

२ महिनाको गर्भिणी गाई चोरी गरेर काटेर खाएको उनीहरुलाई आरोप लागेको ५ जनालाई पक्रउ गरी सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी तथा सूचना अधिकारी कृष्ण कुमार चन्दले जानकारी दिए ।

डीएसपी तथा सूचना अधिकारी चन्दका अनुसार पक्राउ पर्नेहरुमा दमक–२ को बेलडाँगी भुटानी शरणार्थी शिविर–२ को छाप्रो नं ३३२ को ४४ वर्षका प्रेमबहादुर विष्ट, दमक–३ मा रहेको बेलडाँगी शिविर–३ को छाप्रो नं ए ३–२०८ बस्ने ३८ वर्षका खगेन्द्र दुलाल, सोही स्थानको छाप्रो नं ए २–२०८ बस्ने ३२ वर्षका विधान थापा र दमक नगरपालिका–४ बस्ने ४५ बर्षकी गीता श्रेष्ठ रहेका छन् ।

उनीहरुले भदौ १८ गते राति लक्ष्मण बिष्टको दमक नगरपालिका वडा नं १ स्थित पानी ट्याङकी गोठमा बाँधिएको गाई चोरेर काटेर मासु खाएको आरोप लागेको छ। उक्त गाई गोठदेखि करिब १०० मिटर पूर्वतर्फ रहेको खाली प्लटिङ जग्गामा लगेर काटिएको पाइएको उनले बताए ।

टाउकोमा बन्चरो प्रहार मारेर खुट्टा, करङ तथा घाँटीको मासु काटेर लागेर अन्य शरीरको भाग मात्र घटना स्थलमा छाडेका थिए। उनीहरूको साथबाट बन्चरो १ थान, खुकुरी एक थान र मासु बोक्न प्रयोग भएको झोला एक थान बरामद गरेको पनि प्रहरीले जनाएको छ । गाईधनीले प्रहरीमा उजुरी दिए पछि अनुसन्धानका क्रममा उनीहरूको संलग्नता पाइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका ४ जना मध्य प्रेम बहादुर बिष्ट,खगेन्द्र दुलाल र बिधान थापा यसअघि पनि बिभिन्न मितिमा पक्राउ गरी कानुनी कारबाही भोगीसकेको पाईएको प्रहरीले जनाएको छ। उनीहरुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 179 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कौडीको भाउमा दिइएको पशुपतिनाथको गौशला धर्मशाला २१ वर्षपछि फिर्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
लुम्बिनीका सबै स्थानिय तहमा संयुक्त संयन्त्र बनाउने गठबन्धनको निर्णय (निर्णयसहित)