जनप्रतिनिधिको अगुवाईमा जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन

सप्तरी । सार्वजनिक जग्गा संरक्षणमा सहयोग नगरेको भन्दै शुक्रबार जनप्रतिनिधि कै अगुवाईमा जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडी प्रदर्शन गरिएको छ ।

जिल्लाको रुपनी गाउँपालिकाबाट अध्यक्ष दिनेश कुमार यादव, वडा अध्यक्ष लिला यादव तथा विभिन्न राजनीतिक दलका प्रतिनिधि सम्मिलित भईआएको समूहले सार्वजनिक जग्गाको संरक्षण गर्न माग गर्दै प्रदर्शन गरेको हो ।

उनीहरुले सार्वजनिक जग्गाको संरक्षण तथा जग्गा हडप्ने व्यक्तिमाथी कारवाहीको माग समेत गरेका छन् । ठूलो संख्यामा प्रदर्शनकारी आएको देखेपछि सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीले कार्यालय समय अगावै पौने तीन बजे नै जिल्ला प्रशासन कार्यालयको मूल गेट बन्द गरेका थिए ।

त्यसपछि झन आक्रोसित भएका प्रदर्शनकारीले स्थानीय प्रशासनबिरुद्ध चर्को नाराबाजी सुरु गरेका थिए । स्थिति असामान्य बन्ने देखेपछि कार्यालयमा थप सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

रुपनी गाउँपालिका १ मा वर्षौदेखी आदर्श युवा क्लबको भवन रहेको जग्गा आफ्नो रहेको दाबी गर्दै सोही वडा बस्ने भोगेन्द्र यादवले भत्काएर आफ्नो निजि भवन बनाउन थालेपछि विवाद बढेको हो ।

गाउँपालिका अध्यक्ष यादवले सामाजिक र खेलकुद लगायत विभिन्न गतिविधी गर्दै आएको आदर्श यूवा क्लबको सार्वजनिक जग्गामा बनेको भवन संरचनालाई बलपूर्वक भत्काएर आफ्नो निजि भवन बनाउन लागेका भोगेन्द्रमाथी कारवाहीका लागि दबाब दिन आफूहरु आएको बताए । उनले सामाजिक क्षेत्रमा योगदान गर्दै आएको क्लबको संरक्षणका लागि स्थानीय प्रशासनको पटक–पटक लिखित र मौखिक रुपमा ध्यानाकर्षण गराउदा पनि सुनुवाई नगरेपछि बाध्य भई प्रदर्शनमा उत्रनु परेको बताए ।

उनले क्लबको भवन तोडफोड गरि हानी नोक्सानी पु¥याउने भोगेन्द्रबाट क्षतिपूर्ती दिलाउनु पर्ने माग समेत आफूहरुको रहेको बताएका छन् । यस’bout पालिकाका तर्फबाट भोगेन्द्र बिरुद्ध प्रहरीमा उजुरी दिएको जानकारी समेत उनले दिए । उनले उक्त जग्गा सार्वजनिक रहेको र भोगेन्द्रले अनाधिकृत रुपमा कब्जा गरेको जनाए ।

भोगेन्द्रले भने उक्त जग्गा आफ्नो निजि रहेको दाबी गर्दै आएका छन् । यसैबीच जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र यादव, प्रहरी उपरिक्षक गजुसिद्धि बज्राचार्य, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवसहित बसेको बैठकमा शनिबार बिहान ११ बजे सम्बन्धीत सबै पक्षलाई झिकाई जग्गा विवाद’bout छलफल गरि निश्कर्षमा पुग्ने निर्णय भएको बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 64 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आज पनि विहानैदेखि मान्यजनवाट टीका र जमरा लगाउन जानेहरुको चहलपहल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रौतहटको मौलापुरको कार्यपालिका सदस्यमा आठै जना निर्विराेध