स्याउबाट जुम्लामा ५२ करोड रुपैंया भित्रियो

जुम्ला । नेपालको कास्मिर भनेर चिनिने जुम्लाबाट यो वर्ष ५२ करोड बढिको स्याउ निर्यात भएको छ । यो वर्ष हालसम्म जुम्लाबाट ५२ करोड बढिको स्याउ निर्यात भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई स्याउ सुपरजोन जुम्लाका प्रमुख खेमराज शाहीले जानकारी दिएका छन् । एक नगरपालिका र ७ गाउँपालिका गरि ८ स्थानीय तह भएको जुम्लामा वर्षेनी स्याउ उत्पादन बढिरहेको उनले बताए । जुम्लाबाट स्याउ निर्यात जारी रहेकोले आम्दानी अझ बढ्ने उनको तर्क छ ।

‘हाल सम्म १० हजार ५ सय मेट्रिक टन स्याउ निर्यात भइसकेको छ, यसबाट जुम्लामा करिब ५२ करोड बराबर आम्दानी भएको छ, लेकाली क्षेत्रको स्याउ निर्यात भइरहेकोले यो तथ्यांकको ग्राफ बढ्ने देखिन्छ ।’ स्याउ सुपरजोनका प्रमुख शाहीले भने । जुम्लामा वर्षेनी स्याउको क्षेत्रफल विस्तार भइरहेको छ । जिल्लाका आठै स्थानीय तहमा स्याउ फल्छ । जुम्लामा कुल स्याउ उत्पादनको तथ्यांक संकलन भइरहेको सुपरजोनका प्रमुख शाहीले जानकारी दिएका छन् ।

हाल यहाँ गोल्डेन, गाला, इटाली, स्पर, फुजी जातका स्याउ फलिरहेका छन् । विरुवाको संख्या बढेपनि सोहि अनुपातमा उत्पादन बढ्न सकेको छैन । सिंचाई, घेरबार उचित बगैंचा व्यवश्थापन नहुँदा उत्पादनमा वृद्धि हुन नसकेको तातोपानी ७ का स्याउ कृषक नरेन्द्र रावतले बताए । स्याउका लागि उर्भर भूमि भएतापनि किसानले घेरबार, सिंचाईको व्यवश्थापन गर्न नसकेको उनले बताए । स्याउ सुपरजोनका अनुसार जुम्लामा अहिले कुल ४ हजार ३ सय ९८ हेक्टरमा स्याउ खेती भइरहेको छ । प्राय घरघरमा स्याउ बगैंचा छन् । जिल्लाभर गरि १३ लाख १९ हजार ४ सय स्याउका विरुवा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 81 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

खसीबोका र च्यांग्राको मूल्य सस्तियो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कांग्रेसले प्रदेशमा उम्मेदवार छान्न सहमहामन्त्री खटाउने