अदालत गएको विषयमा विवाद गरिएको भन्दै सभामुख असन्तुष्ट

काठमाडौं । पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको विरोधमा दुईपटक प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको नेपाली कांग्रेसले आइतबार तेस्रोपटक बैठक अवरुद्ध ग-यो । दुईपटकसम्म अवरोध गरेर बोल्न पाएका कांग्रेस सांसदले आइतबार तेस्रोपटकमा भने बोल्न पाएनन् ।

सरकारको निर्देशनअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना नेता गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको भन्दै कांग्रेसले तेस्रो दिन पनि संसद् अवरुद्ध गरेको हो । सभामुखले बैठक सुरु भएको घोषणा गरेसँगै कांग्रेस सांसदले उठेर विरोध जनाएका थिए । सभामुख अग्निप्रसाद सापकोटाले ‘आजको बैठकको कारबाही प्रारम्भ हुन्छ’ भनेलगत्तै उठेर विरोध जनाएपछि सभामुखले आफूले सबै विषय जानकारी गराएको भन्दै संसद् अवरुद्ध नबनाउन आग्रह गरे । उनले आफू निर्वाचित भएपछि प्रतिपक्षी दलका नेताले शुभकामना दिने क्रममा संसद्लाई मर्यादित बनाउने भनेको विषय सम्झिएको बताए ।

सभामुख सापकोटाले बैठकलाई जीवन्त, चलायमान र प्रभावकारी बनाउने साझा उद्देश्यलाई बेवास्ता नगर्न प्रतिपक्षलाई आग्रह गरे । ‘मलाई बधाई तथा शुभकामना दिँदै गर्दा सबै माननीय सदस्यहरू तथा प्रतिपक्षी दलका नेताले समेत यो सदन निष्पक्ष होस्, समानताको व्यवहार होस् भनेर सुझाव दिनुभएको थियो,’ उनले भने, ‘त्यो सुझाव मैले स्मरण गरिराखेको छु ।’

माननीय सदस्य मैले तपाईंका कुरा बुझें । तपाईंलाई बोल्न मैले समय पनि दिएको छैन । आफ्ना भनाइ बिट मार्नुस्
– अग्नि सापकोटा, सभामुख

उनले संविधानको व्यवस्था’bout पनि प्रतिपक्षी दललाई स्मरण गराए । उनले कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई अख्तियारले मुद्दा दर्ता गरेको सन्दर्भतर्फ संकेत गर्दै धारा १०५ मा स्पष्ट रूपमा भनेको र अदालतमा विषय प्रवेश गरेकाले यहाँबाट निरूपण हुन सक्दैन भन्ने कुरा स्वतः स्पष्ट रहेको बताए ।

‘दुई दिनसम्म दलका भनाइ तपाईंहरूले राखिसक्नुभएको छ । एउटा सन्देश पनि गइसकेको छ,’ सभामुख सापकोटाले भने, ‘मलाई अहिले पनि धेरै माननीय सदस्यले हामी जिल्ला नगएर जनताका कुरा उठाउन बसिरहेका छौं । बोल्ने वातावरण बनाउनुपर्छ भनेर अनुरोध गर्नुभएको छ ।’ उनले संवैधानिक आयोगले गरेका कुरामा संसद्ले निरूपण गर्न नसक्ने पनि बताए । ‘पहिलो कुरा संवैधानिक आयोगले गरेको निर्णय भयो, दोस्रो कुरा अदालतमा गइसकेको विषय भयो,’ उनले भने, ‘त्यसकारण अब म माननीय सदस्यहरूलाई विशेष अनुरोध गर्छु, तपाईंहरू बसिदिनुस् । यो सदन सुचारु गर्न सहयोग गर्नुस् । यसले नै सदनको गरिमा कायम रहनेछ भन्ने अनुरोध गर्दछु ।’

त्यसपछि कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले बोल्न समय माग गरे । उनले ललिता निवास प्रकरणमा अख्तियारले कानुनको प्रयोग विभेदकारी ढंगले गरेको बताए । उनले आफ्ना कुरा राख्न पाउनुपर्ने दोहो¥याए । तर, उनको माइक खुलेन । उनी भने बोलिरहे । उनले सत्ताका नजिक भएकाले कानुनको दुरुपयोग गरेको आरोप लगाए । यतिन्जेल सुनेर बसेका सभामुख सापकोटा बोले, ‘माननीय सदस्य मैले तपाईंका कुरा बुझें । तपाईंलाई बोल्न मैले समय पनि दिएको छैन । आफ्ना भनाइ बिट मार्नुस् ।’

सभामुख सापकोटाले संसद्को कार्यक्षेत्रभित्र उक्त कुरा नपर्ने पनि जानकारी गराए । उनले नियमावली २१ (घ) को समेत प्रतिपक्षलाई जानकारी भएको बताए । यसपछि फेरि कांग्रेस सांसद बडुले बोले । उनले आफ्ना कुरा राख्न सभामुखसँग समय मागे । तर, माइक खोलिएन । त्यसपछि बोलेका सभामुख सापकोटाले माघ २८ गते मंगलबार दिनको १ बजे बस्ने गरी बैठक स्थगित भएको जानकारी गराए ।

तपाइको प्रतिक्रिया
(Visited 185 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सिन्धुलीमा कांग्रेस र माओवादीको मात्र गठबन्धन हुने