दैलेख । चालु आर्थिक बर्ष शुरु भएको तीन महिना वितिसक्दा पनि दैलेखको भैरवी गाउँपालिकाले गाउँ सभाबाट बजेट पारित गर्न सकेको छैन । बजेट पारित नहँदा तीन महिनादेखी कर्मचारीले तलबभत्ता पाएका छैनन् । जनप्रतिनिधिले आफ्नो वडामा बजेट लिने होडवाजीले विवादा हुँदा बजेट पारित हुन नसकेको हो । असार ३१ को गाउँ सभामा प्रस्तुत बजेटमा विवाद भएकोले तीन महिना वितिसक्दा पनि राजनितिले किचलोले बजेट पालिकाको समस्या जीउकात्युँ नै छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ मा स्थानीय तहले आगामी वर्षको राजश्व र व्ययको अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० गते भित्र पेस गर्ने र पेस भएको बजेटमा छलफल गरी असार मसान्तसम्म सभाबाट पारित गर्नुपर्ने व्यवस्था उल्लेख गरिएको छ । सोही ऐनको दफा ७३ मा सभाबाट बजेट स्वीकृत भएको सात दिन भित्र स्थानीय तहको प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई बजेट खर्च गर्ने अख्तियारी प्रदान गर्ने व्यवस्था भए पनि भैरवी गाउँपालिकाले गाउँ सभा बाट बजेट स्वीकृत नहुँदा दसैँको मुखमा कर्मचारीलाई तलब भत्ता खुवाउन समेत समस्या भएको भैरवी गाउँपालिकाले जानकारी दिएको छ ।
भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र थापाले स्थानीय सरकार सञ्चालन ऐनले निर्देशित गरेको व्यवस्था बमोजिम बजेट पारित नहुँदा कर्मचारीलाई तलब खुवाउन समस्या भएको बताए । उनले भने, बजेटको विवादले बजेट सूत्रमा हाल्न सकिएको छैन मैले समेत अख्तियारी समेत पाएको छैन । दशैको मुखमा कर्मचारीलाई तलबभत्ता खुवाउन समस्या रहेको छ,उनले भने ।
लेखा अधिकृत परीक्षा दिन बाहिर गएको र आए लगत्तै बजेट सूत्रमा हालेर विवाद समाधान गरेर तलब खुवाउन पहल गरिरहेको छु । घटस्थापना भएको र दसैँ बिदा पनि हुने हुँदा दसैँ अगावै कर्मचारी, शिक्षकको खातामा पैसा पठाउन सक्ने छौं उनले थपे भैरवी गाउँपालिकाका उपाध्यक्ष देवी भण्डारीले संघीय सरकारको बजेट प्राप्त भएको रकम फिर्ता(फ्रिज) गएका कारण गाउँपालिकामा विवाद आएको बताइन् ।






