बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घट्नास्थलमै मृत्यु

हुम्ला । ताँजकोट गाउँपालिका-४ को तीर्थसैनामा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घट्नास्थलमै मृत्यु भएको छ ।

हुम्लाबाट नेपालगञ्ज जाँदै गरेको लु १ ज २३४३ नम्बरको जीप आज दिउँसो दुर्घटना हुँदा नेपालगञ्ज उपमहानगरपालिका(२० निवासी ४९ वर्षीय विष्णु परियार र हुम्लाको चङ्खेली गाउँपालिका(६ का करिब छ वर्षीय बालक अभिषेक बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

रोकिराखेको जीप आफैँ पछाडितर्फ गुडेर तीन सय मिटर तल खसेको बताइएको थियो । मृतक परियार दसैँ मनाउनका लागि सदरमुकाम सिमकोटबाट घर गएको र उनीसँगै बालक बुढा पनि मामाघर गएका थिए।

तपाइको प्रतिक्रिया
(Visited 197 times, 1 visits today)

epaper

ताजा समाचार

सालीनदीमा प्रहरी र शङ्स्पद लागुऔषध कारोबारीबीच झडप