अन्तर्राष्ट्रिय सगरमाथा संवादको तयारी पूरा

;u/dfyf /fli6«o ;+jfb sfo{qmddf ;xefuL sf7df8f}F, @^ df3 M k//fi6«dGqfnoåf/f sf7df8f}Fdf cfOtaf/ cfof]lht ;u/dfyf /fli6«o ;+jfb sfo{qmddf ;xefuL . t:jL/ M k|bLk/fh jGt÷/f;;

काठमाडौं । सरकारले आगामी २१ र २२ चैतमा आयोजना गर्न लागेको ‘अन्तर्राष्ट्रिय सगरमाथा संवाद’को सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय, क्षेत्रीय, अन्तर्राष्ट्रिय तथा विश्वस्तरका समसामयिक तथा साझा चासोका विषयमा सघन बहस र छलफल गर्ने उद्देश्यले आयोजना गर्न लागेको सगरमाथा संवादको मुख्य विषय ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ छ ।

सगरमाथा संवादको पूर्वतयारीका सन्दर्भमा आइतबार राजधानीमा भएको सगरमाथा राष्ट्रिय संवाद कार्यक्रममा उपप्र्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जलवायु परिवर्तनको असर नेपालमा अधिक रहको बताउँदै यसको न्यूनीकरणमा बहस हुन जरुरी रहेको बताए ।

उनले जलवायु परिवर्तनका कारण हाम्रो हिमाल संकटमा पर्दै गएको विषय औंल्याए । जलवायु परिवर्तनको असर र प्रभावलाई घटाउ तथा अनुकूलनको विषयमा छलफल हुनुपर्नेमा उनले जोड दिए । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रत्येक दुई वर्षमा आयोजना गरिने पहिलो संस्करणको संवादको औचित्य, महत्व र आवश्यकता’bout जानकारी दिँदै त्यसमा नेपालले समेत सामना गर्नु परिरहेका वातावरणीय, सामाजिक, आर्थिक, सांस्कृतिक, प्राविधिक, जनजीवनलगायत विश्वव्यापी चासोका मामला एवं समस्या’bout सघन छलफल गरिने बताए ।

राष्ट्रिय संवादमा विभिन्न पाँचवटा सत्र भएका थिए । चारवटा सत्र एकैसाथ सञ्चालन भएको थियो । जसअनुसार पहिलो सत्रमा ‘अनुकूलन, सहजपन र जीविका’ शीर्षकमा छलफलमा केन्द्रित थियो । यस सत्रमा खाद्य तथा जल सुरक्षा र जलवायु परिवर्तनले ल्याउने विपत्ति’bout बहस भएको थियो । त्यस्तै, दोस्रो सत्रमा ‘हरित अर्थ व्यवस्था र ऊर्जा’ शीर्षकमा छलफल भएको थियो, जसमा जनताका लागि आवश्यक नीति, समृद्धि र विविध क्षेत्र’bout छलफल केन्द्रित भएको थियो । तेस्रो सत्रमा भने ‘परिवर्तनकारी समाधान’ शीर्षकमा विशेष बहस भएको थियो । जसअन्तर्गत प्रविधिमा लगानी र आविष्कार तथा प्राकृतिक पद्धतिमा आधारित समाधान एवं परम्परागत ज्ञानको चर्चा गरिएको थियो । चौथो सत्रमा ‘प्रकृतिसँग बाँच्नका लागि सदभाव’ शीर्षकमा नागरिक संवादको आयोजना गरिएको थियो । यस सत्रमा ‘हरित अर्थ व्यवस्थाका लागि सहर र समुदाय तथा दिगो भविष्यका लागि व्यक्तिगत कार्य’ उपशीर्षक राखेर छलफल भएको थियो । त्यस्तै, ‘विश्वव्यापी साझेदारी र क्षेत्रीय सहयोग’ र यसअन्तर्गत उच्च पर्वतीय भूभागलाई साना टापु राष्ट्रसँग जोड्दै जलवायु न्याय र महिला एवं युवाको त्यसमा भूमिकाको विषयमा सरोकारवालाले आफ्नो धाराणा राखेका थिए ।

विश्वकै उच्च शिखर सगरमाथाको फेदमा विश्व परिवेश झल्कने संवादको तयारी सरकारले तीव्र पारेको छ । संवाद आगामी मार्चको अन्त्यतिर हुनेछ । ‘सगरमाथा संवाद’ का नाममा परराष्ट्र मन्त्रालयको संयोजनमा कार्यक्रम गर्न लागिएको हो । यसले विश्वमा नेपाल चिनाउने मात्र होइन, विश्व राजनीति, बजार, लगानी र समृद्धिको अंश नेपालमा भिœयाउने अपेक्षा सरकारले गरेको छ । विश्व मञ्चमा नेपालको पहिचान बलियो बनाउने आधारका रूपमा सगरमाथा संवादलाई लिएको परराष्ट्रमन्त्री ज्ञवालीको भनाइ छ । आइल्यान्ड र हिमाल’bout सम्बन्ध पनि धेरै नदेखिएको अवस्थामा संवादमा दुवै विषय’bout संयुक्त छलफल हुने र सम्भव भएसम्म दुवैबीच एलाइन्ससमेत निर्माण हुने मन्त्री ज्ञवालीको धारणा छ । संवादले नेपालमा लगानी वृद्धि र हरित अर्थतन्त्रमा समेत योगदान पुग्ने विश्वास व्यक्त गर्दै उनले भने, ‘संवादले देशको नेतृत्व गर्ने क्षमतामा समेत वृद्धि हुने र संवादमा उठेका विषयमा विश्व समुदाय सोच्न बाध्य हुनेछ ।’

सगरमाथा संवादले विश्वमा बढ्दै गइरहेको तापक्रम वृद्धि र त्यसको प्र्रत्येक्ष ‘वाटर टावर’का रूपमा रहेको विश्वकै अग्लो सगरमाथाबाट विश्व समुदायलाई सचेत र सन्देश प्रवाह दिन खोजेको जनाएको छ । कार्बन उत्सर्जनमा न्यूनतम योगदान पनि नभएको मुलुक नेपालले तापमान वृद्धिको असर कसरी भोगिरहेको छ र जलवायु परिवर्तनले के कस्तो असर भइरहेछ भन्ने विषयमा छलफल केन्द्रित रहनेछ ।

गत २ वैशाखको मन्त्रिपरिषद्ले नेपालमा विश्वस्तरको संवाद सञ्चालन गर्ने उद्देश्यले सगरमाथा संवाद सुरु गर्ने निर्णय गरेको थियो, जसअनुसार राष्ट्रिय, क्षेत्रीय, अन्तर्राष्ट्रिय तथा विश्वस्तरका समसामयिक र साझा चासोका विषय एवं मुद्दामा हरेक दुई वर्षमा संवाद गरिनेछ ।

राष्ट्रिय संवादअघि पोखरा र जनकपुरमा गरी दुई स्थानमा क्षेत्रीय संवादको आयोजना गरिएको थियो । आयोजक समिति, स्टेरिङ समिति, विज्ञ कार्यदल र सचिवालयले सगरमाथा संवाद र राष्ट्रिय संवादका लागि संयुक्त पहल गरिरहेको छ । आयोजक समिति र स्टेरिङ समितिका संयोजक परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली छन् । विज्ञ कार्यदलको संयोजकत्व भने राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओलीले गरेका थिए ।

सगरमाथा संवाद भारतको नक्कल
विश्वको ध्यान नेपालतर्फ आकर्षित गर्न लागिएको भनिएको सो सम्मेलन भारतले चार वर्षअघि ‘राइसिना डायलग’ कै नक्कल गर्दै संवाद गर्न लागेको हो । भारतले चार वर्षदेखि ‘राइसिना डायलग’ गरेर आफ्नो कूटनीतिक महŒव र आकांक्षा बाहिर ल्याएको थियो । भारतमा गत पुसमा सम्पन्न चौथो रायसिना डायलगमा नेपालसहित ९३ मुलुकका २ हजार सहभागी भएका थिए । विश्वमा आफ्नो चासो स्पष्ट पार्न यस्ता संवाद गरिनु राम्रो हो । तर, के नेपाल आफ्नो पैरवी देखाउने कि दातृ निकायबाट सहायता लिएर सम्मेलन गर्ने यसमा प्रश्न उठ्ने अधिकारीहरू बताउँछन् । विश्वमा रहेको सर्वाधिक चुनौतीपूर्ण मुद्दा र त्यसको केन्द्र नेपाल जस्तो साना मुलुक छन् ।

२० देशका कार्यकारीलाई निम्तो
‘जलवायु परिवर्तन, पर्वतीय वातावरण तथा मानव जातिको भविष्य’ नाम दिइएको सगरमाथा संवादको पहिलो संस्करणमा सरकारले २० देशका कार्यकारी प्रमुखलाई निम्ता गरेको छ, जसमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनदेखि चिनियाँ प्रधानमन्त्री ली खछियाङ तथा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसम्म छन् । परराष्ट्र मन्त्रालयको पहलमा हुन लागेको संवादमा विज्ञसहित करिब १ सय ५० अन्तर्राष्ट्रिय सरोकारवालालाई निमन्त्रणा गरिएको छ ।

डोजर संस्कृतिको नियमन गरौं
उपप्रधानमन्त्री ईश्वर पोखरेलले जलवायुमैत्री विकास दिगो र भरपर्दो हुने, विकास र वातावरणबीचको समन्वयमार्फत दिगो विकासका लक्ष्य प्राप्त गर्नु नेपालको आवश्यकता र दायित्व भएको उल्लेख गर्दै जता मन लाग्यो, उतै बाटो खन्ने डोजर संस्कृति’bout पनि नियमन गर्नु अनिवार्य नै भइसकेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 117 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

महानगरको सुकुमुबासी बस्ती हटाउने कार्यमा भूमि आयोगले रोक लगायो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९