राजपा नेपाल स्थापना दिवस भएन एकता महाधिवेशन

काठमाडौं । राष्ट्रिय जनतापार्टी (राजपा)नेपालको आइतबार चौथो स्थापना दिवस थियो । विभिन्न ६ राजनीतिक दल मिलेर ७ वैशाख २०७४ मा राजपा नेपाल घोषणा भएको हो ।

तत्कालीन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा रहेका ६ मधेसवादी दलबीच एकीकरण भएर राजपा नेपाल बनेको थियो । एकीकरणपश्चात अहिलेसम्म महाधिवशन भएको छैन ।

पार्टी विधानअनुसार राजपा नेतृत्व चक्रिया प्रणालीअनुसार प्रत्येक दुई महिनामा परिवर्तन हुने गरेको छ । आलोपालो नेतृत्व गर्दै पार्टी सञ्चालन भइरहेको हो । पार्टी अध्यक्ष मण्डल व्यवस्था छ । जसमा ती प्रत्येक ६ राजनीतिक दल अध्यक्ष सदस्य छन् । अध्यक्ष मण्डलको निर्णयको आधारमा सञ्चालन भइरहेको हो ।

अध्यक्ष मण्डलमा महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव, शरतसिंह भण्डारी, राजकिशोर यादव र अनिल झा रहेका छन् । ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, महतो नेतृत्वको सद्भावना पार्टी, महेन्द्रराय नेतृत्वको तराई मधेस सदभावना पार्टी, भण्डारी नेतृत्वको तराई मधेस समाजवादी पार्टी, राजकिशोर नेतृत्वको मधेसी जनअधिकार फोरम गणतान्त्रिक र झा नेतृत्वको नेपाल सद्भावना पार्टीबीच एकीकरण भई राजपा नेपाल घोषणा भएको थियो ।

एकीकरण घोषणायता पार्टीमा असन्तुष्टि व्यक्त गर्दै हृदयेश त्रिपाठी, वृजेश गुप्तालगायतले स्वतन्त्र राजनीतिक समूह गठन गरेका छन् । त्रिपाठी अहिले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा संघीय मामिला तथा समान्य प्रशासनमन्त्री छन् । उनी संघीय प्रतिनिधिसभा सदस्य हुन् । त्रिपाठी र गुप्तासहितका नेता तत्कालीन नेकपा एमालेस“ग तालमेल गरी प्रतिनिधिसभा निर्वाचनमा सहभागी भएका थिए ।

यसबीच पटकपटक महाधिवेशन प्रयास भए पनि अध्यक्ष मण्डलका सदस्यकै इच्छाअनुसार स्थगित हु“दै आएको छ । एकीकरण घोषणासभामा शीर्षनेताले एक वर्षभित्रै एकता महाधिवेशन गर्ने प्रतिबद्धता व्यक्त गरे पनि पूरा गर्न सकेका छैनन् ।

राजपा नेपाल संविधान संशोधन, मधेस आन्दोलनमा लगाइएका झुठा मुद्दा खारेजीलगायत मागसहित संघर्षमै रहेको छ ।

यसैबीच, राजपा नेपाल संयोजक शरतसिंह भण्डारीले आइतबार विज्ञप्ति जारी गर्दै पार्टी स्थापना दिवसको शुभकामना दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 662 times, 1 visits today)

epaper

ताजा समाचार

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु