बागलुङ । लकडाउनले काम विहिन भए पछि पैदल यात्रा मार्फत बागलुङ हुँदै आफ्नो घर हिँडेका मजदुरहरुको बागलुङका स्वास्थ्य परीक्षण गरिएको छ ।
बागलुङको प्रवेशद्वार मालढुङ्गाबाट उद्धार गरी आश्रम स्थलमा राखिएका ५८ जनाको बागलुङ नगरपालिकाको स्वास्थ्य एकाईले कोरोना संक्रमणको अवस्था पहिचानको लागि ¥यापिड टेष्ट गरेको हो । उनीहरु सबैको स्वास्थ्य परीक्षण रिपोर्ट नेगेटिभ आएको प्राविधिक धौलागिरी अञ्चल अस्पतालका मेडिकल ल्याब टेक्निसियन प्रमुख सुरज बराल सुरज बरालले जानकारी दिए ।
आईतबार साँझ र सोमबार विहान उद्धार गरिएका मजदुरको बागलुङ नगरपालिका–१ रामरेखा आधारभुत विद्यालयमा निर्माण गरिएको क्वारेन्टिनमा स्वास्थ्य परीक्षण गरिएको थियो ।
रोल्पा, रुकुम, खोटाङ, मुस्ताङ तथा बागलुङको गल्कोट पुग्ने मजदुरहरु पोखरा, लम्जुङ हुँदै तीनदेखि पाँच दिनको पैदल यात्रा गरी बागलुङ आई पुगेका थिए । आईतबार उद्धार गरिएका मजदुरलाई आश्रम स्थलमा राखि बागलुङ नगरपालिकाले खाना बस्नको व्यवस्थापन गरेको थियो ।
मजदुरहरुलाई जिल्ला प्रहरी कार्यालय र बागलुङ नगरपालिकाले उद्धार गरि साविकको स्थानिय शान्ति समितिको भवनमा र रामरेखा क्वारेन्टाइनमा राखेको थियो । लकडाउनको समय थपिदै गए पछि कामको शिलशिलामा जिल्ला बाहिर गएको मजदुरहरु चार पाँच दिनका कठिन पूर्ण पैदल यात्रा मातर्फ भए पनि घर फर्कन सुरु गरेका छन् ।






