दैलेख । दैलेखको भगतीमाई गाँउपालिका –४ मा सामुदायिक बिउ बिकास बैंकको स्थापना गरिएको छ । भगवतीमाई गाँउपालिका कृषि शाखाको आर्थिक सहयोग हातेमालो सामुदायिक बिकास संस्था नारायण नगरपालिका–१को आयोजना मन्घर बचत तथा ऋण सहकारी संस्थाको समन्वयमा पालिका भित्र सम्पुर्ण किसिमका रैथाने तथा स्थानिय जातका बीउ संकलन गरि बेर्ना बितरण गर्ने उदेश्यले सामुदायिक बीउ बैंकको स्थापना गरिएको हो ।
पालिकाले परम्परागत र लोपन्मूख बीउबीजनको संरक्षण गर्ने हेतुले सामुदायिक बिउ बैंकको स्थापना गरिएको भगवती गाँउपालिकाका अध्यक्ष गणेश बहादुर थापाले बताए । उनले पछिल्लो समयमा धेरैजसो हाम्रै पुर्खाले लगाउने गरेको धान अहिले हराउँदै जान थालेका छन्, त्यस्ता प्रजाति लोप नहोस् भनेर सामुदायिक बिउ बैङ्क स्थापना समेत जानकारी दिए ।रैथाने बालीको खेती गर्दा धेरै विषादी प्रयोग गर्न नपर्ने, यस्ता प्रजातिबाट पोषण धेरै प्राप्त हुने र प्रतिकूल वातावरणसमेत सहन सक्ने हुनाले अहिले क्रमशः किसानहरु रैथाने प्रजातिका बालीतर्फ आकर्षण समेत अध्यक्ष थापाले बताए ।
रैथाने बाली क्रमशः लोप हुँदै जान थालेको अवस्थामा सामुदायिक बीउ बैंकले यसको संरक्षण गर्न महत्वपुर्ण भूमिका रहने जिल्ला सहकारी संघ दैलेखका अध्यक्ष भुपेन्द्र खड्काले बताए । बीउ बैंकको स्थापना बाट रैथाने बालिका बीउका लागि कृषकले भोग्नु प्रने समस्या समाधान हुने समेत बताए ।
रैथाने जातको प्रवद्र्धनका लागि पालिकाबाट समेत आवश्यक सहयोग प्रदान गर्दै आइएको भगतीमाई गाँउपालिका उपाध्यक्ष मीना खड्का थापाले बताइन् । उनले पालिकाबाट समेत रैथाने बालीको संरक्षणमा सहयोग प्राप्त हुने गरेको बताइन् ।






