वामाचारी सत्ता साधकहरूको अधोगति !

तन्त्र, मन्त्र र यन्त्र आदि भन्दै हामी तान्त्रिक मत र विधिका पनि कुरा गर्छौं । वास्तवमा तन्त्र भनेको के हो त ? सामान्य मानिसले बुझ्नेगरी भन्ने हो भने यन्त्र भनेको कुनै कार्यसम्पादन गर्ने मेसिन हो भने मन्त्र भनेको त्यो यन्त्र सञ्चालन गर्ने सूत्र हो । मन्त्र अर्थात् सूत्रको सुविचारित प्रयोग गर्दै यन्त्रको सञ्चालन गर्नु र इच्छित परिणाम प्राप्त गर्नु नै तन्त्र हो वा तान्त्रिक विधि हो । यस परिभाषालाई मान्ने हो भने सनातन परम्पराको सम्पूर्ण आराधना वा पूजा पद्धति तान्त्रिक नै ठहरिन्छ । भगवान् विष्णुको सात्विक आराधना पनि तन्त्र नै हो किनकि त्यहाँ मूर्ति र पूजा सामग्री आदि यन्त्र हुन् भने ‘ॐ नमो भगवते वासुदेवाय’ जस्ता मन्त्रहरू बोलिन्छन् ।

इच्छित परिणाम कुनै भौतिक उपलब्धि नभई परमार्थ वा मोक्ष प्राप्तिसम्म होला ! तर सामान्य मानिसले यसलाई तान्त्रिक साधना मान्दैन । आमबोलोचालीमा सम्पूर्ण सात्विक पूजा आराधनालाई तान्त्रिक मानिँदैन । तान्त्रिक साधना वा विधि भन्ने बित्तिकै कुनै डरलाग्दो, बुझ्न कठिन वा सामान्य मानिसले नगर्ने विधिजस्तो बुझिने गरेको छ । हुन पनि तान्त्रिक शब्दसँग मसान, शव, बलि, पिशाच आदि इत्यादिको कल्पना गर्न थालिन्छ र स्वतः कालो छायाँ वा दृष्य दिमागमा आउँछ । कुनै तान्त्रिक भन्ने बित्तिकै हाम्रो मन मस्तिष्कमा कुनै कालो वस्त्रधारी र मानव खप्पर आदि इत्यादि भयावह दृश्य तैरिन थाल्छ ।

सामान्य मानिसको परिभाषामा पूजा आराधना पद्धति मूलतः सात्विक र तान्त्रिक गरी दुई प्रकारका हुन्छन् । तान्त्रिक साधना पनि दुई प्रकारले गरिन्छ– दक्षिणाचार पद्धति र वामाचार पद्धति । दक्षिण भनेको दायाँ हो । हामी सूर्य उदाउने दिशा अर्थात् पूर्वतर्फ फर्कियौं भने हाम्रो दायाँ हात दक्षिणतर्फ हुन्छ । त्यसैकारण दक्षिण बाहु भनेको दायाँ हात हो । स्वाभाविक रूपमा दायाँ हात सहज र सक्रिय हुन्छ । सामान्यतया धेरैजसो सकारात्मक काम हामी दायाँ हातले नै गर्छौं । २०६२–६३ साल अघिसम्म हामीकहाँ गोर्खा दक्षिण बाहु भन्ने मानपदवी थियो, जसको अर्थ हो गोर्खा राज्यको दाहिने हात अर्थात् महत्वपूर्ण मानिस । बायाँ हात पनि कम महत्वपूर्ण होइन । तर, बायाँ हातको काम अलि निम्न तहको र कम हुने गर्छ । राजनीतिकै कुरा गर्ने हो भने पनि परम्परागत संवद्र्धनवादीलाई दक्षिणपन्थी भनिन्छ भने अस्वाभाविक र उग्रलाई वामपन्थी भनिन्छ ।

सौम्य र सात्विक विधि अपनाएर देवी वा योगिनी वा शिवको आराधना गरियो भने त्यो दक्षिणाचार विधि हो । देवी, योगिनी वा शिवको सौम्य रूपको पूर्ण सात्विक आराधना पनि गर्न सकिन्छ । तर, यी देवदेवीको आराधनामा प्रायः तान्त्रिक पद्धति अपनाइन्छ । तान्त्रिक पद्धतिभित्र पनि सौम्यता र सात्विकपनलाई प्रधानता दिइयो भने त्यो दक्षिणाचार तान्त्रिक विधान हो ।

दक्षिणाचार विधि तुलनात्मक रूपमा सहज हुन्छ र थोरै चुक हुन गएमा पनि उल्टो हुँदैन र त्यसैकारण मन्द गतिमा परिणाम आउँछ । तसर्थ, सामान्य गार्हस्थ्य व्यक्तिले पनि दक्षिणाचार विधिबाट शक्तिको आराधना गर्नसक्छ । तर, वामाचार विधि अत्यन्तै कठोर र असहज हुन्छ । यो विधि अपनाउन मुस्किल एवं कठोर प्रक्रिया पछ्याउनुपर्ने हुन्छ र त्यसकारण पात्र पनि सटीक रूपमा योग्य हुनुपर्छ ।

मत्स्य अर्थात् माछा, मदिरा, मांस, मुद्रा र मैथुनजस्ता तत्वहरू सन्तुलित एवं समुचित प्रयोग हुन्छ । बलि प्रथा पनि वामाचार पद्धतिको अंग हो । तर, योग्य वामाचारीले बलि दिँदा बलि दिइने जीव आफैं स्वेच्छाले प्रस्तुत हुन्छ भन्ने छ । मैथुन आफैंमा ठूलो तन्त्र हुँदै हो । स्त्री र पुरुष शरीरको समुचित मन्थनबाट नयाँ जीवन प्रकट गर्नु भनेको तान्त्रिक क्रिया नै हो र त्यसले मानिसलाई समाधीको अवस्थामा पु¥याउँछ । तर, सम्भोगको प्रयोग गलत भयो वा स्तरीय भएन भने त्यो फगत मैथुन बन्नपुग्छ ।

कुनै समयमा मानिसका १६ संस्कारमध्ये पहिलो संस्कार नै गर्भाधान मानिन्थ्यो र मुहूर्त आदि हेरेर मात्र गर्भाधान गरिन्थ्यो । वामाचार विधिले अत्यन्तै छिटो चामत्कारिक परिणाम दिन्छ । यस विधिले देवदेवी मात्र होइन भूत, प्रेत, पिशाच र यक्षिणीजस्ता दुष्टात्मालाई पनि साँध्न सकिन्छ र बशीकरण र मारणजस्ता सिद्धि पनि प्राप्त हुन्छ । यो छोटो बाटो हो र शीघ्र परिणाममुखी पनि हो । गुरुको उपस्थितिबेगर वामाचार विधि घातक हुन्छ ।

झन्डै ८० प्रतिशत नेपालको भूभाग प्रत्यक्ष वा परोक्ष रुपमा उनको नियन्त्रणमा थियो । नेपालको औपचारिक राज्यसत्ता निरीह बन्न पुगेको अवस्था थियो । सयौं वर्ष पुरानो स्थापित राज्यतन्त्रलाई विस्थापित गर्दै उनी सार्वजनिक भए । छोटो समयमा उनी नेपालको कार्यकारी प्रमुख बने । बताइरहन नपर्ला ती व्यक्ति पुष्पकमल दाहाल उर्फ प्रचण्ड थिए

पात्र अयोग्य वा अनुशासनहीन भयो भने वा विधिमा सानो मात्र पनि चुक भयो भने कर्तालाई ध्वस्तै बनाउँछ । सिद्धि प्राप्त भइसकेपछि पनि सिद्धमा लोभजस्ता कुरा पलायो वा तन्त्र अनुरूपको आचरण भएन भने त्यो व्यक्ति अत्यन्तै द्रूत गतिमा पतन हुन्छ । वामाचार शीघ्र सफलताको साधन त हो तर त्यत्तिकै द्रूत गतिमा अधोगतिको संवाहक पनि हो ।

राजनीति भनेको पनि राज्यलक्ष्मीको आराधना र सत्ता शक्ति साधना तन्त्र नै हो । सत्ता शक्ति साधना तन्त्रको प्रयोग पूर्ण सात्विक विधिमा भयो भने त उसले आइसकेको शक्तिलाई पनि परित्याग गर्छ, मोक्षको बाटो रोज्छ । महात्मा गान्धीले पूर्ण सात्विक बाटो अपनाएर सिद्धि प्राप्त गरेकै हुन् तर उनले राज्यलक्ष्मीसँगको सुखभोगलाई स्विकारेनन् ।

साँच्चै भन्ने हो भने सत्ता शक्तिको साधना पूर्ण सात्विक ढंगले हुन असम्भवप्राय हुन्छजस्तो मलाई लाग्छ । तान्त्रिक मतकै अवलम्बन गर्नुपर्ने हुन्छ । प्रश्न तान्त्रिक विधिमध्ये वामाचारी वा दक्षिणाचारी कुन बाटो लिने भन्ने हो । निश्चित रूपमा वामाचार विधिले अत्यन्तै छिटो एवं चामत्कारिक परिणाम दिन्छ । तर, त्यो त्यत्तिकै छिटो घोर प्रत्युत्पादक एवं विनाशकारी पनि हुनसक्छ । दक्षिणाचारी विधिले मन्द परिणाम देला तर त्यो सौम्य र स्थायी हुन्छ ।

नेपालको राजनीतिक वृत्तमा एक जना व्यक्ति तिलस्मी ढंगले उदाए । ती महानुभावको सफलता त अकल्पनीय नै थियो । केही वर्ष एउटा मिथकका रूपमा रहे । झन्डै ८० प्रतिशत नेपालको भूभाग प्रत्यक्ष वा परोक्ष रूपमा उनको नियन्त्रणमा थियो ।

नेपालको औपचारिक राज्यसत्ता निरीह बन्न पुगेको अवस्था थियो । सयौं वर्ष पुरानो स्थापित राज्यतन्त्रलाई विस्थापित गर्दै उनी सार्वजनिक भए । छोटो समयमा उनी नेपालको कार्यकारी प्रमुख बने । बताइरहन नपर्ला ती व्यक्ति पुष्पकमल दाहाल उर्फ प्रचण्ड थिए ।

आधुनिक भनिने कालखण्डको नेपाली इतिहासमा प्रचण्डको जस्तो चामत्कारिक उत्थान र सफलता कसैको थिएन र अझै पनि छैन । प्रचण्डले राज्यलक्ष्मीको आराधना गरेकै हुन् र राज्यशक्ति प्राप्तिका लागि उग्र साधना गरेकै हुन् । उनको त्यो तान्त्रिक अनुष्ठानचाहिँ निश्चित रूपमा वामाचारी प्रकृतिको थियो । हजारौं नेपाली जनताको बलि चढाइयो । लुटपाट भए र आगजनी भए । कैयन मन्दिर र मूर्तिहरू अपवित्र बनाइए । उनले अछूत भनिने शोषित निम्नतहका जनसमूहलाई आकर्षित गरेकै हुन् र तिनमा आशा र विश्वास जगाएका हुन् । तर, उनले तिनलाई प्रयोग मात्र गरे । शक्ति आएपछि उनी संरक्षक होइन शासक मात्र बने ।

समग्रमा भन्ने हो भने प्रचण्डले भूत, प्रेत वा पिशाचजस्ता दुष्टात्माको साधना गरेका थिए । वामाचारी पथले उनलाई पिशाचलाई साँधेर नियन्त्रण गर्नसक्ने त बनायो तर सिद्धि प्राप्त भइसकेपश्चात् त्यस पिशाचलाई सन्तुष्ट राख्न सकेनन् । अहिले उनलाई पिशाचले नै अधोगतितर्फ लखेट्दै छन् । कुन रसातलसम्म पु-याउने हुन् ? भविष्यले देखाउला ! पिशाच साधना सुरु गर्नुअघि उनी जहाँ थिए, त्यसभन्दा निकै तल पुग्ने अड्कल काट्न थालिएको छ ।

यहाँनेर रवि लामिछानेको उल्लेख भएन भने उनीप्रति नै अन्याय हुन्छ । रविको उदाउने, स्थापित हुने र सफलताको शिखरमा पुग्नेक्रम प्रचण्डको भन्दा कम चामत्कारिक थिएन । ‘आनन्दको जीवन’को खोजीमा झुटा सच्चा तमाम तिकडम गर्दै अमेरिकी नागरिक बने, श्रीमती फेर्दै हिँडे, तमाम गैरकानुनी अक्षम्य अपराधमा गनिने कर्म गरे ।

निम्नकोटिको आक्रामक प्रस्तुती दिँदै ‘लोकप्रिय’ बने र हेर्दाहेर्दै २१ सांसदको अधिपति र मुलुकको उपप्रधानमन्त्री पनि बने । उनको तमाम कर्मलाई हेर्ने हो भने उनको सत्ता शक्तिको साधना पनि वामाचारी विधिमै आधारित थियो । तर, रविले साँधेको चाहिँ कुनै भूत, प्रेत वा पिशाचजस्तो दुष्टात्मा थिएन । उनले अत्यन्तै मोहक सुन्दरी यक्षिणी साँधेका रहेछन् । तर, अत्यन्तै सुन्दरी यक्षिणी सायद अतृप्त आत्मा रहिछन् र उनको काम वा द्रव्य मोह शान्त गर्नसक्ने क्षमता रविमा रहेन ।

फगत १२ कक्षा पढेका रविलाई नामी ‘डाक्टर’ भनाउँदालाई कजाउने शक्ति त यक्षिणीले दिइन् तर स्वयं यक्षिणीलाई तृप्त गर्न भने सकेनन् । यक्षिणी क्रुद्ध छिन् र रविको भयंकर ओरालो यात्रा सुरु भएको छ । रविलाई रसातल पातालमा नपु-याई यक्षिणी रोकिन्नन् होला !

प्रचण्ड र रविजस्ता वामाचारी सत्ता साधकहरूको अधोगति उन्मुख यात्राले अन्यको पनि होस खुल्ला कि !

तपाइको प्रतिक्रिया
(Visited 103 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

वामाचारी सत्ता साधकहरूको अधोगति !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदानका दिन सवारीसाधन नचल्ने, उम्मेदवार र प्रतिनिधिले पास लिनुपर्ने