उदाउदो सूर्यलाई अर्घ दिदै लोक आस्थाको महान पर्व छठ सम्पन्न

सप्तरी । उदाउदो सूर्यलाई अर्घ दिदै शुक्रबार लोक आस्थाको महान पर्व छठ सकिएको छ । मंगलबार नहायखाय विधि सँगै सुरु भएको ४ दिवसिय पर्वको अन्तिम दिन शुक्रबार विहान उदाउदो सुर्यको पुजा गर्दै छठ पर्व सम्पन्न भएको हो ।

विहान झिसमिसेदेखि नै पोखरी र तलाउमा उभिएका ब्रतालुहरुले सुर्योदय सँगै विधि विधान पुर्वक सुर्यलाई अर्घ प्रदान गरे । आफनो परिवारका साथै सबैको शुख समृद्घि र शान्तिको कामना गर्दै छठ पर्व मनाएको मधेश प्रदेशका साँसद समेत रहेकी राजविराज ७ निवासी ब्रतालु किरण कुमारी साहले बताईन ।

ब्रतालुले पुजा सामग्रीका रुपमा घाटमा सजाई राखिएका केरा, नरिवल, ठकुवा, भुसुवा, पिरुकिया, उखु, सरिफा लगायतका फलफुल तथा मिष्टान अर्घका रुपमा चढाएका थिए । सुर्यलाई नमस्कार गर्न हजारौं श्रद्घालु नदि तलाउ तथा पोखरीका डिलमा भेला भएका थिए ।

राजविराजका भगवती, कल्टु, तुरन्ती, शिव, पुर्णी लगायतका पोखरीको डिमा हजारौं श्रद्घालु भेला भएका थिए । ब्रतालुहरु शितलजलमा सूर्यको प्रतिक्षा गर्दै दिए भने घाटमा उपस्थित युवा तथा बालबालिका पटाका पडकाउन व्यस्त देखिन्थे । उदाउदो सूर्यलाई अर्घ दिएर घर फर्कैका ब्रतालुहरु अन्न जल ग्रहण गर्दै छठ पर्व सम्पन्न गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 68 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

काँग्रेसले गण्डकी प्रदेश सभाको रिक्त पदमा सुनिता थापालाई पठाउने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
समाजवादी ५२, माओवादी २६, एमाले १० र कांग्रेस २ जिल्लामा शून्य