सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकामा आँखा अस्पताल खुलेको छ । नगरप्रमुख मनोजकुमार आचार्यको पहलमा आँखा अस्पताल खुलेको हो । करिब एक साताअघि संचालन भएको अस्पतालबाट अहिले सम्ममा १ हजार ३ सय ४४ जना स्थानीयले आँखाको उपचार गराएका छन भने दुई सय भन्दा बढीले मोतीयाबिन्दुको अपरेशन गराएको छ ।
सर्लाहीसहित चन्द्रनगर, हरिपुर, ब्रह्मपुर तथा भारतको केही भागबाट पनि सेवा लिन आएको ईश्वरपुर नगरपालिकाका समाजसेवी नाथुराम चौधरीले जानकारी दिए ।
शल्यक्रिया भरतपुर आँखा अस्पतालका प्रमुख मेडकिल डाइरेक्टर डां पुष्प गरी श्रेष्ठ र वरिष्ठ नेत्र विशेषज्ञ डां राजा हुसैन मंसुरीले गरेका थियो । अस्पतालले शिविर नै संचालन गरी निःशुल्क चश्मा तथा आवश्यक औषधी पनी वितरण गरेको ईश्वपुरका नगर प्रमुख आचार्यले जानकारी दिए ।
तपाइको प्रतिक्रिया
(Visited 38 times, 1 visits today)