मतदाताबाहेक अन्य व्याक्तिलाई आवागमन रोक

दैलेख । मंसिर १६ गते उपनिर्वाचन हुने दैलेखको निर्वाचन क्षेत्र– १ को महाबु गाउँपालिका र निर्वाचन क्षेत्र –२ दुल्लू नगरपालिका वडा नंं –१३ मालिकामा मतदाता नामावली भएका वाहेक अन्य राजनीतिक नेता र कार्यकर्ताहरुलाई आगमनमा रोक लगाइएको छ । यसअघि चुनाव प्रचार प्रसार उपनिर्वाचन खटिएका नेता कार्यकर्ताले हटाईने भएको हो ।

शुक्रवार बसेको सर्वदलिय वैठकले सो निर्णय गरेको हो । मौन समयमा पनि चुनावी प्रचार गर्ने, मतदातालाई प्रभावित पार्ने र अनावश्यक विवाद सिर्जना आउनसक्ने स्थिति भएकोले सुरक्षा संवेदनशीलतालाई हेरी शुक्रवार दैलेख सदरमुकाममा बसेको बैठकले उक्त निर्णय गरेको दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेको अध्यक्षतामा भएको बैठकले सो निर्णय गरेको हो । निर्वाचन आचार सहिंताको पूर्णपालना, मौन समयको कार्यान्वयन सहयोग पुग्ने भएकोले बाहिरका व्यक्तिलाई आवागमन गर्न रोक लगाइएको मुख्य निर्वाचन अधिकृत पाण्डेले बताए ।

‘निर्वाचन हुने क्षेत्रमा मौन समय कडाई साथ पालना गर्न लगाउने, राजनीतिक दल र उम्मेदवारले मतदाताहरुलाई प्रभाव, दवावमा नदिने र वाहिरका व्यक्तिहरुलाई सुरक्षाकर्मीहरुले तत्काल नियन्त्रणमा लिई कानूनी कारवाही अगाडि बढाइनेछ’ भनी सर्वपक्षीय वैठकले निर्णय गरेको छ ।

निर्वाचन शान्त र मर्यादित सहयोग पुग्ने भएकोले वाहिर घर भएका राजनीतिक नेतृत्व र कार्यकर्ताहरुलाई महाबु गाउँपालिका र दुल्लू नगरपालिका–१३ क्षेत्रमा नजाने कुरा आफूहरुले पनि सहमती जनाएको नेपाली काँग्रेसका जिल्ला सभापति मणिराम रेग्मीले बताए ।

अरु विकासका कामहरुमा पनि दैलेखमा राजनीतिक दलहरुबीच राम्रो समझदारी रहेको र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट अनुरोध आएपछि वाहिरका व्यक्ति निर्वाचन हुने क्षेत्रमा नजाने कुरामा सबै दलहरुको समझदारी बनेको नेकपा एमालेका जिल्ला अध्यक्ष सूर्यबहादुर शाहीले जानकारी दिए । यो निर्णयले उपनिर्वाचन मर्यादित शान्ती पुर्ण हुनेमा दलहरुले पनि विश्वास लिएका छन् ।

मतदानस्थल कर्मचारी पुगे
आगामी मंसिर १६ गते हुने उपनिर्वाचन लागि मतदान खटाइएका कर्मचारी मतदान स्थलमा पुगी सकेका छन् । दैलेखको महावु गाउँपालिकामा अध्यक्ष पदका लागि मतदान हुदै छ भने निर्वाचन क्षेत्र २ का दुल्लूनगरपालिका वडानं १३ को वडाअध्यक्ष पदका लागि मतदान हुने भएको हो ।

उपनिर्वाचनका लागि दैलेखमा १सय २० जना कर्मचारी खटाईएको छ भने चार तहका सुरक्षाकर्मी परिचालन गरिएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायधिश कुल प्रसाद पाण्डे जानकारी दिए । उनले भने, जिल्लाको दुई ठाउँमा हुने उपनिर्वाचनका लागि सम्पुर्ण सामाग्री लिएर कर्मचारी सुरक्षाकर्मी मतदानस्थलमा पुगी सक्नु भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 62 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना, १ को मृत्यु,४ घाईते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै