मुगु । वन तथा वन्यजन्तुसँग सम्वन्धित अपराध नियन्त्रणका लागि रारा राष्ट्रिय निकुन्जको कार्यालय मुगुले जिल्लामा क्रियाशिल पत्रकारहरुसँग शनिबार अन्तरक्रिया कार्यक्रम गरेको छ ।
शनिवार रारा राष्ट्रिय निकुञ्जको कार्यालयमा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा सहभागी पत्रकारहरुले वन फडान,रारा तालबाट बालुवा,गिट्टि उत्खनन्, निकुन्ज क्षेत्र भित्र ढुङ्गा निकाल्ने,रारा तालमा लुकिछिपी माछा मार्ने र निकुन्जको वन क्षेत्र भित्र वन्यजन्तु तथा चराचुरङ्ग अबैध चोरी सिकारी’bout जानकारी गराएका थिए ।
रारा राष्ट्रिय निकुन्ज कार्यालय मुगुका कार्यालय प्रमुख निमित्त वरिष्ठ संरक्षण अधिकृत महेश न्यौपानेले हालसम्म निकुन्ज कार्यालय,नेपाली सेना र मध्यवर्ती समितीले राराको जैविक, प्राकृतिक सम्पदाको संरक्षण र वन तथा वन्यजन्तुसँग सम्वन्धित अपराध नियन्त्रणका लागि भए गरेका प्रयास र कृयाकलाप’bout जानकारी गराएका थिए ।
निकुन्ज र निकुन्ज भित्र रहेका जलिय तथा वन्यजन्तु, वनजन्य प्राकृतिक सम्पदाहरुको संरक्षणका लागि राज्यले रारामा नेपाली सेना, निकुन्ज कार्यालय र कर्मचारी खटाए पनि सोचेजस्तो संरक्षण नभएको र छिद्रहरु पहिचान गरि राराक्षेत्रमा रहेका रुख,फूल,जडिबुटीका प्रजाती, जलिय जन्तु, वन्यजन्तु र रारा तालको संरक्षणमा कठोर नीति अवलम्वन गर्नु पर्ने नेपाल पत्रकार महासङ्ग मुगु शाखाका अध्यक्ष नृपेन्द्रबहादुर मल्लले कार्यक्रममा बताएका थिए ।
केही वर्ष पहिला रारा निकुन्ज भएर खत्याड गाउँपालिका तिर जाँदा र सदरमुकाम गमगढी आउँदा रारा क्षेत्रमा अनेकौ वन्यजन्तु,चराचुरुङ्गी,विभिन्न प्रजातिका फुलहरु देख्ने गरेपनी २र४ वर्ष यता निकुन्जमा वन्यजन्तु,चराचुरुङ्गी,फुल कमै देखिने गरेकोले राज्यले कति संरक्षण गरेको रहेछ छर्लङ्गै भएको पत्रकार अच्युतराज भण्डारीले बताए ।
निकुन्जले संरक्षणमा जति काम गरेपनी गुमनाम हुने गरेको,पत्रकारमैत्री रहेर काम गर्न यश अघि कन्जुस्याइँ गरेपनी आगामी दिनमा संरक्षणका काम गदा सुचना सन्चार र पत्रकारमैत्री भएर काम गर्न नेपाल पत्रकार महासङ्ग मुगु शाखाका उपाध्यक्ष दानबहादुर बुढाले सुझाब दिए ।
संरक्षणका लागि राज्यले नियम, कानुन बनाए पनि फितलो कार्यान्यन हुदा र आफ्नो जिम्मेवारी निकुन्ज कर्मचारी, नेपाली सेना र समुदायले नबुझ्दा वनजन्य तथा वन्यजन्तुसङ्ग सम्वन्धित अपराध नियन्त्रणमा समस्या आएकोले आ आफ्नो जिम्मेवारी र कर्तव्य सबैले बोध गर्नु पर्ने र जनचेतना जगाएर संरक्षण सम्वन्धी जनतालाइ राज्यले सु सुचित गर्नुपर्ने मुगु जिल्लाका वरिष्ठ पत्रकार तथा पत्रकार महासङ्ग मुगु शाखाका संस्थापक अध्यक्ष विनोद कुमार मल्लले बताए ।
कार्यक्रममा रारा राष्ट्रिय निकुन्जका निमित्त वरिष्ठ संरक्षण अधिकृत महेश न्यौपाने, सूचना अधिकारी धर्मजित साउत, हनुमान ध्वज गुल्मका गुल्मपती बसन्तनाथ योगि ,निकुन्जका कर्मचारी र मुगु जिल्लामा क्रियाशील पत्रकारहरु सहभागी थिए ।