स्वामीकार्तिकमा अहिलेसम्मकै कडा सुरक्षामा मतदन

स्वामीकार्तिक खापर गाउँपालिका–३ जुटोटको मतदान केन्द्रमा भोट हाल्न लाइनमा बसेका भोटरहरु। फोटो : निमेन्द्र शाही

बाजुरा । आइतबार बिहान ७बजेदेखि बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा हुने उपाअध्यक्ष पदका लागि मतदान सुरु भएको छ । निर्वाचन आयोगले मतदानका लागि आज बिहान ७ देखि साँझ ५ बजेसम्मको समय तोकेको छ।स्वामीकार्तिकमा भएको अहिले सम्मकै निर्वाचन मध्य सबै भन्दा कडा सुरक्षाका साथ निर्वाचन भएको पहिलो पटक हो ।

निर्वाचन आयोगले सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउने गरी सुरक्षा व्यवस्था मिलाइएका कारण निर्धक्कसाथ मतदानमा सहभागी हुन मतदातालाई आग्रह गरेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय स्वामिकार्तिकका अनुसार विहान ७ बजेर १७ मिनेटमा मतदान सुरु भएको थियो।बिहानैदेखि मतदानस्थलमा मतदान गर्ने मतदाताको लाइन लागेको छ । जिल्लाको एक पालिकामा मात्रै उपनिर्वाचन हुन लागेकाले यसलाई जिल्लामै महत्त्वका साथ हेरिएको छ ।

उपाध्यक्षका लागि हुने उपनिर्वाचनका लागि कर्मचारी खटाउनेदेखि आवश्यक सुरक्षाकर्मी समेत परिचालन गरिएको छ। उपनिर्वाचनका लागि ९ वटा मतदान केन्द्र तोकिएको थियो । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका लागि हुने निर्वाचनमा मतदाता संख्या ७ हजार ६० छन्।

सो गाउँपालिकाको उपाध्यक्ष पदका लागि तीन जना महिला उम्मेदवार छन्। जसमा उपाध्यक्ष पदका लागि एमालेबाट सुलोचनाकुमारी भण्डारी,नेपाली कांग्रेसबाट पुल्तीसरा शाही र एकीकृत समाजवादीबाट जवा शाही उम्मेदवार छन्।

तपाइको प्रतिक्रिया
(Visited 47 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

रविलाई निकिता र कानुन व्यवसायीको जिम्मा लगाउने आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुर्खेतमा कहाँ कसकाे वर्चश्व ?