दैलेख । दैलेखको महाबु गाउँपालिका अध्यक्ष पदमा भएको उपनिर्वाचनमा नेकपा ( एमाले) का जंगबहादुर शाही विजय भएका छन् । ३ हजार १ सय २७ मत प्राप्त गरी उनी अध्यक्ष पदमा विजय भएका हुन् ।
शाहीका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका झलक भण्डारीले २ हजार ६ सय ७५ प्राप्त गरेका छन् । त्यसैगरी नेकपा माओवादी केन्द्रका जंगबहादुर बरालले ८ सय ४२, रास्वपाका प्रकाश कुमार बुढाले १ सय १२ मत पाएका थिए । यो पालिकामा २०७९ मा नेपाली कांग्रेसले जितेको थियो ।
नवनिर्वाचित अध्यक्ष शाही २०७४ को निर्वाचनमा एमालेको तर्फबाट अध्यक्ष जितेका थिए । महाबुमा कांग्रेसले विरासत जोगाउन सकेन भने एमालेले आफनो विरासत फर्काएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 218 times, 1 visits today)






