बारा । विश्व प्रसिद्ध गढीमाई मन्दिर सबै धर्मको साझा स्थल रहेको गृहमन्त्री रमेश लेखकले बताएका छन् । बाराको महागढीमाई नगरपालिकाको बरियारपुरमा गढीमाई मन्दिर दर्शन गर्न आएका गृहमन्त्रीले गढीमाई साझा स्थल रहेको बताएका हुन ।
पंचवर्षीय गढीमाई मेला दर्शन गर्न गृहमन्त्री पुरै परिवारको सदस्यको साथ बुधबार गढीमाई मन्दिर दर्शन गर्न आएका हुन । आस्थाको केन्द्रबिन्दुको रूपमा रहेको गढीमाईले सम्पूर्णको मनोकामना पुरा गर्दै आएकोले जनविश्वास बढ्दै गएको उनले बताए ।
भक्तजनहरूको मनोकामना पुरा भएकोले देश विदेशबाट भक्तालुहरूको भिड बढ्दै गएको देखिन्छ । भक्तजनको मनोकामना पुरा भए पश्चात बलि दिने गरेको पाइन्छ । कसैले आफुखुशी बलि दिनेलाई रोक्न नसकिने समेत बताए ।
सबैले सबैको धर्मको सम्मान गर्नुपर्ने गृहमन्त्रीले बताए । गृहमन्त्री लेखकले गढीमाई मन्दिरका पुजारी मंगल चौधरीको हाथ बाट टिका र प्रसाद समेत ग्रहण गरेका थिए । विश्व प्रसिद्ध गढीमाई मेलाले नेपाललाई अन्तर्राष्ट्रिय स्तर एउटै ठूलो पहिचान दिएकोले गढीमाई मन्दिरको संरक्षण लगाएत मेलालाई सभ्य र भब्य बनाउनमा नेपाल सरकार प्रतिबद्ध रहेको उनले बताए ।
गढीमाई मेलालाई ब्यवस्थित बनाउनको लागि आफुले सुरक्षाको दृष्टिकोणले कुनै पनि कसर बाकी नरहने गरि प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको गृहमन्त्रीले बताए । गढीमाई मेला पाँच बर्षमा एक पटक लाग्ने भएकोले मेलामा दर्शनार्थीहरुको चाप बढी हुने गरेकोले सुरक्षामा कुनै कसर बाकी नरहने आवश्यक परेमा ठप्प सुरक्षाकर्मीलाई मेलामा खटाईने प्रतिवद्धता जाहेर गरेका थिए ।
विश्वको नजर रहेको पंचवर्षीय गढीमाई मेला सभ्य र भव्य बनाउन लागिपरेको नगर प्रमुख उपेन्द्र प्रसाद यादवको प्रशंसा समेत गृहमन्त्री लेखकले गरेका थिए ।
गढीमाई मन्दिर दर्शन गर्न उपराष्ट्रपति रामसहाय यादव, शहरी विकास मन्त्री प्रकाशमान सिह, मधेश प्रदेशको मुख्य मन्त्री सतिश कुमार सिह मधेश प्रदेशको गृहमन्त्री तथा कानुन मन्त्री राजकुमारी लेखी लगायत दश लाख भन्दा बढी भक्तजनहरूले गढीमाईको दर्शन गरिसकेको प्रमुख उपेन्द्र यादवले जानकारी गराएका छन् ।
मंसिर ०१ गते देखि सुरु भएको गढीमाई मेला मंसिर ३० गते सम्म चल्ने छ । मंसिर २३ गते रागा, २४ गते खसी, बोका, परेवा र भाकल गरेका बच्चाको मुण्डन गरिने मेला व्यवस्थापन समितिका अध्यक्ष यादवले बताए ।
मेलाको अवसर पारी मधेश प्रदेशले मंसिर २३ र बाराका १६ स्थानीय तहले मंसिर २१ देखि २५ गते सम्म पर्यटकीय, संस्कृतिक विकास प्रवर्द्धन गर्नको लागि बिदा दिएको छ ।