धनगढी उपमहानगरबाट सात सयले लिए श्रम स्वीकृति

धनगढी । कैलालीको धनगढी उपमहानगरको रोजगार सेवा केन्द्रबाटै वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिन सकिने व्यवस्था छ ।

विदेश जान चाहने व्यक्तिले श्रम स्वीकृति र पुनःश्रम स्वीकृतिका लागि उपमहानगरको रोजगार सेवा केन्द्र मार्फत निवेदन दिने व्यवस्था गरिएको छ । रोजगार सेवा केन्द्रले उद्यमशीलताका लागि तालिम दिनुका साथै वैदेशिक रोजगारमा गएका व्यक्ति र आश्रित परिवारलाई कल्याणकारी सेवा समेत दिँदै आएको छ ।

उपमहानगरबाट श्रम स्वीकृति
धनगढी उपमहानगरको रोजगार सेवा केन्द्रबाट श्रम स्वीकृति र पुनःश्रम स्वीकृतिका लागि आवेदन दिन सकिन्छ । वैदेशिक रोजगार विभागले प्रदान गर्ने श्रम स्वीकृति र पुनःश्रम स्वीकृतिका लागि उपमहानगरको रोजगार सेवा केन्द्रले सहजीकरण गर्दै आएको छ । वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले श्रम स्वीकृतिका लागि आवश्यक प्रक्रिया धनगढीबाटै गर्ने व्यवस्था मिलाइएको उपमहानगरपालिकाका रोजगार सेवा केन्द्र प्रमुख चन्द्र महराले बताए । उनले श्रम स्वीकृतिका लागि रोजगार सेवा केन्द्रमा आएर निवेदन दिएपछि सबै प्रक्रिया रोजगार केन्द्रले मिलाउने गरेको बताए ।

७ सयले लिए श्रम स्वीकृति
उपमहानगरपालिको रोजगार सेवा केन्द्रले एक वर्षमा ७ सयभन्दा बढी व्यक्तिलाई श्रम स्वीकृतिका लागि सहजीकरण गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट प्रत्यक्ष रोजगारीको अवसर दिने गरेको केन्द्रले विभिन्न सिपमूलक तालिक समेत दिने गरेको छ । रोजगार सेवा केन्द्रले वैदेशिक रोजगारीमा गएका व्यक्ति र आश्रित परिवारलाई कल्याणकारी सेवा समेत दिने गरेको महराले बताए ।

उनले कल्याणकारी सेवा अन्तर्गत केन्द्रले विदेशमा ज्यान गुमाउने कामदारको शव झिकाउने, शव ढुवानी गर्ने, उपचार सहायता दिलाउने, छात्रवृत्ति उपलब्ध गराउने, खोजतलास र आर्थिक सहायता उपलब्ध गराउन सहजीकरण गर्दै आएको बताए । ‘रोजगार सेवा केन्द्रले दुई वर्षमा ५ जना मृतक कामदारको विदेशबाट शव झिकाउन र ढुवानी गर्न सहजीकरण गरेको छ ।

यसैगरी, वैदेशिक रोजगारमा रहँदा ज्यान गुमाएका व्यक्तिको सन्ततीलाई छात्रवृतिका लागि समेत रोजगार सेवा केन्द्र धनगढी मार्फत सहजीकरण भएको छ,’ उनले भने, ‘हालसम्म छात्रवृत्तिका लागि ९६ जनाको निवेदन परेको छ ।‘ वैदेशिक रोजगारमा रहेका व्यक्तिमा आश्रित ६ जनाले जनही ५० हजारका दरले उपचार सहायता पाएको महराले बताए ।

तीन जनाले स्वास्थ्य उपचार सहयोगवाफत जनही ७ लाखका दरले उपचार सहयोग पाएका छन् भने रोजगारीको क्रममा ज्यान गुमाएका ६ जनाको परिवारले जनही ७ लाखका दरले आर्थिक सहायत पाएको महराले बताए । मृतकका सन्ततिले कक्षा ८ सम्म वार्षिक १२ हजार तथा ९ कक्षादेखि १२ सम्मका लागि वार्षिक १६ हजार छात्रवृति पाउने व्यवस्था छ ।

तपाइको प्रतिक्रिया
(Visited 53 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेप्से परिसूचक २५.४१ अंकले घटयो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सस्तोमा पानी खुवाउनेलाई भोट