डिबीले ल्याए कर्णाली पारीको भिनाजु

काठमाडौं । सञ्चारकर्मी डिबी खड्काले आफ्नो रचनामा नयाँ गीत कर्णाली पारीको भिनाजु…को भिडियो दर्शकमाझ ल्याएका छन् । यो गीत देउडा भाकामा आधारित छ । गीतमा गायिका मञ्जु पौडेल र गायक राजेन्द्र बाजुरालीको स्वर रहेको छ । गीतको संगीत र संगीत संयोजन विनोद बाजुरालीले गरेका हुन् ।

यो गीतको म्युजिक भिडियोमा गायिका मञ्जु पौडेलसँगै अभिनेता धिरेन शाक्यको अभिनय रहेको छ । भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन् । जसमा दुर्गा पौडेलको छायाँकन रहेको छ ।

‘विवाह गर्नको लागि उमेर ढल्कीसकेकी युवतीले आफ्नो लागि बरको खोजी गरेको प्रसँगमा यो गीत आधारित छ । गीतमा प्यासी खोज्दै पानी जस्ता बैंश’bout विभिन्न सांकेतिक शब्दको प्रयोग गरिएको छ ।’ गीतकार खड्काले भने । महिलाले पनि आफ्ना लागि आफैं जीवनसाथी खोज्न सक्ने वर्तमान अवस्थाको चित्रण यो गीतमा आफुले गरेको पनि गीतकार खड्काले जनाए । आफु सुदुरपश्चिमको भएकाले बिगतझैं यसपटक पनि आफुले देउडा भाका दर्शकमाझ ल्याएको गीतकार डिबीले राजधानीलाई बताए ।

यो गीत’bout गायिका मञ्जुले राजधानीसँग भनिन्,‘सुदूरपश्चिमले माया गरेपनि त्यहाँको गीत गाउन पाएकी थिइनँ । त्यसैले यसपल्ट सुदूरपश्चिमका मेरा दर्शकस्रोता समर्पित भएर गीत ल्याउने अबसर पाएकी छु र राम्रो प्रतिक्रिया पनि पाएको छु ।’

तपाइको प्रतिक्रिया
(Visited 82 times, 1 visits today)

epaper

ताजा समाचार

उद्धारमा खटिने सशस्त्रका कर्मचारीलाई मासिकरूपमा तलबको १५ प्रतिशत भत्ता र खटिएको दिनमा ५ सय उच्च जोखिम भत्ता