नेपाल पत्रकार महासङ्घ एसोसिएट प्रदेश अध्यक्षमा आचार्य विजयी

काठमाडौं । नेपाल पत्रकार महासङ्घ एसोसिएट प्रदेश समितिको अध्यक्षमा डम्बरप्रसाद आचार्य (रोयल) विजयी हुनुभएको छ । आचार्यले दुई सय ६६ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी स्मृति ढुङ्गानाले एक सय ९२ मत गरेको निर्वाचन समितिका संयोजक ध्रुव लम्सालले जानकारी दिए ।

उपाध्यक्ष (समावेशी) मा पुष्पा थपलियाले दुई सय १७ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी पवित्रादेवी ढकालले एक सय ८६ मत प्राप्त गरिन । यस्तै, महासचिवमा अशेष अधिकारीले दुई सय ५४ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी भानु भट्टराईले एक सय ६७ मत प्राप्त गरे । अन्य पदमा यस अगाडि नै निर्विरोध रुपमा पदाधिकारी र सदस्य निर्वाचित हुनुभएको निर्वाचन संयोजक लम्सालले जानकारी दिए ।

यस्तै, एसोसिएट केन्द्रीय सदस्यतर्फ मनुका कुँवर तीन सय एक र पवित्रा मुडभरी दुई सय नौ मत ल्याएर विजयी भएका छन् ।

महासङ्घ एसोसिएटअन्तर्गत कार्टुनिष्ट क्लब, चलचित्र पत्रकार सङ्घ नेपाल, चलचित्र समीक्षक समाज, दक्षिण एसियाली पत्रकार, एभरेष्ट प्रेस क्लब, नेपाल खेलकुद पत्रकार मञ्च, नेपाल पत्रकार मञ्च, अनलाइन पत्रकार सङ्घ, पर्यटन पत्रकार मञ्च, पत्रकारिता विकास समाज, फोटो जर्नालिस्ट क्लब र पत्रकारिता अनुसन्धान तथा तालिम समाज रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 95 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

रविलाई निकिता र कानुन व्यवसायीको जिम्मा लगाउने आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कम्युनिस्ट र मधेसवादी दल विभाजनको फाइदा कांग्रेसलाई