कर्जा प्रवाह वृद्धि भए पनि तरलता यथावत् नै

काठमाडौं । चालू आर्थिक वर्षको चार महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा एक खर्ब २८ अर्ब ४७ करोड रुपैयाँले बढे तापनि अधिक तरलता भने यथावत् नै रहेको छ । कर्जा बढे तापनि बैंक तथा वित्तीय संस्थामा भने अधिक तरलता ७ खर्बकै हाराहारीमा छ ।

एक खर्ब २८ अर्ब रुपैयाँले बढ्यो कर्जा

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ९९ अर्ब ४० करोड रुपैयाँ मात्र प्रवाह भएको थियो । चालू आर्थिक वर्षको कर्जा प्रवाह अघिल्लो वर्षको भन्दा साढे २ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । वार्षिक बिन्दुगत आधारमा भने कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.२ प्रतिशतले बढेको तथ्यांक केन्द्रीय बैंकको रहेको छ ।

कात्तिकमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४ दशमलव १ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५ दशमलव ९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३ दशमलव १ प्रतिशत र ३६ दशमलव ९ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह २ दशमलव ६ प्रतिशतले, विकास बैंकहरूको २ प्रतिशतले र वित्त कम्पनीहरूको कर्जा प्रवाह ३ दशमलव ९ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालू सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) को सुरक्षणमा १३ दशमलव ५ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । गत वर्ष यस्तो सुरक्षण १२ दशमलव १ प्रतिशत मात्र थियो ।

घरजग्गा धितो सुरक्षणमा भने ६६ प्रतिशत रहेको छ । गत वर्ष ६७ दशमलव ३ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०८१–८२ को चार महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ३ दशमलव १ प्रतिशतले बढेको छ । निर्माण क्षेत्रतर्फको कर्जा १ दशमलव ८ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २ दशमलव १ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ४ दशमलव ६ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा २ दशमलव ९ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा २ दशमलव ५ प्रतिशतले बढेको छ । कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा भने शून्य दशमलव ९ प्रतिशतले घटेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २ दशमलव ७ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा १९ दशमलव ६ प्रतिशतले, ट्रस्ट रिसिट (आयात) कर्जा २२ दशमलव १ प्रतिशतले बढेको छ । यसैगरी, हायर पर्चेज कर्जा २ दशमलव १ प्रतिशतले, नगद प्रवाह कर्जा शून्य दशमलव ६ प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) १ दशमलव ७ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ६ दशमलव ६ प्रतिशतले घटेको छ ।

वार्षिक बिन्दुगत आधारमा कात्तिकमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६ दशमलव २ प्रतिशतले बढेको छ । कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४ दशमलव १ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५ दशमलव ९ प्रतिशत रहेको छ ।

४ महिनामा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह २ दशमलव ६ प्रतिशतले बढेको देखिएको छ । विकास बैंकहरूको २ प्रतिशतले र वित्त कम्पनीहरूको कर्जा प्रवाह ३ दशमलव ९ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार कात्तिकमा मार्जिन प्रकृतिको कर्जा प्रवाह एक अर्ब ९४ करोड ३० लाख रुपैयाँले मात्रै बढेको छ । कर्जा बक्यौता (आउट स्ट्यान्डिङ)का आधारमा कात्तिकमा सो बराबरको मार्जिन प्रकृतिको कर्जा प्रवाह बढेको हो ।

असोज मसान्तसम्म यस्तो कर्जा प्रवाह एक खर्ब पाँच अर्ब ८२ करोड ५० लाख रुपैयाँ थियो । कात्तिक मसान्तसम्म आउँदा त्यो १ खर्ब सात अर्ब ७६ करोड ८० लाख रुपैयाँ पुगेको छ । चालू आर्थिक वर्ष २०८१–८२ को साउनमा एक अर्ब ३५ करोड रुपैयाँले यस्तो कर्जा प्रवाह बढेको थियो ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको कात्तिकसम्म बैंक तथा वित्तीय संस्थाले सेयर धितो कर्जास्वरूप १ खर्ब ७ अर्ब ७६ करोड रुपैयाँ वितरण गरेका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा ३२ दशमलव ७८ प्रतिशत अर्थात् २६ अर्ब ६० करोडले सेयर धितो कर्जा प्रवाह बढी हो । गत आर्थिक वर्षको कात्तिकसम्म बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जा वापत ८१ अर्ब १६ करोड रुपैयाँ वितरण गरेका थिए ।

नेपाल बैंकर्स संघको तथ्यांकअनुसार ४ महिनामा ६ वटा वाणिज्य बैंकको कर्जा विस्तार घटेको छ ।

गत असारमा बैंकहरूको निक्षेप संकलन ५७ खर्ब ५४ अर्ब रुपैयाँ थियो । यता, ४ महिना अवधिमा २० वाणिज्य बैंकहरूको कर्जा लगानी पनि २ दशमलव ३८ प्रतिशतले बढेर ४६ खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ ।

४ महिनामा १७ वाणिज्य बैंकको निक्षेप संकलन बढेको छ भने ३ बैंकको घटेको छ । निक्षेप संकलन घट्नेमा एनआईसी एसिया, प्रभु र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 134 times, 1 visits today)

epaper

ताजा समाचार

जयपृथ्वी राजमार्ग : वर्षौंदेखि बझाङबासीको जोखिमयुक्त नियति