२०१९ डिसेम्बर १ बाट वुहानको खुवानान ‘सिफुड मार्केट’मा पहिलोपटक चमेरो र सर्पको अणुवंशिक क्रमबद्धता र आणविक संरचना ९० प्रतिशत मिल्ने र सालकमा ९५ प्रतिशत मिल्ने मानवजातिमा देखापरेका ६ प्रकारका कोरोना भाइरसमध्ये बिटा कोरोना वर्गमा पर्छ । सार्स प्रजातिको नयाँ प्रजाति मानिने यसलाई चिनियाँ वैज्ञानिकले नोबेल कोरोना भाइरस २०१९ र विश्व स्वास्थ्य संगठनले कोभिड–१९ भनेर नामकरण गरेका छन् । यस भाइरसबाट हालसम्म १ लाख ८७ हजारभन्दा बढीको ज्यान गइसकेको छ । २८ लाखभन्दा बढी संक्रमित भएका छन् भने १ सय ८५ भन्दा बढी देशमा र २ सय १० भन्दा बढी भूभागमा संक्रमण फैलिसकेको छ । अमेरिकाको जोन हपकिन्स यूकेको अक्सफोर्ड र चीनका विभिन्न वैज्ञानिकको अनुसन्धानलाई आधार मान्ने हो भने यस भाइरसबाट संसारभरि चारदेखि ५ लाख मानिसको ज्यान जानेछ । ४० देखि ५० लाख मानिसमा संक्रमण पुष्टि हुनेछ ।
यस भाइरसको खोप चीन, यूके र अमेरिकाले छिटोमा सेप्टेम्बर २०२० भित्र प्रयोगमा ल्याइसक्नेछन् भने ढिलोमा मार्च २०२१ भित्र प्रयोगमा आइसक्नेछ । खोपको प्रयोग विश्वबजारमा नपुगुन्जेल विश्वभरका मानिसले न्यूनतम सुरक्षा सर्तकता अपनाउनुपर्नेछ । यस भाइरसको लक्षण विभिन्न देशमा फरकफरक किसिमले देखिएको, देशअनुसार र व्यक्तिअनुसार लक्षणबिनाका कोभिड पोजटिभ बिरामीदेखि सामान्य लक्षणदेखि गम्भीर प्रकृतिका लक्षण देखाएका छन् । व्यक्तिअनुसार उसको उमेर समूह, व्यक्तिको रोग, विभिन्न मुटु, दम, मधुमेह तथा क्यान्सरका रोगीमा गम्भीर प्रकृतिका लक्षण देखिएका छन् भने मृत्युदर पनि यिनै रोगले ग्रसित तथा उमेर बढी भएका बिरामीको बढी छ । त्यसमा पनि मृत्युदर पुरुषको बढी छ भने महिलाको कम छ । त्यसैगरी, बालबालिकाको मृत्युदर नगन्य छ ।
नेपालमा हालसम्म ४८ जनामा सामान्य लक्षण देखिएको र त्यसमध्ये ९ जना निको भएर घर गएका र बाँकी ३९ जना उपचारका क्रममा रहेका र प्रायःजसो इन्डिया, चाइना, यूके, युरोप, फ्रान्सबाट आएका र उनीहरूको सम्र्पकमा गएका छन् । हालसम्म नेपालमा तेस्रो चरणको सामुदायिक संक्रमण फैलिसकेको पुष्टि छैन तर उच्च जोखिमका बाबजुद नेपाल सरकारले चालेको रोकथामको उपाय प्रभावकारी भएकै कारण समुदायमा थप संक्रमण फैलिएको छैन । यसै परिप्रेक्षमा नेपालमा कोभिड–१९ को प्रभावसँगै सम्पूर्ण नेपाली जनजीवन प्रभावित रहेको अवस्थामा कसरी लकडाउनलाई खुकुलो र बिस्तारै हटाउन सकिन्छ भन्ने विषय गम्भीर रूपमा उच्च सतर्कताका साथ हामी सबैले आत्मसात् गरी यस त्रासपूर्ण वातावरणलाई मुक्त गर्नुपर्ने हामी सबैको आवश्यकता छ ।
यसै सन्दर्भमा निम्न बुँदालाई ध्यान दिँदा लकडाउनलाई बिस्तारै खुकुलो पार्दै हटाउन सकिन्छ ः
१. पछिल्लो पाँच सातामा विदेशबाट नेपाल आएका स्वदेशी तथा विदेशी नागरिकसँग सम्पर्क तथा भेटघाट भएका सबै व्यक्ति, अग्रपंक्तिमा काम गर्ने सम्पूर्ण चिकित्सक, नर्स, मेडिकल स्टाफ, स्वास्थ्यकर्मी तथा ड्राइभर, सुरक्षाकर्मी, तरकारी व्यापारी, चिडियाखानाका कर्मचारी, देशैभरका मालवाहक समान बोक्ने ड्राइभर, भोलेन्टियर्स, पत्रकार, नेपाल सरकारका अग्रपंक्तिमा काम गर्ने मन्त्री तथा सरकारका सबै कर्मचारी, सडकमा काम गर्ने कामदार, इन्डियाबाट नेपाल आएका सबै नेपाली तथा इन्डियन नागरिक, मठमन्दिर तथा मस्जिदमा बस्ने हिन्दू र मुस्लिमलगायत सबै सम्पर्कमा पुगेका लक्षण देखिएका र नदेखिएका । हाल क्वारेन्टाइन र आइसोलेसनमा बसेका लगायत, स्वास्थ्य अनुसन्धानकर्मीले शंका गरी रेड जोनमा राखेका अन्य सबैको अनिवार्य आरडीटी र पीसीआरमार्फत् परीक्षण गरी संक्रमित देखिएकालाई यथाशीघ्र आइसोलेसनमा राख्ने र बाँकी शंकास्पद व्यक्तिलाई कम्तीमा सेल्फक्वारेन्टाइनमा बस्न अनुरोध गर्नुपर्छ ।
देशभरका प्रभावित-अप्रभावित जिल्ला वा स्थानलाई रेड, ग्रिन र एल्लो जोन गरी तीन किसिममा विभाजन गर्न सकिन्छ
२. कोरोना लक्षण देखिएका भन्दा नदेखिएकाबाट उच्च जोखिम र संक्रमण फैलिन सक्ने भएकाले लक्षण देखिएको समूह र नदेखिएको समूहको एप्स तयार गर्ने र नयाँ एप्समार्फत उनीको मनिटर गर्ने गर्नुपर्छ ।
३. कोभिड–१९ को देशैभरिका अस्थायी अस्पतालको समुदायबाट कम्तीमा ५ किलोमिटरको दूरीमा छुट्टै अस्थायी अस्पतालको विकास गर्ने देशैभरिका सरकारी तथा निजी अस्पताल अन्य बिरामीका लागि खोलिनुपर्छ । कोभिड–१९ मा काम गर्ने अग्रपंक्तिका चिकित्सक तथा मेडिकल स्टाफलाई अस्पतालको नजिक खाने, बस्ने तथा आइसोलेसन र क्वारेन्टाइनको व्यवस्था गर्ने र कसैलाई शंकास्पद लक्षण देखिएमा २१ दिन राख्ने गर्नुपर्छ ।
४. नेपाल र भारतको सिमानामा जोडिएका सम्पूर्ण जिल्ला र जिल्लाभित्रका गाउँपालिका कम्तीमा तीनदेखि पाँच महिनाका लागि बन्द गर्ने र भारतमा शून्य केस नतिजा आएको कम्तीमा ४० दिनपछि मात्र सिमाना खुलाउने साथै नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थललाई अरू देशमा शून्य केस भएको ३० दिनपछि मात्रै खुलाउनुपर्छ । चीन र नेपालको हवाईसेवा कम्तीमा यथाशीघ्र एक सातामा एउटा उडान गर्ने र चीनबाट नेपाल आउने कोभिड–१९ का बिरामीको उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री नेपालीले प्रयोग गर्ने दैनिक उपभोग्य वस्तु, ल्याउन सहज हुने, ग्याङचो, खुन्मिङ जहाँ विगत चार महिनादेखि सुरुको केही साता नगन्य मात्रामा कोभिड पोजेटिभ केस देखिएर हाल कुनै पनि केस देखिएका छैनन् । तसर्थ, यी दुई सहरबाहेक अन्य स्थानको हवाई उडान न्यूनतम ४० दिनसम्मका लागि बन्द गर्नुपर्छ ।
५. काठमाडौंबाहेक सबै जिल्लाका विद्यालय, विश्वविद्यालय, पार्क, होटल, सिनेमा घर, मठ मन्दिर, मस्जिद, गुम्बा, सार्वजनिक स्थान, सपिङ मल, सुपरमार्केट हाट बजार, कपाल काट्ने सलुन, स्पा, मसाज सेन्टर तथा ब्युटीपार्लर, डिस्को, बार तथा क्लब न्यूनतम ४५ दिनका लागि पूर्ण रूपमा बन्द गर्नुपर्छ । विद्यार्थीलाई यथाशीघ्र सबै जिल्लामा सम्भव भएसम्म अनलाइन क्लास सञ्चालन गर्ने, सम्भव नभएका जिल्लामा एफएम, सामुदायिक रेडियो र मोबाइल क्लासको व्यवस्था गर्नुपर्छ ।
६. देशभरिका प्रभावित÷अप्रभावित जिल्ला वा स्थानलाई रेड, ग्रिन र एल्लो जोन गरी तीन किसिममा विभाजन गर्न सकिन्छ । रेड जोनमा परेका जिल्लालाई पूर्ण रूपमा सिल गरिनुपर्छ । एल्लो जोनमा परेका जिल्लामा यातायात, होटल, विद्यालय, सार्वजनिक स्थान, सपिङ मल, हाटबजार, कपाल काट्ने सलुन, स्पा, मसाज सेन्टर तथा ब्यटीपार्लर बन्द गरी सामान्य सामाजिक दूरी कायम गरी हिँडडुल गर्न दिनुपर्छ । ग्रिन जोनमा परेका जिल्लामा विद्यालय, सलुन, ब्युटीपार्लर, डिस्को, बार, पार्क, सिनेमा हल बन्द गरी मझौला होटल, कलकारखाना, तरकारी मालबाहक सवारी साधन तथा यात्रु ओसारपसारका निम्ति प्रयोग गरिने छोटा दूरीका सार्वजनिक यातायातका साधन खुला गर्ने तर बस, माइक्रो, टेम्पोमा यात्रा गर्ने यात्रुले अनिवार्य मास्क र पन्जा लगाउनुपर्ने र कसैले खोकेको खण्डमा अन्य प्यासेन्जर तथा ड्राइभरले अनिवार्य रूपमा बाहिर निकाल्न सहयोग गर्ने र चिकित्सककोमा पु¥याउन सहयोग गर्ने साथै सम्पूर्ण यातायाताका साधनमा अनिवार्य दिनमा एकपटक डिस इन्फेक्सन गर्नुपर्ने र डिस इन्फेक्सन नगरिएका सवारी साधन नचलाउने नियम लागू गर्नुपर्छ ।
७. ६० वर्ष उमेर समूहभन्दा माथि प्रेसर, दम, सुगर र अन्य दीर्घरोगीको सबै जिल्लामा पहिचान गरी विशेष उपचार र औषधिको सेवन गर्न र भिडभाडमा नगई घरमै बस्न अनुरोध गर्ने र दीर्घ रोगीको निगरानीका लागि छुट्टै चिकित्सकको टिम गठन गरी हेल्थ डेक्स खोल्ने र स्वास्थ्यकर्मीले अनिवार्य फोन गर्ने र फोन गर्ने बिरामीको अवस्थाको ’boutमा दैनिक जानकारी लिनुपर्छ ।
नेपाली जनजीवन प्रभावित रहेको अवस्थामा कसरी लकडाउनलाई खुकुलो पार्दै बिस्तारै हटाउन सकिन्छ भन्ने’bout सोचिनु जरुरी छ
८. नेपाल प्रहरी र नेपाल आर्मीका स्वास्थ्यकर्मीलाई ७७ वटै जिल्लाअन्तर्गतका नगरपालिका गाउँपालिका, वडा र गाउँगाउँसम्म स्वास्थ्य स्वयंसेविकालाई तालिम दिने, ज्वरो, श्वासप्रश्वास र खोकीका बिरामीलाई अनिवार्य टेस्ट गर्ने र न्यूनतम सुरक्षाका उपाय गाउँगाउँसम्म अनिवार्य गर्नुपर्छ ।
९. अस्थायी फिभर क्लिनक टोलटोलमा सञ्चालन गर्ने बस, बसपार्क, तरकारी बजार भिडभाड हुने ठूलाठूलो स्थान तथा सपिङ सेन्टरमा स्वास्थयकर्मीमार्फत थर्मल गन प्रयोग तापक्रम मापन गर्ने, तापक्रम मिलाइकन कुनै पनि सरकारी कर्मचारी, सर्वसाधारण, अस्पतालभित्र, नेपाल सरकारका कार्यालयभित्र, संघसंस्थाभित्र जान नपाउने व्यवस्था गर्नुपर्दछ ।
१०. प्रत्येक दिन परिवारका सदस्यले परिवारको प्रत्येक दिनको रिपोर्ट अनलाइन इमेलमार्फत सामुदायिक रकेर्ड सेन्टरमा पठाउने व्यवस्था गर्नुपर्छ ।
कसरी सम्भव छ ठूला सहर खुलाउन ? एउटा नयाँ एप्सको विकास गर्ने र उक्त एप्सभित्र रेड, एल्लो र ग्रिन जोन गरी तीन किसिमको तय गरिनुपर्छ । सहरमा बस्ने प्रत्येक व्यक्तिलाई उक्त व्यक्तिको नाम, नागरिकता नम्बर र अस्थायी, स्थायी ठेगाना अनिवार्य गर्ने, प्राइभेट इन्फर्मेसन राखी सम्बन्धित व्यक्तिलाई हेल्थ कोड उपलब्ध गराउने गराउने, प्रत्येक व्यक्तिको कम्तीमा तीन साताको विगतको रेकर्ड राख्न मिल्नेगरी बनाउनुपर्छ । त्यस एप्सभित्र शंकास्पद बिरामी, संक्रमित बिरामी र रोग नदेखिएका बिरामी गरी तीनवटामा वर्गीकरण गरिनुपर्छ । प्रत्येक नागरिक घरबाहिर जाँदा र घरभित्र आउँदा प्रत्येक व्यक्तिले आफ्नो स्वास्थ्य कोडमार्फत प्रत्येक दिन ज्वरो र आफूमा देखिएका लक्षणहरू अपडेट गरिनुपर्छ ।
यदि २१ दिनसम्म कुनै लक्षण र ज्वरो नदेखिएमा उक्त व्यक्तिको अपडेट अटोमेटिक ग्रिन बक्समा परिणत हुने बनाउनुपर्छ । संक्रमित देखिएमा रेड बक्स र शंकास्पद केस भएमा पहिले बक्समा परिणत हुन्छ । यसरी कुनै कारणले यातायातका साधनभित्र, सुपरमार्केटमा तथा पार्कमा कुनै शंकास्पद व्यक्ति रहेछन् भने ग्रिन कोड इन्भ्यालिड हुन्छ । सहरमा बस्ने प्रायःजसो मानिसमा जीपीयस कहाँ कति समय गयो भन्ने कुरा सिस्टमले देखाउँछ । यो नयाँ एप्सको विकास गरी सहरमा बस्ने सबै व्यक्तिलाई अनिवार्य हेल्थकोड उपलब्ध गराएमा प्रत्येक व्यक्तिले आफ्ना मोबाइलमार्फत स्क्यान गर्छ र स्क्यानमार्फत आफू स्वस्थ भएको नभएको, शंकास्पद व्यक्तिनजिक पुगे÷नपुगेको र संक्रमित व्यक्तिसँग नजिक भए÷नभएको थाहा हुन्छ । त्यसैले, सरकारले यस्तो एप्सको विकास गरी हरेक सार्वजनिक स्थानमा स्टिकर ठाँउठाँउमा टाँस्ने र व्यक्तिले स्क्यान गरेर स्वास्थ्यको जाँच गरी कही पनि जान नसक्ने हुन्छ यो नै २१औं शताब्दीको भाइरसविरुद्ध सबैभन्दा ठूलो रोकथामको उपाय हुन सक्छ ।
त्यसैगरी, हालसम्म नेपालमा नेपालीले अनिवार्य तापक्रम लिनुपर्दछ भन्ने बुझाइ भए पनि सर्वसाधारण नागरिकले घरमा थर्मोमिटर किनेर राखेका छैनन् । रेड जोन र एल्लो जोनमा पर्ने सबै जिल्लाका नागरिकलाई समूहमा विभाजन गरी प्रत्येक टोलमा कम्तीमा एउटा थर्मल गन उपलब्ध गराउने र त्यस टोलमा काम गर्ने स्वास्थ्य स्वयंसेविकामार्फत तापक्रम लिनका लागि नागरिलाई प्रोत्साहन गर्ने एवं सामाजिक दूरी कायम गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनुपर्छ ।
देशैभरिका ठूला सहरमा पूर्ण रोकथाम नभएसम्मका लागि ठूलासाना बाटोमा कम्तीमा दिनमा एकपटक सडक, सुपरमार्केट, फोहर थुपारिने ठाउँ, सार्वजनिक यातायात ससाना गल्ली एवं चौतारीमा डिसइन्फेक्सन गर्ने र सबै नागरिकलाई मास्कको प्रयोग गर्न, अनिवार्य दुई मिटरको दूरी कायम गर्न, दिनमा चारपटकभन्दा बढी साबुनपानीले मिचिमिची हात धुन, स्यानिटाइजर प्रयोग गर्न प्रोत्साहन गरिनुपर्छ ।
पीसीआर र आरडीटीको लाखौं परीक्षणबिना नेपालमा संक्रमित कति छन् भन्ने कुरा थाहा नहुने भएकाले सकभर सबै जिल्लामा पीसीआर र आरडीटी परीक्षण सञ्चालन गर्ने र कम्तीमा ५ लाखदेखि १० लाख व्यक्तिको परीक्षण गर्ने लक्ष्य लिनुपर्छ ।






