मुगुम गाउँपालिकाद्वारा यार्सा टिप्न रोक

मुगु । मुगुको पूर्वीउत्तरी भेगमा पर्ने मुगुम कार्मारोङ्ग गाउँपालिकमा रहेका विभिन्न पाटन र वन क्षेत्रमा यस बर्ष यार्सागुम्बु टिप्न रोक लगाइएको छ । विश्वमा फैलिरहेको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले एक महिनादेखि लकडाउन गरेको छ । सर्वसाधरण भेला, जम्मा, भिडभाड र आवतजावत रोक्न लकडाउन गरिएकाले मुगुम कार्मरोङ्ग गाउँपालिकाले यार्सा टिप्न र संकलन गर्न रोक लगाएको गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिए ।

जिल्लाको उत्तरी भेगमा पर्ने यस गाउँपालिकाको १ र २ वडाका माथिल्लो मुगुको पाटन क्षेत्र रिमार, कोईकी खोला, हाङ्गदाङ्गखोला, सानो कोईकी, छापाखोला र दोल्फुको वन क्षेत्रमा यार्साको खानी नै भएकाले हजारौ मानिस तथा सर्वसाधरण यार्सा टिप्न जिल्लाभित्र र बाहिरबाट बर्षेनी आउने गर्दछन । तर यस बर्ष भने उक्त पाटन क्षेत्रमा ठूलो भिडभाड नहोस् भनेर यार्सा टिप्न रोक लगाइएको अध्यक्ष लामाले बताए ।

साथै मुगुम कार्मारोङ्ग गाउँपालिका ९ वडामा १९ वटा बस्ती सेरोग, दाउरा, मुगु, पुअ, रिउस, ताखा, खारी, कार्ति, किम्री, चिताई, दोल्फूलगाएतका बस्तीहरुमा खासै खेती योग्य जमिन नभई आलु, कोदो र फापर मात्र उब्जनी हुन्छ । त्यहाँको मुख्य आयश्रोत यार्सा हो । यार्सा टिप्न रोक लगाएपछि सर्वसाधारणको जीवन निर्वाह यो वर्ष कठिन हुने बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 230 times, 1 visits today)

epaper

ताजा समाचार

बस्ती छाड्दै मनोहराका सुकुमवासी, आज साँझदेखि डोजर चलाउने तयारी