मुगु । नेपाल पत्रकार महासङ्ग मुगु शाखाले जिल्लामा क्रियाशील २ जना अग्रज पत्रकारलाई सम्मान गरेको छ ।
मुगु शाखाका नव निर्वाचित जिल्ला शाखाको प्रथम बैठकले मुगु जिल्लामा लामो समयदेखि क्रियाशील स्थापक अध्यक्ष विनोदकुमार मल्ल र पूर्वअध्यक्ष नृपेन्द्रबहादुर मल्ललाई सम्मान गरेको हो ।
विनोद कुमार मल्ल रेडियो नेपाल मुगु समाचारदातामा रहि विगत २६ वर्षदेखि जिल्लामा क्रियाशील हुन् भने नृपेन्द्रबहादुर मल्ल विगत २१ वर्षदेखि राष्ट्रिय समाचार समिती (रासस), हाम्रा कुरा ड्टकम, हिमालय टाइम्स, गोरखापत्र दैनिकमा आवद्ध हुँदै मुगु जिल्लामा पत्रकारिता गरिरहेका छन ।
२०६२ सालमा नेपाल पत्रकार महासङ्ग मुगु तदर्थ समिती गठन हुदा सस्थापक अध्यक्ष रहनु भएका विनोद कुमार मल्ललाई मुगु शाखाको पहिलो बैठकले महासङ्गको जग बसाल्नु भएको र दुर्गम मुगु जिल्लामा पत्रकारिता सिकाउनु भएको भन्दै मुगु जिल्ला कै वरिष्ठ पत्रकारको उपाधी दिने र सम्मान गर्ने र अर्का पत्रकार नृपेन्द्र बहादुर मल्ललाइ मुगु शाखाको आजसम्मको इतिहासमा २ कार्यकाल शाखा अध्यक्ष भएको र दुवै कार्यकाल अवधी भर कुशल,समावेशी र समन्वयात्मक भुमिका निर्वाह गरि मुगु शाखा र मुगुमा कृयाशिल पत्रकारको शिर उचो बनाउन योगदान गरेको भन्दै सम्मान गरिएको नेपाल पत्रकार महासङ्ग मुगु शाखाका सचिव नन्द बहादुर रोकायाले बताए ।
सम्मानित हुने दुवैजना अग्रज पत्रकारहरुलाइ पत्रकार महासङ्ग मुगु शाखाका अध्यक्ष अचुत राज भन्डारीले सम्मान पत्र सहित खादा लगाइ दिएर सम्मान गरेका थिए ।
मुगु शाखाका निवर्तमान उपाध्यक्ष सुमित्रा रावल र केन्द्रिय परिषद प्रतिनिधि विमल हमाल नेपाल पत्रकार महासङ्ग कर्णाली प्रदेश समिती सदस्यमा निर्वाचित भएकोमा दुबै जनालाइ बधाइ समेत दिइएको थियो ।