Tuesday, June 22, 2021
Home Not-to-be-missed कोरोनासम्बन्धी पहिलो फिल्म ‘कोरोना जाम्बिज’

कोरोनासम्बन्धी पहिलो फिल्म ‘कोरोना जाम्बिज’

,

लस एन्जलस । संसारमा महामारी बनेर फैलिरहेको केरोना संक्रमणमाथि पहिलो फिल्म निर्माण भएको छ । यो फिल्मको नाम ‘कोरोना जाम्बिज’ राखिएको छ । यो फिल्म सिनेमा हलमा ल्याउने अबस्था नभएपछि डिजिटल प्लेटफर्मबाट रिलिज गरिएको छ ।

फिल्म ‘कोरोना जाम्बिया’को ट्रेलर केही दिनअघि रिलिज हँुदा सो ट्रेलर भाइरल भएको थियो । धेरैले फिल्म हेर्ने माग गरेका थिए । संसारका तीन दर्जन मुलुक लकडाउनमा भएको बेला यो फिल्मलाई डिजिटल प्लेटफर्मबाट रिलिज गरिएको हो । यसको ट्रेलर निकै डरलाग्दो बनेको थियो । फिल्म पनि त्यस्तै बनेको छ । बालबालिकालाई अभिभावकको साथबाहेक एक्लै यो फिल्म नहेर्न निर्माण पक्षले अनुरोध गरेको छ ।

गत जनवरीमा चीनमा कोरोना संक्रमण देखिएपछि यो फिल्मको कथा परिवर्तन गरेर कोरोना संक्रमणको विषयमा फिल्म निर्माण गरिएको हो । फिल्मलाई डिजिटल प्लेटर्फममा अहिले खोजेर हेर्नेको संख्या बढेको निर्माण पक्षले जनाएको छ ।

अमेरिकी निर्देशक चाल्र्स ब्यान्डले कोरोनाले संसारमा विकराल रूप लिन्छ भन्ने बुझेरै आफूहरूले यसको कथा तयार गरेको र अहिले त्यही अवस्था आएको बताएका छन् । यो फिल्म अहिलेको वास्तविकता भएको निर्देशक ब्यान्डको दाबी छ । कोरोनाजस्तै अहिले यो फिल्म पनि भाइरल भएको छ ।

हरर तथा थ्रिलर जनराको यो फिल्ममा कोडी रेनी क्यामरुन, रसेल कोकर, रबिन सिड्नीजस्ता कलाकार मुख्य भूमिकामा छन् । टिभीमा आएका अहिलेका कतिपय वास्तविक दृश्यलाई पनि यो फिल्ममा समेटिएको छ ।

यो फिल्ममा कोरसको ठूलो जमात छ । यति धेरै कोरस समेट्न सक्नुको कारणबारे निर्देशक ब्यान्डले भने, ‘हामीले यो फिल्मको छायांकन सुरु गर्दा कोरोना संक्रमण चीनमा मात्र देखिएको थियो । हामीले फिल्मको छायांकन सकेपछि युरोप र अमेरिकामा यसको संक्रमण देखिन थालेको हो ।’ यही कारण यसमा धेरै कलाकार रहेको उनले स्पष्ट पारेका छन् ।

फिल्म काल्पनिक भए पनि अहिलेको अवस्थाको कथा यो फिल्ममा रहेको छ । एक जना व्यक्ति कोरोनाको सिकार भएर कोरोनाबाट मरेपछि ऊ जाम्बिज पात्र भएको कथा यो फिल्ममा समेटिएको छ । जाम्बिजको पीडादायी कथा यसमा छ । ऊ प्रेतात्मा बनेपछिको कथाले यो फिल्मलाई रोचक हरर सिनेमा बनाएको छ ।

अहिलेको अवस्थामा छायांकन गर्न गाह्रो भएकाले फिल्मका कतिपय दृश्य पुनि छायांकन नगरी एनिमेसनबाट तयार गरिएको पनि यसका निर्देशकले बताएका छन् । फिल्मका मुख्य तीन कलाकारको पुराना फिल्मका केही दृश्य पनि यसमा प्रयोग गरिएको समेत ती निर्देशकको कथन छ ।

(Visited 122 times, 1 visits today)
Loading comments...

आजको समाचार

कविता : मुस्कान हराएको छ

आशु झर्छ,मुटु दुख्छ देशको यस्तो मुहार हेर्दा काने भाछ सरकार उता चिन्ता यता गुहार हेर्दा भुकम्पको यादले नछोड्दै कोरोनाको कहर आयो बाढी,पहिरो,डढेलो सबै दुखै दुःखको लहर आयो जनताको...

संशोधित राजस्वको लक्ष्य भेटाउन सरकारलाई गाह्रो

काठमाडौं । सरकारले सोमबारसम्ममा वार्षिक राजस्व लक्ष्यको ८१ दशमलव ०८ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष सिद्धिन २४ दिन मात्र...

रोकथाममा के गर्दै छ सरकार ?

काठमाडौं । दैनिक संक्रमितको संख्या घट्दै गए पनि कोरोना संक्रमण तेस्रो लहरको जोखिम यथावत् रहेको भन्दै सचेत रहन संक्रामक रोग विशेषज्ञ र जनस्वास्थ्य विज्ञहरूले...

प्रतिनिधिसभा निर्वाचनमा नौ अर्ब लाग्ने

काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक र मंसिरका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि अनुमानित खर्चको आँकडा तयार गरेको छ । आयोगले दुई चरणमा गरेर...

इटाली दुर्लभ कीर्तिमान नजिक

रोम । युरोपेली च्याम्पियनसिपअन्तर्गत इटालीले समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० ले हराएपछि दुर्लभ कीर्तिमान नजिक पुगेको छ । इटालीले वेल्सविरुद्ध दोस्रो रोजाइको टोली...

साताका लोकप्रिय समाचार

दुई मध्ये एकबाट राजिनामा दिन ओलीलाई युवा संघको सुझाव

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पुर्व महासचिव माधवकुमार नेपाल समुह निकटको युवा संघ नेपाल वागमती प्रदेश कमिटीले पार्टीमा ‘एक व्यक्ति एक पद’...

युरोकपमा रोनाल्डोको जादु र फ्रान्सको प्रभाव कायमै

म्युनिख । यूरोकपअन्तर्गत गएराति सम्पन्न खेलमा फ्रान्स र पोर्चुगलले जीतसँगै सुखद सुरुवात गरेका छन् । पोर्चुगलले हंगेरीलाई ३–० र फ्रान्सले जर्मनीलाई १–० ले पराजित...

तिव्वतको रोडसी खोलाको ताल खुल्यो, तामाकोशीमा बाढी आउने सम्भावना टर्याे

  दोलखा । तिव्वतको रोडसी खोलाको त्रासबाट नेपाली मुक्त भएका छन् । पहिरोले थुनिएका रोडसी नदी चिनिया नागरिकले खुलाएपछि तत्कालका लागि नेपालमा जोखिम टरेको हो...

ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  इटहरी । टिपरको ठक्करबाट इटहरीका एकसहित दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख...

वर्षायामसँगै कैलालीका नदीमा डल्फिन देखिन थाले

  धनगढी । वर्षायाम सुरू भएसँगै कैलालीका नदीमा डल्फिन देखिन थालेका छन् । विश्वमै दुर्लभ गङ्गेटिक प्रजातिको डल्फिन कैलालीका नदीमा देखिन्छन् । नदीमा पानीको सतह...

ट्रेन्डिङ

पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । न्यूनचापीय प्रणालीको प्रभावले आज देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ । भारतको पूर्वी उत्तर...

रामप्रवेशलाई वडाध्यक्षबाट हटाउन आफनै पार्टीले माग गरेपछि

  रौतहट । रौतहटको मौलापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष रामप्रवेश यादवले आफ्नो जिम्मेवारी पुरा नगरेको र नगरलाई कमाजोर एवं प्रभावहीन बनाउँन खोजेको...

कोभिड–१९ विरुद्धको खोपको आज प्रमबाट शुभारम्भ

आज कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोपको शुभारम्भ गरिँदै छ । आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ...

फेरि अर्का भूपू गोरखाको कोरोनाका कारण निधन

कोरोना भाइरसका कारण बेलायतमा शनिबार फेरि अर्का एक पूर्व गोरखा सैनिकको निधन भएको छ । स्जाङजा वालिङ घर भई हाल बेलायतको स्वीन्डन शहरमा बस्दै...

कोरोना कहरः रुपैडिया आवतजावतमा रोक

नेपालगञ्ज ।  बाँकेमा कोरोना भाइरस सङ्क्रमण बढेपछि सीमावर्ती भारतीय बजार रुपैडिया आवतजावतमा रोक लगाइएको छ । छिमेकी मुलुक भारतमा तीव्ररुपमा सङ्क्रमण बढेकाले रुपैडियामा किनमेलको लागि...

असहायलाई न्यानो कपडा र मिठाई दिएर माघे संक्रान्ति मनाईयो

सप्तरी, राजविराज । माघी अर्थात माघे संक्रान्तिका अवसरमा बिहीबार यहाँ विविध कार्यक्रम गरिएको छ । कसैले घर परिवारमै त कसैले सार्वजनिक कार्यक्रम गरेर माघे...

इलाम नगरपालिकाका १९ जनाको कोरोना रिपोर्ट नेगेटिभ

इलाम । इलाम नगरपालिकाका १९ जनाको कोरोना संक्रमण रिपोट नेगेटिभ आएको छ । आज आएको रिपोर्टमा १९ जनाको श्वाव संकलन असोज नौ मा गरिएको...

कोरियामा राईको मृत्यु

धनकुटा  । बैदेशिक रोजगारीको सिलसिलामा कोरियामा रहेका धनकुटा–७ डाँडागाउँका उत्तरकुमार राईको मृत्यु भएको छ । मंगलबार बिहान शौचालयमा बेहोस भेटिएका ५४ बर्षीय राईको उपचारका...

संखुवासभामा एमाले माधव–केपी समूहको जुहारी

संखुवासभा । सर्वाेच्च अदालतले साविक एमाले र माओवादी केन्द्रलाई ब्यूँताएकोपछि संखुवासभामा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली समुह र वरिष्ठ नेता माधव नेपाल समुहबीच...

ढुङ्गाले लागेर मजदूरको मृत्यु

रसुवा । नाली निर्माणका क्रममा ढुङ्गाले लागेर एक मजदूरको आज घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा नौकुण्ड गाउँपालिका वडा नं १ संयूल निवासी...

राजसंस्थाको अभिभावकत्वमा सर्वपक्षीय राष्ट्रिय सरकारको माग

काठमाडौं । राजसंस्था र हिन्दुराष्ट्रको माग गर्दै आन्दोलनमा रहेका विभिन्न १६ वटा संघसंस्थाहरुले राजसंस्थाको अभिभावकत्वमा सर्वपक्षीय राष्ट्रिय सरकार गठन गर्न माग गरेका छन् ।...

कालीगण्डकीमा युवक मृत फेला

गलकोट । बागलुङ नगरपालिका–१३ स्थित कालीगण्डकी नदी किनारामा एक युवकको शव फेला परेको छ । जैमिनी नगरपालिका–१० निवासी १८ वर्षीय जीवन पुुन आज मृत...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)