घटिघटाउमा कोटेशन ! बढी रकमलाई छनौट

कालिकोट । कुनै पनि संघ संस्था तथा सार्वजनिक निकायले घटिघटाउमा कोटेशन गर्छ । कोटेशन खोल्नको कारण कम दररेटमा माल समान खरिद गर्न हो । तर, कालिकोटको सान्नित्रिवेणी गाउँपालिकाले खोलेको एक कोटेशनमा कमदररेटमा हालेको फमलाई नपारेर बढी दररेटमा हालेको फमलाई स्वीकृत गरेको भेटिएको छ ।

बिज्ञापन मिती २०८१ ०९ १४ गतको गाउँपालिकाले सेनेटरी प्याड खरिदको लागि खोलेको कोटेशनमा चारवटा फर्म परेका थिए । बिज्ञापनमा न्युनतम दश लाख रकममा खरिद हुनुपर्ने भनिएको छ ।

चारवटा फर्ममा सवैभन्दा कमरेट ९ लाख ३३ हजार चारसय १९ रूपैयाँमा रहेको बिएन ईन्टरप्राईजेज, दोस्रोमा रहेको जस्मिन हेग्नि पो्रडक्स दस लाख २५ हजार एकसय ३९ रूपैयाँ रकम रहेको फर्म नपरेर सवैभन्दा बढी तेस्रो स्थानमा रहेको फर्म भुषाल टे्डस एण्ड सप्लायर्सलाई कोटेशन पारेको भेटिएको छ ।

गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम बडुवालले घटेकोलाई पारेको देख्नु भएन रु भन्दै उल्टै जमर्किएका छन् । उनले यति भन्दै फोन काटे । गाउँपालिका सव ईन्जिनियर रमेश सुवेदीले जम्मा फर्म ४ वटा परेका थिए ।

चार वटामा सवैभन्दा कम दररेट वाला फर्म छनौट हुनुपर्ने हो तर, सो फर्मको आवश्यक डकुमेन्ट नभएकाले परेन । दोस्रो घटेको फर्मको पनि आवश्यक डकुमेन्ट नभएकाले तेस्रो स्थानको भुषाल ट्रेडस छनौटमा परेको सुवेदीले जवाफ दिए ।

डकुमेन्ट नपुगे पुनः कोटेशन आह्वान गर्नुपर्ने खरिद निमावली सम्बन्धी ऐन नियम भएता पनि गाउँपालिकाले बढेको फर्मलाई छनौट गर्दा बिवाद उत्पन्न भएको हो ।

नियम बिपरित काम हुँदा कार्यालय प्रमुख र छनौट फर्मको बीच आर्थिक अनियमितता हुन सक्ने एक स्थानीयबासीले आरोप लगाए ।

तपाइको प्रतिक्रिया
(Visited 228 times, 1 visits today)

epaper

ताजा समाचार

पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली