मुगुको बिकट गाउँमा बिजुली पुग्दा स्थानीय हषिर्त

मुगु । जिल्लाको छायानाथ रारा नगरपालिकाको विकट बस्तीमा नेपाल बिधुत प्राधिकरण गमगाढ वितरण केन्द्र मुगुले केन्द्रीय बितरण लाईन गाउँमा पुगे पछि हषिर्त भएका छन । छायाँनाथ रारा नगरपालिका, मुगुको आर्थिक सहयोग तथा गमगाढ विद्युत् वितरण केन्द्र, गमगढी मुगुको सहजिकरण तथा प्राविधिक सहयोगमा वडा नं १० र ११ का एघार वटा गाउँमा बिद्युत् सेवा बिस्तार गरिएको हो ।

छायाँनाथ रारा नगरपालिकाका का चराप, गाँडापानी, झाकोट, लुहारपोल्ना, तलीलेक, घट्ललेक , रोवा, र्याङ्चेकाटी र सालिम, गाडापानि, जिउला लगाएतगाउँमा बिद्युत् सेवा बिस्तार गरिएको नगरप्रमुख विष्णुकुमार भामले बताए । हिजो बुधवार औपचारिक कार्यक्रमको आयोजना गरी बिधुत सेवाको उद्घाटन गरिएको हो ।

दुई वर्ष लगाएर विद्युत् सेवा पुर्‍याउन सफल भएको छायाँनाथ रारा नगरपालिकाले यो परियोजनामा करिब १करोड ९३लाख खर्च भएको र परियोजनामा सहयोग गर्ने सबैलाई आभार व्यक्त गरेको छ

उद्घाटन समारोहमा नगर प्रमुख बिष्णु कुमार भाम, पूर्व शिक्षा राज्यमन्त्री हस्तबहादुर मल्ल, निवर्तमान नगरप्रमुख हरिजङ्ग शाही, नेपाली काङ्ग्रेस कार्यवाहक सभापति कर्णबहादुर रावल उपप्रमुख ऐश्वर्य मल्ल, प्रमुख प्रशासकीय अधिकृत पशुपति शाही, गमगाड वितरण केन्द्रका प्रमुख साजन ऐडी लगायतका वक्ताहरूले बिद्युत् सेवाबाट वञ्चित रहेकामा अबदेखि दैनिकीमा सुधार आउने र विकासको क्षेत्रमा सहयोग हने बिचार राखेका थिए ।

बिद्युत् उद्घाटनमा वडा अध्यक्षलगायत स्थानीय जनप्रतिनिधि, प्राविधिक टोली र स्थानीय बासिन्दाले गाउँमा बाजा गाजा पनि बजाएर उद्घाटन गरेका थिए ।

स्थानीय बिकट बस्तीमा विद्युतको लाइन पुगे पछि स्थानीयले बनमा गएर दियालो टिप्न देखि अन्य बिधुतिय झन्झट हटेको छायानाथ रारा–१० का सुनबहादुर सावत्ले बताए । साथै विद्यार्थीले घरमा पढाइ लेखाईको लागि पनि सहज हुने बताइएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 152 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जसपा अध्यक्षद्वय यादव र भट्टराईद्वारा संयुक्त चुनावी सभा बहिस्कार !