अध्यादेशको हल्लाका बीचमा प्रचण्ड र माधव भेटबार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबिच भेटवार्ता भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले ०८७ मा मात्रै संबिधान संसोधन हुने तथा थ्रेस होल्ड राखेर राजनीतिक दल सबन्धी अध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र नेपालका बिचमा भेटबार्ता भएको हो । दुवै नेताले सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा सो भेटवार्ता भएको हो । 

दुइ नेतासहित अन्य नेताहरूका बिचमा भएको भेटवार्ताको क्रममा समसामयिक राजनीतिक घटनाक्रम र समाजवादी मोर्चा लगायतका विषयमा कुराकानी भएको एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले सञ्चारकर्मीलाइ जानकारी दिए ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन ८७ सालमा संविधान संशोधन हुन्छ भनेर दिएको अभिव्यक्तिपछि दुई नेताबिच भेटवार्ता भएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 142 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
समाजवादीले टुंगो लगायो उम्मेदवार