आज सुनको भाउ सामान्य बढ्यो, चाँदी भने स्थिर

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ १०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १०० सय रुपैयाँले बढेर १ लाख ५५ हजार ८०० रुपैयाँ कायम रहेको छ ।

यसअघि आइतबार छापावाल सुनको मूल्य १ लाख ५५ हजार ७०० रुपैयाँ रहेको थियो । यता, आज चाँदीको भाउ भने स्थिर रहेको छ । सोमबार चाँदीको भाउ प्रतितोला १८ सय ६० रुपैयाँ कायम रहेको छ । आइतबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो । 

तपाइको प्रतिक्रिया
(Visited 98 times, 1 visits today)

epaper

ताजा समाचार

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु