चन्द समूहका केन्द्रीय सदस्य पक्राउ

वीरेन्द्रनगर । प्रहरीले नेत्रविक्रम चन्द समूहका केन्द्रीय सदस्य बालाराम सुनारलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सुनारलाई आज घरबाटै पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले लकडाउनमा घरमा आएर लुकीछिपी बसेको सूचना पाएपछि वीरेन्द्रनगर–४ स्थित घरबाट सुनारलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीका अनुसार सुनारमाथि दुई महिनाअघि पश्चिम सुर्खेतमा प्रहरीसँग आक्रमण तथा जबरजस्ती चन्दा असुलीमा संलग्न रहेको लगायतका आरोप छन् । सुनार सो समूहका पूर्वजिल्ला इञ्चार्जसमेत रहेको बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 198 times, 1 visits today)

epaper

ताजा समाचार

बस्ती छाड्दै मनोहराका सुकुमवासी, आज साँझदेखि डोजर चलाउने तयारी