सिन्धुली जिल्लास्तरीय प्रथम खेलकुद महोत्सव सुरु

सिन्धुली । प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सव २०८७१ तथा १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड सोमबारदेखि सिन्धुलीमाढीमा सुरु भएको छ । नौ दिनम्म चल्ने उक्त महोत्सवको उद्घाटन बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनले गरेका छन । खेलकुद महोत्सवको उद्घाटन गर्दै मन्त्री महर्जनले आफुले जिल्ला जिल्लामा जाँदा पहिले खेलाडीलाई खोज्ने बताए । उनले करीब ४० वर्षदेखि आफु खेलकुद क्षेत्रमा क्रियाशिल रहेको खेलाडी भएकाले पनि जिल्लाहरुमा खेलकुद र खेलाडीको विकासमा आफ्नो पहिलो प्राथमिता रहने बताए ।

जिल्ला खेलकुद विकास समिति सिन्धुलीको आयोजना तथा जिल्ला समन्वय समिति सिन्धुलीको समन्वयमा भएको महोत्सव तथा प्रतियोगितामा उनले जिल्लाको खेलकुदको विकासमा प्रयाप्त बजेट विनियोजन गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । उनले सरकार र खेलकुदका सरकारी संरचनाहरुले काम नगर्ने, बजेट व्यवस्थापन र खेलाडीको विकासमा ध्यान नदिएको बताउँदै आफुले यस तर्फ ध्यान दिने बताएका छन ।

जिल्ला खेलकुद विकास समिति सिन्धुलीको आयोजनामा सोमबारदेखि सुरु भएको महोत्सव फागुन १३ गतेसम्म सञ्चालन हुनेछ । खेलकुदको विकास, खेलाडीहरुको पहिचान र उनीहरुको प्रोत्साहनका लागि खेलकुद महोत्सवको आयोजना गरिएको जिल्ला खेलकुद विकास समिति सिन्धुलीले जनाएको छ ।

नौ दिनसम्म सञ्चालन हुने खेलकुद महोत्सवमा १० प्रकारका खेलहरु हुनेछन । भलिवल, फुटबल, क्रिकेट, व्याडमिन्टन, कबड्डी, कराँते, तेक्वान्दो, एथलेक्टिस, म्याराथन, बक्सिङ खेल समावेश गराईने आयोजकले जनाएको छ । खेलमा नौ स्थानीय तहका १ हजार ३ सय ३३ खेलाडीहरुले प्रतियोगितामा भाग लिनेछन । महोत्सवमा विभिन्न खेलहरु प्रदर्शन हुनुका साथै खेल क्षेत्रमा योगदान दिने खेलाडीहरुलाई सम्मान समेत गरिने छ । प्रतियोगितामा विजेता खेलाडीहरुलाई शिल्ड, मेडल, प्रमाणपत्रको व्यवस्था पनि गरिएको छ । यस्तै खेलको विधागत पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

महोत्सवको उद्घाटन पूर्व सिन्धुलीमाढी बजारमा मार्चपास तथा ¥यालीको आयोजना गरिएको छ । खेलमा लगानी हुने तर खेलाडी टिकाउन नहुने समस्यालाई कम गर्न महोत्सव महत्वपूर्ण हुने समेत आयोजकले विश्वास लिएको छ । प्रतियोगिता तथा महोत्सवका लागि करिब ४१ लाख खर्च लाग्ने समेत आयोजकले जनाएको छ । समितिमा बजेट नभएकाले स्थानीय तह, विभिन्न संघसंस्थाहरु लगाएतको सहयोगमा महोत्सव आयोजना गरिएको छ ।

खेलको सुरुवात मैत्रीपूर्ण भलिबलबाट गरिएको छ । वर्द बहादुर गण र जिल्ला भलिवल टिमबीच भलिवल प्रतियोगिता सुरु गरिएको छ । वर्द बहादुर गणका गणपति र जिल्ला खेलकुद विकास समिति सिन्धुलीका अध्यक्ष विरबहादुर थिङले मायाको चिनो हस्तान्तरण गरेपछि भलिबल खेल्न सुरु गरिएको थियो भने मन्त्री महर्जनले जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तामाङलाई भलिवल हस्तान्तरण गरेका थिए ।

महोत्सवको उद्घाटनमा बोल्दै बागमती प्रदेश सभा सदस्य छेत्र बहादुर बम्जनले खेल र खेलाडीको विकासमा सबै तहका सरकारको ध्यान जानुपर्ने बताए । उनले नेपाललाई विश्वमा चिनाउने खेलाडी उत्पादन गर्न खेलकुद महोत्सव महत्वपूर्ण रहने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै बागमती प्रदेशसभा सदस्य मातृका भट्टराईले राज्यले खेललाई विकासको महत्वपूर्ण पाटोको रुपमा लिनुपर्नेमा जोड दिए । कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाले खेल र खेलाडीको विकास र खेलाडी उत्पादनमा महोत्सव महत्वपूर्ण हुने विश्वास गरे ।

जिल्ला खेलकुद विकास समिति सिन्धुलीका अध्यक्ष विर बहादुर थिङ तामाङ (विशाल) को अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न खेलप्रेमी, राष्ट्रभक्ति सांगितिक प्रस्तुतिहरु प्रस्तुत गर्नुका साथै तेक्वान्दो र कराँतेको नमुना प्रस्तुती गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 50 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवाले किन बोलाए कांग्रेस शीर्ष नेताको बैठक

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मालिकामा एमालेविरुद्ध पाँच दलीय गठबन्धन