हत्या आरोपमा धुलिखेलका सुनिल रंजितकार पक्राउ

काभ्रेपलाञ्चोक । जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ११ की निशा लामाको हत्या आरोपमा धुलिखेलका सुनिल रंजितकार पक्राउ परेका छन् । गत असोज १५ गतेदेखि हराई रहेकी लामाको शव मानव कंकालका रुपमा हिजो पाँचखाल नगरपालिका वडा नम्बर ३ काफ्लेटी सामुदायिक जंगलमा फेला थियो ।

३५ वर्षीय निशाको हत्या आरोपमा धुलिखेल नगरपालिका वडा नम्बर ४ का ३६ वर्षीय रंजितकार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । रंजितकारले निशालाई कुरतापूर्वक ढुंगाले टाउकोमा पटक पटक प्रहार गरी हत्या गरीको स्वीकार गरेका छन्

निशाको हत्या गरेर शव पाँचखालको जंगलमा लुकाएर आफु फरार भएको प्रहरीसंग भनेका छन् । उनलाई प्रहरीले हिजो राति पक्राउ गरेको हो । निशा हराएको दिन रंजिकारसंग ३५ पटकसम्म फोन डायल भएको पाइएपछि प्रहरीले उनको खोजी गरिरहेको थियो ।

पक्राउ परेका रंजितकारलाई काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर कर्ततब्य ज्यान कुसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा मृतकले प्रयोग गरेको चप्पल, ब्याग र सोही ब्यागभित्र रहेको लेडिज टेलरको बिलमा उल्लेख भएको नामको आधारमा निशाकै भएको भन्दै उनका श्रीमान राईफल लामाले पुष्टि गरेका थिए । निशाका २ छोरा र १ छोरी रहेका छन् । उनका पति राइफल लामा आफ्नै गाडी चलाउँदै आएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 113 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवाले किन बोलाए कांग्रेस शीर्ष नेताको बैठक

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
याङवरक–३ मा नेकपा एमालेका उम्मेदवार २ मतको अन्तरले बिजयी