चन्द्रपुर–३ लाई छुटै गाउँपालिका बनाउने माग नगरसभाबाट पास

रौतहटको चन्द्रपुर नगरपालिकाको १२ औ हिउँदे नगर सभामा सोही नगरपालिकाको वडा नम्बर ३ लार्ई छुट्टै पालिका बनाउने प्रस्ताब पारित भएको छ । शनिबार बसेको नगर सभामा चन्द्रपुर नगरपालिका वाड नं. ३ का वडाध्यक्ष बोधनाथ देबकोटाले आफनो वाडलार्ई छुटै गाउँपालिका बनाउनको लागि प्रस्ताव पेश गरेका थिए ।

रौतहटको उत्तरी चुरे क्षेत्रको फेदीमा रहेको सो वाडलाई वडाध्यक्ष देबकोटाले छुटै पालिका बनाउन गरेको प्रस्ताबलाई नगर सभाले पास गरेको हो । चन्द्रपुर नगरपालिका वडा नम्बर ३ मा रहेका विभिन्न बस्तीहरू विकट रहेको र त्यहाँका बासिन्दाहरूले पालिकाबाट पाउने सेवा सुविधा लिन विभिन्न झन्झट रहेका कारण सो वडालार्ई छुट्टै पालिका बनाउनुपर्ने वडाध्यक्ष देबकोटाको माग छ ।

गाउपालिकाको लागि आवश्यक मापदण्ड समेत पुग्ने वडाध्यक्ष देबकोटाले दाबी गरेका छन । रौतहट र मकवानपुर जिल्लाको सिमा क्षेत्रमा सो वार्ड पर्दछ । पानी ढला यता रौतहट पर्ने भएतापनि मकवानपुर जिल्लाको बकैया गाउपालिकाले सबै भुभाग ओगटेको र सो क्षेत्र रौतहटकै भएको वाड अध्यक्ष देबकोटाले बताए । पानी ढला दक्षिण रौतहट र पानी ढला उत्तर मकवानपुर सिमा रहेको उनी बताउँछन ।

सो क्षेत्रलाई गाउँपालिका बनाउन प्रदेश सरकार हुँदै संघिय सरकार सम्म पुर्याउने अभियानमा लागेको वडा नम्बर ३ का वडा अध्यक्ष देवकोटाको बताए ।

यसैबीच रौतहटको चन्द्रपुर नगरपालिकाको शनिबार १२ औं हिउँदे नगरसभा सम्पन्न भएको छ । सभाको उदघाटन गर्नुहुदै प्रतिनिधि सभा सदस्य देबप्रसाद तिमल्सिनाले नागरिकको आबश्यक्ता र जनजिबिकाको पक्षमा नगरसभा केन्द्रित हुनेमा बिश्वास लिएका छन् ।

निर्माण सम्पन्न भएपछि भुक्तानी हुदे गरी उहाले जप्रतिनिधिहरु बजेटको आकार बनाउन आग्रह गरे । सुरक्षित आबासका काम सम्पन्न नभई भुक्तानी नगर्न प्रतिनिधि सभा सदस्य तिमल्सिनाले अग्रह गरेका छन । नागरिकको सेबकको रुपमा काम गर्न उहाले आग्रह गर्नु भयो । देशभरमै उत्कृष्ट नगरपालिका बनाउने गरी सभाले नीति बनाउनेमा बिश्वस्त रहेको बताए ।

चन्द्रपुर नगरपालिकाका उपप्रमुख जयमाला चौधरीले नगरको बिकासमा स्वास्थ्य, शिक्षा, पशु, कृषि, सहकारी क्षेत्र लार्ई समेटदै जनमुखी कार्यक्रम ल्याइएको बताएका छन । सभाले १ अर्ब ४९ करोड ४७ लाख २१ हजार ७ सय ७९ को शंसोधित खर्च पेश भएको छ । सभाले योजना कार्यक्रम बजेट अनि कानुन पारित गरेको छ ।

सभाका अध्यक्ष नगरप्रमुख संजय काफलेले नगरले बिकासको गति लिईरहेको र गौरबका योजनाका साथै दुरगामी नीति लिएर अघि बढदै गइरहेको बताएका छन ।

तपाइको प्रतिक्रिया
(Visited 100 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढीमा हमाल अग्रता बढाउदै