एन प्याव्सनको आठौं महाधिवेशन वीरगन्जमा सुरु

वीरगन्ज । राष्ट्रिय नीजि तथा आवासीय विद्यालय एशोसिएसन (नेशनल प्याव्सन) को आठौं महाधिवेशन पर्साको वीरगन्जमा सुरु भएको छ । नीजि लगानी तथा व्यवस्थापनमा मुलुकभर संचालित २ हजारभन्दा बढि विद्यालय सदस्य रहेको भनिएको नेशनल प्याव्सनको आठौं महाधिवेशन वीरगन्जमा सुरु भएको हो ।

कुल सदस्य विद्यालयहरु मध्ये १ हजार ५ सय सदस्यले नविकरण गरेकोले यो पटकको महाधिवेशनमा १ हजार ५ सय सदस्य प्रतिनिधिहरु सहभागी हुने नेशनल प्याव्सनको संस्थापक अध्यक्ष गीता राणाले बताइन् । बुधबार वीरगन्जका संचारकर्मीहरु मात्र नेशनल प्याव्सनका पूर्वअध्यक्षहरु सहितको टोलीले महाधिवेशनमा विभिन्न १३ बुँदे एजेण्डाहरु सार्वजनिक गर्दै ती बुँदाका बिषयमा महाधिवेशनमा गहन छलफल गरी आगामी दिनमा नेशनल प्याव्सनको भावी कार्य दिशा समेत तय गर्ने जनाइएको छ । मुलुकभरी ३६ जिल्लामा संगठन विस्तार हरेको नेशनल प्याव्सनमा बाँकेको नेपालगञ्जमा भएको सातौं महाधिवेशनको किचलो पनि यो पटकबाट किनारा लगाएर विद्यार्थी र अभिभावकहरुको चाहना अनुसारको शिक्षा प्रदान गर्न सबै एकाकार हुने पनि दावी गरिएको छ ।

कोरोना महामारीका कारण केही शिथिल भएको अर्थतन्त्र पछि अब नीजि विद्यालयहरु केही लयमा फर्कन थालेकोले मुलुक र राज्यले चाहेको शिक्षा दिन पनि अब नीजि क्षेत्र सफल हुने गरी अगाडी बढ्ने पूर्व अध्यक्ष मध्येका कर्ण बहादुर शाहीले बताए । विद्यालयहरु स्वयं अस्थायी प्रकृतिको र यसको स्तर पनि फरक फरक भएको हुँदा स्थायी प्रकृतिको व्ययभार हुने गरी प्रस्ताव गरिएको सामाजिक सुरक्षा कोषका सन्दर्भमा पनि महाधिवेशनले तर्कपूर्ण र यथार्थपरक निकास निकाल्ने गरी सुझाव दिने अपेक्षा पनि आफूहरुको रहेको उनको भनाइ छ ।

वीरगन्जको टाउन हलमा हुने आठौं महाधिवेशनमा सहभागी हुन नेशनल प्याव्सनका अध्यक्ष पाण्डव हमाल, सहित पूर्व अध्यक्ष तथा संस्थापक गीता राणा, सहित कर्ण बहादुर शाही, ऋतुराज सापकोटा लगायत १ हजार जनाभन्दा बढि प्रतिनिधि वीरगन्जमा पुगी सकेको आयोजकको दावी छ ।

तपाइको प्रतिक्रिया
(Visited 27 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवाले किन बोलाए कांग्रेस शीर्ष नेताको बैठक

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धन दलको संयुक्त चुनावी सभा आइतबारदेखि