हाम्रो संस्कृति हाम्रो धरोहर

हरेक देशको आप्mनो मौलक संस्कृति हुन्छ । राष्ट्रियता भन्नु भूगोल मात्रै होइन, त्यहाँको मौलिक संस्कृति पनि हो । जुन देशको आप्mनो संस्कृति जीवन्त हुन्छ, देश धनी हुन्छ, पहिचान आप्mनै हुन्छ । हामीले अपराधको संस्कृति बोकेका छौं । छलको राजनीति गर्दै छौं, पहिचान गुम्न लागेको छ । भ्यालेन्टाइन डे हाम्रो संस्कृति होइन । हामी कुनै धर्म कसैलाई भित्तामा किलाले ठोकेर बिदा गरेका व्यक्तिका नाममा मनाउँदै छौं भने कोही–कसैलाई मृत्युदण्ड दिइएका नामको स्मरण गर्दै मनाउँदै छौं । हाम्रो मौलिक संस्कृति वैदिक सनातन हो र यसले सबैलाई अटाएको छ, कसैलाई लाखापाखा गरेको छैन । यहाँसम्म कि हाम्रो धर्म–संस्कृतिले वसुधैव कुटुम्बकम् भनेको छ । अझ माथि उठेर ब्रह्माण्डैव भनेको छ । विदेशी संस्कृति बोकेर यहाँ नेसनल फिगर बनेका व्यक्तिहरूको घैटो यूएसएड रोकिनासाथ बल्ल उजागर हुँदै छ अहिले ।

हामीसँग ड्युटीको प्रहरी कुट्ने संस्कृति छ, बर्दी च्यात्ने, हेल्मेट खोस्ने संस्कृति छ र तिनलाई उम्काउने राजनीतिक संस्कार पनि । ठमेल, केशरमहलका पछिल्ला घटनाले त्यही बताएका छन्, अमुक दलमा आबद्ध भएको, अमुक दल आबद्ध विद्यार्थी संगठनमा भएका कारण कसैलाई मुद्दा नचलाउने, छानेर अरूलाई चलाउने संस्कृति देखिएको छ, माथिल्लो आदेश भन्दै कसैलाई पक्राउ पुर्जी जारी हुने कसैलाई नहुने भएको छ । कुनै विद्यार्थीले क्याम्पस प्रमुखलाई पिटे भने धरौटीमा छुट्ने गरेका छन् । प्रहरी पनि चोखो नभएका उदाहरण त धेरै छन् ।

हाम्रो सामाजिक संरचनामा खलल आएको छ, गएको पुसका १० दिनमै अपराधका घटना तीव्र देखिए, राजधानीमै ५ मारिए, कति त आफन्तबाटै मारिएका छन् । यो आर्थिक वर्ष सुरु भएपछि मात्रै पनि काठमाडौं उपत्यका जहाँ शिक्षित समुदायको बासस्थान छ, १८ जनाको हत्या भएको प्रहरी तथ्यांक छ । कर्तव्य ज्यान कसुरमा, विभिन्न अन्य बहानामा १८ जनाको हत्या भएको तथ्यांक सार्वजनिक भयो । फुटकर ज्यान कसुरअन्तर्गत १३ जना त मृत फेला परे । काठमाडौं, भक्तपुर, ललितपुर क्षेत्रमा गरेर ५ महिनामा ३१ जना मारिए । कति सजिलो छ ज्यान मार्ने केस ।

प्रहरी प्रधान कार्यालयको तथ्यांकमा देशैभरि यो आवको ४ महिनामा १ सय १२ वटा कर्तव्य ज्यानका घटना छन् । ४ महिनामा अकाल मृत्यु हुनेको संख्या १ सय ९२ छ भने ३ सय ८२ वटा ज्यान मार्ने कसुरका घटना घटेका छन् ।

बाग्मती प्रदेश हेटौंडाको तथ्यांक छ : काठमाडौं उपत्यकाबाहेक चालू वर्षको पहिलो चौमासिकमा ज्यानसम्बन्धी ३ सय ४९, आत्महत्या २ सय ८५, सवारीसम्बन्धी ९२, अन्य १ सय ४४ घटना घटे । अपराधका घटना बढ्दै आएका र मुद्दा दर्ता पनि बढेको भनिएको छ । आव २०७८÷०७९ को अनुपातमा यस्ता घटना २०७९÷८० मा ६ः२२ प्रतिशतले, २०७९÷८० को तुलनामा २०८०÷८१ मा ५ः१८ प्रतिशतले बढेको भनिएको छ । २०८०÷८१ मा ५ हजार १ सय ९७ थान मुद्दा दर्ता भएका र यो आवको ४ महिनामा १ सय ५४ वटा लागूऔषधका, २८ कर्तव्य ज्यान मुद्दाका, ८१ जबर्जस्ती करणीका, ५ मानव बेचबिखनका, ३ अपहरणका, ३२ डाँका मुद्दाका, अन्य ७ यस्तै आपराधिक घटनाका रहेको प्रहरी तथ्यांक छ । लैैंगिक हिंसाका घटना त्यस्तै छन् । बालबालिकाको अवैध घरेलु प्रयोगमा मुछिएकी गन्यमान्य सांसदलाई छुट पनि भइसकेको छ । यस्ता छुट हुने देशमा अरू धेरै छन् ।

प्रजातन्त्रका पिता लिंकनले भनेका थिए, एकाध जनता देशमा बिग्रेर खासै केही नहोला, तर नेता बिग्रे देश बिग्रन्छ । अहिले देशैभरि कुण्ठासिबाय अरू के छ, पद र प्रतिष्ठा अनि पैसोको चाहनाभन्दा बाहेक अरू के छ ? हामीकहाँ अध्यात्मको भोक जागेकै छैन, जसले मोह छुटाउँछ । सत्यको भोग जागेकै छैन, जसले कसैलाई कमजोर हुन दिँदैन । विश्वासको भोक जागेकै छैन, जसले दुःखी हुन दिँदैन । कर्मको भोक जागेकै छैन जसले कहिल्यै मान्छेलाई असफल हुन दिँदैन । ज्ञानको भोक जागेकै छैन जसले भयभीत हुन कहिल्यै दिँदैन । ऐना आफैं बोल्छ कति झुट छ मान्छेमा बा कति सत्य । अरूलाई ठग्न त सजिलै सकिएला तर आफूले आफैंलाई ठग्न सजिलो छैन ।

गठबन्धन बहुमत र अल्पमत केवल सत्तामा जाने भागबन्डा गर्ने आफू र आफ्नालाई पोस्ने, देशलाई नराम्रो खाडलमा भास्ने काम भइरहेको छ । राजनीति सेवा हो ब्याजसमेत असुल गर्दै खोक्रो पार्ने व्यापार होइन । अहिले गाउँसम्म पुगेका संयन्त्रहरू राजनीतिक रोजगारीमा छन्, सेवा गर्नेले तलब, सुविधा, कमिसन तोक्दैन, पहिले थिएन पनि

पूर्वीय संस्कृतिको धरोहर शास्त्रहरूले भनेका छन् ः नीतिले कमाऊ, रीतिले बाँच र प्रीतिले अरूलाई बाँच्न देऊ । यहाँ मान्छे मात्र बाँचेर हुन्न प्रकृतिमा रहेका सबैले बाँच्न पाउनुपर्छ । शास्त्र अगाडि भन्छ ः ‘येषां न विद्या न तपो न दानं, ज्ञानं च शीलं न गुणो न धर्मः, ते मत्र्यलोकं भूवि भारभूता, मनुष्य रुपेण मृगाश्चरन्ति ।’ यसको सामान्य अर्थ हुन्छ ः ‘जोसँग सामान्य विद्या छैन, तप वा दान छैन, ज्ञान र शील पनि छैन, कुनै गुण वा धर्म पनि छैन, ती मनुष्य रूपमा धर्तीलाई भार भएर मृगझै चरिरहन्छन् ।’ कस्तो सूत्र छ, यो श्लोकमा । वास्तवमा पशु र मानिसमा पृथक् गराउँने चिनो भनेको उसमा भएको ज्ञान, धर्म, विवेक नै हो । बोकाले उमेर पुगेपछि आमा पनि भन्दैन । दार्शनिक, ज्ञान वितरण, जीवनोपयोगी सूत्रहरू प्रसार भइरहँदा भाइरल हुन्न । झापाको अमलाकाण्ड निमेषभित्रै कति भाइरल भएको छ । त्यसबाट पनि स्पष्ट हुन्छ हाम्रो समाजको स्वरूप कता गइरहेको छ भन्ने ।

यी कुरा सिकाउने शिक्षाले हो, हाम्रो शिक्षा कस्तो छ । बेइलमी खालको, रोजगार दिन नसक्ने र ढुंगा हान्न सिकाउने । ढुंगा हान्नेहरू नीति निर्माणमा पुगेका छन्, अपराधका घटनामा मुछिएकाहरू नै मन्त्री, सांसद बन्ने हाम्रो संस्कृति छ । सबै खराब नहोलान् तर अभियन्ताहरूले, अगुवाहरूले, पथ प्रदर्शकहरूले समाजलाई निर्देशित गर्ने हुन् । दलका भ्रातृ संगठनहरूको काम हो समाजमा नैतिकता, इमानदारी, सिकाउने, असल चरित्र सबैमा निर्माण गराउने । नेताले दाम कमाउने होइन नाम कमाउने हो । सी जिनपिङको नाम वा लिंकनको नाम किन लिन्छन् मान्छेले । ली क्वान र महाथिरको नाम, गान्धीको नाम, जर्ज बर्नाड शा वा प्लेटो अरस्तुको नाम किन लिन्छन् मान्छेले ? तर हाम्रो राजनीति अलमलिएको छ, केवल जनतालाई सताउने, करको मारमा पार्ने, सधैं गठबन्धन बहुमत र अल्पमत केवल सत्तामा जाने भागबन्डा गर्ने आफू र आप्mनालाई पोस्ने, देशलाई नराम्रो खाडलमा भास्ने काम भइरहेको छ । राजनीति सेवा हो ब्याजसमेत असुल गर्दै खोक्रो पार्ने व्यापार होइन । अहिले गाउँसम्म पुगेका संयन्त्रहरू राजनीतिक रोजगारीमा छन्, सेवा गर्नेले तलब, सुविधा, कमिसन तोक्दैन । पहिले थिएन पनि । ठूला पदमा बहालीपूर्व नै राजीनामापत्रमा सही गराइएको हुन्थ्यो । सानो सुइँको पाउनासाथ पद चिलिम हुन्थ्यो र बेलुकीको समाचारमा आइसक्थ्यो फलानो मन्त्रीको राजीनामा सदर, अर्को नियुक्ति फलानो भएको छ । आफ्नै समाचार बेलुकी आफूले सुनेपछि भोलिपल्ट कार्यालय बा मन्त्रालय ऊ जाँदैनथ्यो । अहिले संस्कार, संस्कृति धेरै बदलिएको छ, पद फुस्किहाले पनि थमौतीका लागि दान, भेटी उपहार बा नजराना के के हो भनिसाध्यै छैन, पद पाउन पनि ।

शास्त्रले भनेको छ, राज्यको सेवा गर्नु भनेको उपकारी काम हो, असल नियतले नागरिक सेवा गर्नेले अन्य कुनै ठूला धर्म कर्म गरिरहनु पर्र्दैन । यहाँसम्म कि राज्यको काममा बाहिर निस्कँदा कुनै साइत हेरिरहनु पर्र्र्र्दैन । धर्म, कर्म गर्नेले राज्यको सेवा गर्ने अवसर पाउँछन्, लोकको कल्याणभन्दा ठूलो अर्को धर्म छैन । तर शास्त्रलाई लत्याइएको छ अहिले, जसले हजारौं मान्छेको घाँटी निमोठ्यो, उसको गर्जन कति ठूलो छ । मुहान शुद्ध नभएपछि घरका धाराका पानी शुद्ध छन् भन्न कसरी सकिएला र ? आज किन डंँढेलो, बाढी, पहिरोले आक्रान्त छ देश ? असाध्य रोगहरू किन बढिरहेका छन् ? कुकर्मको मुस्लो छ सबैतिर, धर्तीलाई बोझ भएको छ र त नदेखिने कोरोना आयो, अरू धेरै आयो, पृथ्वीको कम्पन कति धेरै छ एकै निमेषमा स्वाहा पार्ने खालको, सम्भ्रान्त अमेरिकालाई पनि छोडेन अरूको के कुरो गर्ने, हाम्रो पहाड कति गलेको छ, हामीले नदी सभ्यतालाई निल्यौं पैसामुखी भएर । गरुड पुराणको एउटा श्लोक उद्धृत गर्न अझै मन लाग्यो । मान्छेका चरित्र हेर्ने १४ किसिमका प्रकृति छन् ।

आदित्य चन्द्रवनिलोनलश्च, द्यौभूमिरापो हिर्दयं यमश्च, अहश्च रात्रिश्च उभे च सन्ध्ये धर्मश्च जानाति नरस्य वृत्तिम् । हामीलाई थाहै हुन्न, हामी भन्ठान्छौं हाम्रो सीसी क्यमेराबाहेक अरूले केही देख्दैन तर प्रकृतिको सीसी क्यामेरा यति पारदर्शी र खतरा छ मान्छेका हरदम क्रियाकलाप उसले आप्mनो क्यामेरमा केद गरेको हुन्छ जसलाई चित्रगुप्तको डायरी भनिन्छ । सरल अर्थमा १४ तŒव भनेका सूर्य, चन्द्र, आगो, डढेलो, भूमि, देवता, पानी, वायु आप्mनै हृदय, यम, दिवा, बिहानी, साँझ, रात्रि सबैले मान्छेका वृत्तिहरू हेरिरहेका हुन्छन् । आफ्नो हृदय पनि त्यसको साक्षी बसेको हुन्छ । छल्ने ठाउँ कतै छैन । यति हो ती द्रष्टा मात्रै हुन्छन् । शस्त्र भएर आउँदैनन्, त्यसैले हामीलाई पत्यार लाग्दैन पनि । पत्यार हामीलाई विज्ञानको मात्रै लाग्छ तर विज्ञान मस्तिष्कको कृपा हो र मानव मस्तिष्क ईश्वरको देन हो हामी यो बुझ्दैनौं र सधैं भौंतारिई नै रहन्छौं । हामीमा कति अथाह ज्ञान छ र देश गुरुराष्ट्र हो यो नबुझेर अर्काको संस्कृति विकृतिको रूपमा भित्र्याएर आफ्नै सुनको थालीमा हामी आफैं भिक्षा माग्दै छौं ।

तपाइको प्रतिक्रिया
(Visited 39 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पूर्वयुवराज पारसलाई हृदयघात, नर्भिकमा भर्ना, अवस्था सामान्य

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
थवाङ झडपपछि सम्पर्कविहीन भएका अझै भेटिएनन्