नरभक्षी होइन बाघ

इटहरी । सोमबार बिहान सप्तरी डिभिजन वन क्षेत्र नजिकमा पर्ने फत्तेपुर बजारमा बाघ देखाप¥यो । फत्तेपुर क्षेत्रमा मात्रै होइन, तत्कालीन पूर्वाञ्चल विकास क्षेत्र अर्थात् हाल कोशी प्रदेशका १४ र मधेशका दुई जिल्लामध्येमा यहाँ पहिलोपटक बाघ देखा परेको हो ।

अनुसन्धानकर्ताहरूका अनुसार पछिल्लोपटक मधेश प्रदेशको रौतहटमा मात्रै बाघ देखापरेको छ । सो बाघलाई स्थानीयवासीले भने कुनै पनि हालतमा मार्नुपर्ने जिकिर गरिरहेका थिए । सयौंको भीडले उद्धार टोलीलाई घेरेको थियो । उनीहरूलाई सम्झाइबुझाइ गर्नै सकस हुँदा र सुरक्षाकर्मीको हतियारसमेत खोस्नसक्ने ‘स्थानीयको रबैया’ देखाएका कारण बाघको उद्धार गर्न समस्या भयो । फलतः झन्डै १२ घण्टापछि मात्रै कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयबाट खटिएको उद्धार टोलीले बाघको उद्धार गरेको थियो ।

‘डार्ट’ प्रविधिको प्रयोग गरी उद्धार गरिएको सो बाघ कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमै राखिएको छ । जसको सुरक्षाका लागि नेपाली सेना खटिएका छन् ।

सप्तरी डिभिजन वन कार्यालयनजिकै रहेको खोरिया टोलको बस्तीमा सोमबार बिहान करिब ७ बजेतिर पसेको बाघलाई साँझ ६ बजेतिर मात्रै नियन्त्रणमा लिइएको हो । सो बाघलाई अहिले कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयभित्र राखिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमका अनुसार बाघ जंगलबाटै आएकाले फेरि फर्केर जाने वातावरण नहुँदा गोठभित्र लुकेर बसेको थियो । दिनभर बाघ गोठमै पसेपछि घटनास्थलबाट सुरक्षाकर्मी र स्थानीयवासीले होहल्ला गरेपछि स्थानीय भरत विष्टको घरभित्रै बाघ पसेको थियो ।

घरभित्रै बाघ पसेपछि स्थानीयले भने थुनेका थिए । त्यसपछि कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयको प्राविधिक टोलीसहित सुरक्षाकर्मीले डार्ट प्रयोग गरेर बाघ नियन्त्रणमा लिन सफल भएको गौतमले जानकारी दिए ।

उनका अनुसार अन्दाजी ७ वर्षको सो बाघ पोथी हो । खासगरी बाघ नरभक्षी होइन, नरम प्रजातिमा पर्छ । बाघले सहजै, तत्कालै मानिसलाई आक्रमण गर्दैन । तर, उसलाई जिस्काएको अवस्थामा वा जंगलमा जम्काभेट भएको अवस्थामा वा मानिस निहुरिएर काम गरिरहेको अवस्थामा मात्रै आक्रमण गर्ने गौतम बताउँछन् ।

‘बाघले सकभर मान्छेको सिकार गर्दैन, मान्छेलाई सिकार गर्नु भनेको बाघका लागि इजी सिकार हो, मान्छेलाई जंगलमा जम्काभेट गरेको अवस्थामा, मान्छे घोप्टिएर बसेको अवस्थामा र दुईवटा बाघ जुधिरहेको अवस्थामा डिस्टर्ब गर्दा आक्रमण गर्न सक्छ,’ गौतमले भने, ‘बाघहरूले सिकार खाइरहेको अवस्थामा डिस्टर्ब गर्नुहुँदैन अथवा बच्चा सानो भएको अवस्थामा पनि बाघले आक्रमण गर्न सक्छ ।’

सोमबार फत्तेपुरमा भेटिएको बाघ करिब १ सय ३१ केजीको छ । सो बाघलाई अहिले आरक्ष क्षेत्रभित्र फलामको बक्साभित्र थुनेर राखिएको छ । तत्कालका लागि सो बाघलाई पानी मात्रै खान दिइएको छ । खासगरी एउटा बाघले सिकार गरेको एक सातादेखि १० दिनसम्म उसलाई सिकारको आवश्यक नपर्ने गौतम बताउँछन् । ‘बाघले एकपटक आहारा गरेपछि सातदेखि १० दिनसम्म नखाईकन बस्न सक्छ,’ उनले भने, ‘त्यसबीचमा बाघले प्रायः सिकार गर्दैन, पहिल्यै गरेको सिकार खाने, राख्ने गर्छ ।’

बाघ आफैंमा नरभक्षी जनावर नभएको गौतमले बताए । ‘बाघ त लजालु जनावर हो,’ उनले भने, ‘बाघले मान्छेको सिकार गर्न थाल्यो भने मात्रै त्यो नरभक्षी हो तर बाघले आफैं आक्रमण भने गर्दैन ।’

खासगरी फत्तेपुरमा सोमबार भेटिएको पाटेबाघले पनि आफैं आक्रमण गरेको होइन । सो बाघले आक्रमण गरेको भए, जहाँ गोठमा लुकेको थियो, त्यहाँ खसी, बाख्रा र भैंसीहरू पनि थिए तर बाघले आक्रमण भने गरेन ।

विभिन्न अनुसन्धानअनुसार स्वस्थ बाघले सिधै मानिसलाई वा बस्तीमा पसेर आक्रमण गर्दैन । उसको आफ्नै आहारा हुन्छ । खासगरी बाघको आहारा भनेको जंगली जनावर नै हो । त्यसमध्ये पनि बाघको सबैभन्दा लोकप्रिय आहारा भनेको जरायो हो । जरायोका अलावा बँदेल, चित्तल, लघुना, नीलगाईलगायत बाघका लागि लोकप्रिय आहारा हुन् । त्यसबाहेक स–साना जनावर बाघकै अगाडि परेको अवस्थामा मात्रै बाघले आफ्नो आहाराका रूपमा लिन्छ । तर, साना जनावरलाई बाघले आफ्नो महŒवमा राख्दैन ।

‘स्वस्थ बाघले मानिसलाई वा बस्तीमा पसेर आक्रमण गर्दैन,’ गौतमले भने, ‘बूढो बाघ र अस्वस्थ बाघले मात्रै आक्रमण गर्छ र आक्रमणको पहिलो सिकार मान्छे नै हो ’cause मान्छेलाई आक्रमण गर्नजस्तो सजिलो अरू केही हुँदैन ।’

खासगरी जंगलमा बस्ने बाघको आयु १५ देखि २० वर्षको हुन्छ भने चिडियाखानामा पालेको बाघको आयु न्यूनतम २० देखि २५ वर्षसम्मको हुने गौतमले सुनाए ।

बस्तीमा पसेको बाघलाई उद्धार गर्नु ठूलो कुरा नभए पनि मानिसको भीडका कारण प्रभावित हुने उनको भनाइ छ ।

कसरी गरिन्छ डार्ट प्रविधिको प्रयोग ?
बस्तीमा पसेर मानिसलाई नै आक्रमण गर्नसक्ने जोखिम भएपछि प्राविधिक टोलीले वन्यजन्तुको उद्धार गर्छ । बस्तीमा पसेको वन्यजन्तुलाई गनबाट मेडिसिन पास गरेर लठ्याइन्छ । मेडिसिनको मात्रानुसार धेरैमा एक घण्टासम्म लठ्याउन सकिन्छ । लठ्याएर उद्धार गरेपछि एन्टी डट दिएर ब्युँझाइन्छ । ‘वन्यजन्तु’bout कुनै काम गर्नुप¥यो भने त्यो समयमै गर्नुपर्छ,’ संरक्षण प्रमुख गौतम भन्छन्, ‘लामो समय बेहोस बनाउनै मिल्दैन, तत्कालै एन्टी डट दिएर ब्युँझाइन्छ ।’ डार्ट प्रविधि भनेको खर्चिलो प्रविधि हो । एकपटक डार्ट प्रयोग गर्दा महँगो खर्च पर्न आउने गौतमले बताए ।

उनका अनुसार डार्ट प्रविधिका लागि प्रयोग हुने औषधि नेपालमा पाइँदैन । नेपालमा उपलब्ध नहुँदा बाहिरबाटै औषधि ल्याउनुपर्दा खर्च हुने उनको भनाइ छ ।

कस्तो पर्यावरणमा रम्छ बाघ ?
खासगरी बाघ प्रशस्त आहारा प्रजाति भएको पर्यावरणमा रमाउँछ । बाक्लो जंगल, घाँसे मैदान, प्रशस्त पानीको स्रोत र प्रशस्त आहारा भएको ठाउँमा बाघ रमाउँछ । यसका लागि नेपालमा उपयुक्त स्थान भनेको पर्सा राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्ज मात्रै हो । ‘जुन जंगल स्वस्थ हुन्छ, त्यस जंगलमा मात्रै बाघ पाइन्छ,’ गौतमले भने, ‘जुन जंगलमा सबै किसिमका प्रजाति पाइन्छ, सबै किसिमका वन्यजन्तु हुन्छन्, त्यहाँ बाघको बाहुल्यता हुन्छ ।’

तर, बाघका लागि कोशीटप्पु वन्यजन्तु आरक्षमा भने उपयुक्त स्थान होइन । कोशी क्षेत्रमा जंगली क्षेत्रको अभाव र बाघका लागि उपयुक्त स्थान नभएका कारण यस क्षेत्रमा बाघ पाइँदैन । यसपटक भने कहाँबाट बाघ आयो भन्ने ठ्याक्कै यकिन नभइसकेपछि यस’bout आरक्षले सूक्ष्म अनुसन्धान गरिरहेको छ ।

कति वर्षदेखि गर्छ सिकार ?
बाघ २ देखि अढाई वर्षपछि सिकारमा निस्किन्छ । त्यसबीचमा भने माउले नै बाघलाई सिकार गर्न सिकाउँछ । त्यसपछि भने माउबाट छुट्टिन्छ र सिकारका लागि तयार हुने अनुसन्धानकर्ताहरू बताउँछन् ।

पछिल्लो समय कोशी प्रदेश र मधेश प्रदेशका दुई स्थानमा चितुवा र बाघ भेटिएपछि आरक्ष क्षेत्रले अनुसन्धान गरिरहेको छ । ९ माघ २०८० मा मोरङको उर्लाबारीमा हिउँचितुवा भेटिएको थियो । सो चितुवालाई अहिले जावलाखेलको सदर चिडियाखानामा राखिएको छ । सो चितुवालाई राष्ट्रिय प्रकृति संरक्षण कोषले व्यवस्थापन गरिरहेको छ ।

भर्खरै माउबाट छुटेको सो चितुवा बाटो बिराएर मोरङसम्म आइपुगेको अनुसन्धानकर्ताहरूले पत्ता लगाएका थिए । ताप्लेजुङ, पाँचथर, इलाम हुँदै सो हिउँचितुवा मोरङसम्म आएको थियो ।

‘चितुवा सानो ठाउँमै पनि लुकेरै बस्छ र पोल्ट्री फार्महरूमा देखिन्छ,’ कोशी संरक्षण केन्द्रका प्रमुख गौतमले भने, ‘बाघ सहर पस्नु भनेको आहाराकै खोजीका लागि हुन सक्छ, अर्को भनेको बाटो बिराएरै पनि हुन सक्छ ।’ सिकारका लागि र बाटो बिराउनुबाहेक जंगली जनावर सहर पस्नुको अर्को कारण नै नहुने उनको दाबी छ ।

तपाइको प्रतिक्रिया
(Visited 128 times, 1 visits today)

epaper

ताजा समाचार

आझेलमा ऐतिहाँसिक जोगिथुम भगवती मन्दिर