६० बर्षका आमिर खान फेरि प्रेममा !

आफ्नो ६०औं जन्मदिन आज मनाउदै गरेका बलिवुड अभिनेता आमिर खान फेरी प्रेममा परेका छन् । जन्मदिनकै अवसरमा आमिरले आफ्नी प्रेमिका गौरी स्प्रेटको ’boutमा मिडियामा खुलासा गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

आमिरले आफ्ना दुई पूर्वपत्नीहरू, रीना दत्ता र किरण रावसँग राम्रो सम्बन्ध राख्छन् र सम्बन्ध विच्छेद पछि पनि परिवार जस्तै सम्बन्धमा रहेका छन् । अब, उनी तेस्रो पटक बेंगलुरुको गौरी स्प्रेटसँग प्रेममा परेका छन् । बलिउडका मिस्टर परफेक्शनिस्टको छबि बनाएका  आमिर खानले आफूलाई एक्लै बस्न मन नपर्ने र अब उनी गौरीसँग खुसी भएको बताएका छन् । पत्रकार सम्मेलनमा उनले आफ्नो सम्बन्धको ’boutमा खुलेर कुरा गरेका थिए ।

गौरीको ’boutमा उनले पाँच विशेष कुरा भनेका छन् । पहिलो कुरा, गौरी बेंगलुरुकी बासिन्दा हुन् र कपाल काट्ने व्यवसाय गर्छिन् । दोस्रो, उनी आमिरको प्रोडक्सन हाउसमा पनि काम गर्छिन् । तेस्रो, आमिरसँगको उनको मित्रता २५ वर्ष पुरानो हो, तर उनीहरूको सम्बन्ध विगत १८ महिना देखिको छ । चौथो, गौरी विवाहित छिन् र उनको छ वर्षको छोरा छ । पाँचौं, उनको मूल तमिल र आयरिश दुवै हो ।

रिपोर्ट अनुसार, आमिरले उनी र गौरीबीच २५ वर्ष अघि भेट भएको बताएका छन् तर पछि सम्पर्क टुटेको थियो । अब उनीहरू फेरि भेटेका छन् र सँगै छन् । 

उनले गौरीलाई फिल्म उद्योगको दुनियाँको लागि तयार पारिरहेको र उनको सुरक्षाको लागि व्यक्तिगत गार्ड पनि राखेको बताए । आमिरले गत बुधबार गौरीलाई आफ्ना साथी शाहरुख खान र सलमान खानसँग पनि परिचय गराएको बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 95 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा सशस्त्रका सई पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्याङ्जामा प्रमुख पदमा महिला उम्मेदवार पराजित