दैलेख । दुल्लु नगरपालिका वडा –१ नाउले –गाँणापानी देखि कर्णाली राजमार्ग को तल्लो डुङ्गेश्वर जिरो पोइन्ट सम्मको करिव ६ किलोमिटर सडक कालोपत्रेको काम एक दशकदेखि अलपत्र परेको छ । ठेकेदार सडक कालोपत्रेको काम नगरिदिदा १० बर्षदेखी अलपत्र परेको हो ।
प्रदेश सरकार भौतिक योजना तथा निर्माण मन्त्रालय वाट आर्थिक वर्ष २०७२÷०७३ मा सालमा सडक कालोपत्रेका गर्ने काम सिद्धीशाही भारत जेभी कण्ट्रक्सन प्रालिका ठेकेदार शेरबहादुर शाहीले लिएका थिए ।
सडक कालोपत्रे निर्माण गर्ने जिम्मा लिएका शाहीले १० बर्ष वितिसक्दा पनि कामको शुरुवात नै गरेका छैनन् । पटक पटक ठेक्का रद्ध गर्न दुल्लू नगरपालिका नगरप्रमुख कर्णाली प्रदेश सरकारको भौतिक तथा योजना मन्त्रालय धाउदा पनि सुनुवाई नभएको दुल्लू नगरपालिकाका नगरप्रमुख भरत रिजालले बताए । उनले भने,म पटक पटक ठेक्का रद्द गरि काम अघि बढाउन मन्त्रालय धाए ।
तर मन्त्रालयका कर्मचारी भेट हुँदा हुन्छ भनेपनि सुनुवाई नगरिदिदा सडक कालोपत्रेको काम अलपत्र परेका हो । कालोपत्रे ढिलाई हुनमा भौतिक तथा योजना मन्त्रालयको पनि दोष छ । कामको लागि ठेकेदारलाई ताकेता गर्नुपर्ने हो ।पालिकाले धेरै पटक ठेकेदार शाही सँग अनुरोध गर्दा हुन्छ भन्नुहुन्छ,तर काम गर्नुहुदैन ।
सडक कालोपत्रे नहुँदा सडक छेउछाउका घरमा हिउँदेमा धुलो,बर्षामा हिलोले हैरानी खेप्नु परेको हिरासिंह खडकाले बताए । उनले भने,हिउँदमा धुलो घरभित्र आउँछ । घर धुलोले छपक्क ढाक्छ । धुलो गर्दा अधिकाँश मानिसलाई रुघाखोकी लागेर हैरानी खेप्नु परेको छ भने बर्षामा हिलोले गर्दा आवतजावत गर्न गाह्र्रो हुन्छ ।
यसै सडक खण्डको दुल्लूनगरपालिका –१ नाउले मन्नादेखी दुल्लू बजारसम्मको आर्थिक बर्ष २०७८–०७९ मा सडक कालोपत्रेको ठेक्का लिएका अन्य कम्पनीले काम सम्पन्न गरिसकेका छन् । आर्थिक बर्ष २०७३–०७४ मा काम गर्न सुरु गरेको सिद्धीशाही भारत जेभी कण्ट्रक्सन प्रालिले हालसम्म सडकमा गिट्टी बालुवा थुपारेर राखेको छ । जसले गर्दा सडक साघुरो भई यातायातका साधन आजतजावतमा समस्या परेको छ । सिद्धीशाही भारत जेभी कण्ट्रक्सन प्रालिका सञ्चालक शेरबहादुर शाही नेपाली काँग्रेसका नेता हुन् ।
राजनिति आडमा शाहीले काम नगरेको स्थानीयबासी धिरेन्द्रबहादुर थापाले नगेन्द्रबहादुर खडकाले बताए । शाही नेता भएकै कारण सडक कालोपत्रेका काम अलपत्र परेको हो । उहाँले बरु छिटो काम गर्नुपर्ने नेता नै ठेकेदार भएपनि अधिकाँश काम अलपत्र पर्ने गरेका छन । स्थानीय सरकार,प्रदेश सरकार र केन्द्र सरकारले सडक कालोपत्रेका काम अनुगमन गरी एक दशकसम्म काम नगर्ने कम्पनीलाई कालोसुचीमा राखेर कारवाही गनुपर्छ,उनले भने ।
सडकमा गिटटी वालुवा थुर्पादा सडक साघुरो भई यस सडकखण्डमा १३ वटा सवारी साधन दुर्घटनामा परीसकेका छन् । यस सडकखण्डबाटदुल्लु ,भैरवी चामुण्डा,ठाँटिकाँध,कुशापानी र महावु गाँउपालिका दैनिक ५०० भन्दा वढि निजी तथा सरकारी यातायातका सवारी साधनहरु आवत जावत गर्छन ।
सम्बन्धित समाचार











