२३ मार्च विश्व मौसम दिवस । दिवस मनाइरहँदा भनौं फागुनदेखि नै हामी खराब मौसममा छौं । पंक्ति तयार भइरहँदा एक अन्तर्राष्ट्रिय हवाईजहाज काटमाडौं ल्यान्डिङ हुन नसकेर सिमराको आकाशमा चार राउन्ड लगाउँदै बल्ल काठमाडौं विमानस्थल ल्यान्डिङ भयो । साताभरि उडानहरू नियमित हुन सकेनन् । हामी पर्यटक धेरै भिœयाउने भन्छौं तर हाम्रो मौसम प्रतिकूल छ । कैयन उडानहरू यहाँ ल्यान्डिङ हुन नसकेर नजिकका अन्य क्षेत्रतिर फर्किएका खबरहरू आइरहेका छन् । चैत वैशाखलाई नयाँ वसन्त भनिरहँदा पनि वसन्तको उत्साह छैन र प्रदूषित वातावरणमै गुज्रिएका छौं हामी ।
केही वर्षयतादेखि काठमाडौंको खराब मौसम संसारलाई उछिन्दै एक नम्बरमा पुगेको छ । पर्यटकीय नगरी पोखरा पनि यसको अछुतो छैन । नजिकै रहेका दिल्ली सहर एवं बंगलादेशका सहरहरू पनि आज खराब मौसमको चपेटामा छन् । साŒिवक यज्ञहरूबाट वायुमण्डल सफा हुने हो तर महायज्ञहरू साŒिवक हुन सकेका छैनन् । पुराना, थोत्रा सवारीसाधनहरूले फाल्ने प्रदूषित धूवाँ, कार्बन, धेरथोर उद्योग, कलकारखाना र घरायसी प्रयोगका सरसामानले पनि हाम्रो वातावरण स्वस्थ छैन । यहाँ मनको मात्र होइन, धनको प्रदूषण छ । कचौरा आकारको काठमाडौं उपत्यकामाथि पुगेर पनि यहाँको प्रदूषित हावाबाहिर निस्कन सक्दैन । फर्कन्छ यहीँ, चिसिएर गह्रौं भएर । वन जंगलको आगलागी, खेतबारीका बस्तुहरू जलाउने कार्य, क्रसर र इँटा भट्टाहरू, केमिकलयुक्त हाम्रो जीवनशैली, विषादीको अधिक प्रयोग धेरै छन् मौसम बिगार्ने हाम्रा ।
वायुको गुणस्तर नापिने भनौं एयर क्वालिटी इन्डेक्स खतराको घण्टी बजाउँदै ४ सय ३० नाघेको पाइयो विगतमा । भारतको एक्यूआई १ सय ७४, चीनको एक्यूआई १ सय ८८ रहँदा दुई देशका बीच रहेको नेपालको एक्यूआई यति माथि पुगिरहँदा जनजीवन कष्टकर रह्यो । यो वर्ष पनि हिउँदमा खासै जलवर्षा भएन र कुइरीमण्डल धूवाँ, धूलोले गर्दा जनजीवन कष्टकर नै छ । एक्यूआई ५० भन्दा माथि रहनुलाई असामान्य भन्नुपर्ने अवस्थामा काठमाडौं बाहिर सौराहामा २ सय ८२, सिमरामा ३ सय ४८ रहँदा काठमाडौं उपत्यकाको भैंसेपाटीमा ४ सय २ माथि रहेको सार्वजनिक भयो भने विमानहरू उडान भिजिबिलिटीकै कारण कतिपय रद्द भए । कतिपय हवाई उडानहरू डाइभर्ट गरी अन्यत्र पठाइयो । चितवन, पोखरा, कञ्चनपुर, धनकुटा, दमक, विराटनगर, सबैजसो क्षेत्रको आकाश धमिलो हँुदा शैक्षिक संस्थाहरू बन्द भए । आँखा पिरो हुने, चिसो बढी हुने, दिउसै अँध्यारो महसुस भई त्रासदीय वातावरणको अनुभूति भयो । तर, यसको विकल्पमा केही गर्न सकिएन । मौसम खराब देखिनुमा देशैभरिको डढेलो र हिउँदमा पानी नपर्नुलाई कारण बनाइयो अघिल्ला दिनहरूमा । वायु प्रदूषणका कारण सूर्यको प्रकाश पृथ्वीमा राम्ररी पर्न सकेन । हुस्सु र तुँवालोले ढाकेजस्तो देखिएको मौसमलाई क्यान्सरजस्तो घातक रोग निम्तिने विज्ञहरूको भनाइ रह्यो । जलवायु परिवर्तनको संकटसँग जोडियो यसलाई । यसपालिको असौजको प्रकृतिको ताण्डव नृत्यले २ दिनमा हाम्रा पूर्वाधारहरूलाई मात्र सोत्तर बनाएन, मान्छे पनि खाइदियो । पूर्वको बीपी राजमार्ग पुनर्निर्माणलाई १० अर्बभन्दा बढी रकम लाग्ने भनिँदै छ । सिस्ने खोला, भ्mयाप्ले खोला, त्रिशूली र मस्र्याङ्दीका घटनाहरूले हाम्रो मन मस्तिष्क गलेको छ र विकासको मोडेल नै ठीक भएन भनिँदै छ । विकासका नाममा सिमेन्टका रूखहरूको बढोत्तरी छ । भ्युटावरहरू बढेका छन् तर वनको वृद्धि भएको छैन ।
बाहिरको मौसम अनुकूल नहुनासाथ शरीरले धान्न सक्दैन र शरीरका भित्री अंगहरू बिग्रन थाल्छन् । सामान्य रुघाखोकीमा एन्टिबायोटिकको प्रयोग हुन थालेको कैयन दशक भइसकेको छ । मानव शरीरमा असाध्य घातक रोगहरू निम्त्याइनुमा हामी आपैंm जिम्मेवार छौं । हाम्रो समाज, सरकार, नेतृत्व, सबै जिम्मेवार छ । प्रदूषण कर कहाँ प्रयोग भयो थाहा छैन
१० वर्षसम्मको लामो मौसमी अध्ययन, मौसमी परिवर्तनलाई जलवायु परिवर्तन भन्ने गरिन्छ भने छोटो समयको वातावरणीय परिवर्तनलाई मौसम परिवर्तन भन्ने गरिन्छ । हरितगृह ग्यासको कटौतीको कारण संसारमा प्रदूषण बढ्दै छ । विश्व मौसम संगठनको भनाइमा सन् १८५० देखि सन् १९०० को ५० वर्षको तुलनामा सन् २०२० पछि विश्वमै तातो बढ्न थालेको छ । अतीतको तुलनामा सन् १९२० यता ०ः१ देखि १ः२ डिग्री सेन्टिग्रेटसम्मको तापक्रम वृद्धि भएको अनुमान छ । समुद्रको जल वाष्पीकरण भई माथि आकाशमा नउठेसम्म पुथ्वीमा पानी पर्दैन । पानी नपर्दा संसारमै जलवायु परिवर्तनको असर पर्छ । प्रदूषणका कारण ओजोन तहको विनाश भएको छ । हिमालयको हिउँको सतह घटेको छ भने समुद्र सतह बढेको छ । सन् १९५० मा संसारको जलवायु र मौसमको यकिन अध्ययन, विश्लेषण गर्न मौसम संगठनको स्थापना भएको र मौसम दिवस मनाउन भने सन् २३ मार्च १९६१ मा सुरु भई सन् १९६६ मा नेपालले संगठनको सदस्यता लिएको हो । संगठनको अवधारणा भने सन् १८७३ मा भियनामा सम्पन्न अन्तर्राष्टिृय मौसम संगठनको अवधारणा अन्तर्राष्टिृय स्तरमै मौसमी तथ्यांक आदान–प्रदान गर्ने उद्देश्यले सन् १८७९ मा यसको स्थापना भएको हो । सन् १९५० मा यसलाई संगठनको रूपमा परिणत गरी सन् १९५१ देखि संयुक्त राष्ट्र संघको विशेष निकायको रूपमा रहेको छ । हाल यसमा १ सय ८७ देश सदस्य छन् ।
सन् १९६६ मा नेपालले सदस्यता लिएपछि पहिलेदेखि यहाँ काम गर्दै आएको संस्था जल तथा मौसम विज्ञान विभागको रूपमा स्थापना भएको छ । देशमा मौसम मापन केन्द्रहरू स्थापना गरिएका हुन् भने हाल ७० बढी यस्ता मापन केन्द्रबाट प्राकृतिक विपत्तिको संकेत गर्ने गरिएको हो । तर, केन्द्रहरू भने समयमा औजार मर्मत नहुँदा, प्रविधि, दक्ष जनशक्तिको अभावका कारण हाम्रो मौसम भविष्यवाणीमा चुनौतीहरू छन् । हिजोआज कहिले अनावृष्टि, कहिले अतिवृष्टि, कहिले खण्डवृष्टि छ र त बाढीपहिरो, हावाहुरी, चट्याङ, अधिक वर्षा, सुक्खा पहिरोले हामीलाई सताएको छ । धेरै गर्मी हुने, उतिखेरै चिसो बढ्ने क्रम छ । समग्रमा हेर्दा विश्वव्यापी उष्णीकरणको तुलनामा पर्वतीय र हिमाली क्षेत्र भएको नेपाल यसको उच्च जोखिममा छ । पर्वतीय र हिमाली क्षेत्रको तापमानमा वृद्धि भएको छ । जलवायुसम्बन्धी पेरिस सम्झौताबमोजिम विश्वव्यापी तापक्रम १ः५ डिग्री सेन्टिग्रेटमा कायम गरे पनि नेपालजस्ता पर्वतीय भूभागमा २ः२ डिग्री सेन्टिग्रेटभन्दा बढी छ ।
पंक्तिकारले देशाटन गरिरहँदा हालैको बीपी राजमार्ग, सिन्धुली, रामेछाप, ओखलढुंगा, खोटाङ, काभ्रे, दोलखा, सिन्धुपाल्चोक र पश्चिमतिर नुवाकोट, धादिङ, चितवन, कास्की, तनहुँ, बाग्लुङ, म्याग्दी, कतै पनि डोजरहरूले बाटो, वन नकोतरेको भूमि कतै देखेन र अझ पूर्वको चतरा सुनसरीको भित्री भाग बराहक्षेत्र र बाहिरी भाग धरानको उपल्लो शिखरमा पुग्दा पनि पालिका र केन्द्रका डोजर र ट्रिप्परहरूकै तस्बिर देखिए ।
मकवानपुरको टिस्टुङ होस् बा काठमाडौंको दक्षिणकाली छैमले बा ललितपुरको लेलेदेखि दक्षिण सबैतिर बाटाघाहरू बिग्रेका भत्केका, टुटेका, सरर सवारी गुड्न नपाएका नै देखिए । कुलेखानी जलाशय आसपास पनि पुगेर हेर्दा भूमि पक्की र स्थिर कतै देखिएन । मानौं पूर्वाधारहरू बन्ने क्रममा जमिन भत्कँदै छ । गल्दै छ, पग्लँदै छ र त्रिशूली, रोशी, मस्र्याङ्दी खोलामाथि भित्ताहरूमा डोजरैडोजरहरू देखिँदै छन् ।
पालिकाहरूको होडबाजी नै छ घरघरमा सडक पु¥याउने तर त्यसले स्थिर जमिन कति गलाउँदै छ, प्राविधिक प्रतिवेदन छैन । यत्रतत्र पानीका मुहान सुकेका छन् । प्रकृतिको वेदना असह्य छ । मानवले सुख खोज्दा र मुस्ताङका माथिल्ला शिखरहरूमा पनि सवारी लग्दा लामखुट्टे, डिँगोलगायतले मानवलाई थप नराम्रो असर पारिरहेको छ ।
अस्थिर मौसमले पर्यटकहरूको अन्त्य भइरहको छ । हिमाल गलेर बाटाघाटा बिग्रेर, बगेर, भत्केर, पहिरो गएर । बेखबरका क्रसर उद्योग, बढी उत्पादनका नाममा हालिने बढी विषादी, लामो समय सफा देखिने गरी खाद्य सामग्रीहरूमा प्रयोग हुने केमिकल, रङ, घरका फ्रिजरहरू, एसी, घर भित्ताका वाल रङहरू यी सबैले मानव स्वास्थ्यमा प्रतिकूल असर पारेका र भयावह रोगहरू निम्त्याइएको अवस्था छ ।
सहर, उपत्यकाहरूमा सफा पानीको सख्त अभाव छ । जार र बोतलका पानीमा पनि मैलो, फोहोर, गन्ध सहनुपरेको छ । बाहिरको मौसम अनुकूल नहुनासाथ शरीरले धान्न सक्दैन र शरीरका भित्री अंगहरू बिग्रन थाल्छन् । सामान्य रुघाखोकीमा एन्टिबायोटिकको प्रयोग हुन थालेको कैयन दशक भइसकेको छ । मानव शरीरमा असाध्य घातक रोगहरू निम्त्याइनुमा हामी आपैंm जिम्मेवार छौं । हाम्रो समाज, सरकार, नेतृत्व, सबै जिम्मेवार छ । प्रदूषण कर कहाँ प्रयोग भयो थाहा छैन । पूर्वाधार कर कता प्रयोग भयो थाहा छैन र यो सालको बजेटमा हरित कर थपिएको छ ।
संविधानमा देशले मौलिक हकविपरीत क्षतिपूर्र्तिको दाबी व्यवस्था गरेको छ तर स्वस्थ र निरोगी जीवन बाँच्नु भनेको अब लगभग असम्भव भइसकेको छ, । नारायणघाट बुटवलको मात्रै होइन सडक थानकोटदेखि नै सहज छैन । मुग्लिङ पुग्दा सवारीमा मान्छे बिरूप भइसक्छ । सामान्य मास्कले प्रदूषण हावा धान्ने अवस्था छैन । हाम्रो राजनीतिक परिवर्तन जति छिटो हुन्छ मौसम पनि त्यस्तै छ । एक ठाउँमा न्यानो कपडा लगाएर हिँड्यो भने दुई घण्टाको सवारी यात्रापछि त्यो कपडा अनुकूल हुन्न । फाल्नुपर्ने हुन्छ । आज जाडो हुन्छजस्तो लाग्ने दिनमा एकै छिनपछि उखरमाउलो गर्र्मी भइदिन्छ । हाम्रो भूमि त्यस्तै छ । बैंग्लोर, सिंगापुरमा त्यस्तो हुन्न । तापक्रम करिब उस्तै बस्छ थोरै कपडाले जीवन चल्छ र यहाँजस्तो हरेक दिन धोइरहनु पर्दैन । फोहोर हुन्न । बिहान लगाएको जुत्ता भरे फर्कँदा लगभग उस्तै हुन्छ । सडकपेटीमा बसेर सुन्दर हरियालीमा घण्टौं समय बिताउँदा पनि उराठ लाग्दैन र श्वासप्रश्वासमा खासै समस्या हुन्न, मास्क लगाउनै पर्दैन ।
हाम्रो नेतृत्वले झुटो आश्वासन दियो देश हराभरा हुन्छ भनेर बालेनले काडमाडौं सिँगार्न खोज्दा नेतृत्वलाई असह्य भएको छ । अब स्पष्ट छ हाम्रो नेतृत्व कता जाँदै छ भन्ने । काठमाडौं उपत्यकामा पानीको हाहाकार छ । बल्ल आएको मेलम्ची फुटेर सडक बगाउने तर घरका धाराहरूमा पानी नझर्ने, अनि दुई घण्टा वर्षा भयो भने सहरका बाटाहरू हराउने अचम्मको भूमि र त्यसलाई बेवास्ता गर्ने नेतृत्व छ हाम्रो ।