पोखरामा खुल्यो ५० करोड लगानीमा एभरग्रिन एकेडेमी

पोखरा । विद्यालय शिक्षामा तल्लोदेखि नै अन्तर्राष्ट्रियस्तरमा पठनपाठन संचालन गर्ने उद्देश्ले नयाँ शैक्षिक संस्था संचालनमा आएको छ । प्रतिभा एजुकेशन फाउण्डेशनले पोखरा–३, तेर्सापट्टीमा एभरग्रिन एकेडेमी नाममा नयाँ शैक्षिक संस्था संचालनमा ल्याएको हो । ‘स्टिम वेस’मा आधारित रही पठनपाठन हुने एभरग्रिनलाई सुविधासम्पन्न बनाइएको छ । जसको जग्गा तथा पूर्वाधार निर्माणमा मात्रै ५० करोड रुपैयाँ खर्च गरिसकिएको छ ।

बुधबार एकेडेमी परिसरमा पत्रकार सम्मेलनमा एकेडेमी निर्देशक किरण सापकोटाले विद्यार्थीको बौद्धिक विकास र व्यक्तित्व निर्माणमा सशक्त बनाउन प्रतिभा एजुकेशन फाउण्डेशनअन्तर्गत छुट्टै शैक्षिक संस्थाको रुपमा यसलाई संचालन गरिएको जानकारी दिए । उनले भने, ‘विद्यार्थीको अन्तरनिहित प्रतिभा चिनेर पेसागत मात्र नभई असल, योग्य र जिम्मेवार नागरिक बनाउने उद्देश्यका साथ एकेडेमी संचालनमा ल्याएको हौं ।’

उनले अघि भने, ‘यहाँ शुल्क त्यस्तो महँगो हुँदैन । विभिन्न सेवासुविधा उपलब्ध हुने भएकाले पोखरामा निजी विद्यालयले लिने शिक्षण शुल्कभन्दा केहीमात्र बढी हो ।’

आगामी शैक्षिक सत्रका लागि कक्षा नर्सरीदेखि ५ सम्म भर्ना सुरु गरिसकिएको उनले बताए । प्रत्येक कक्षामा अधिकतम् २४ जनाभन्दा बढी विद्यार्थी राखिने छैन ।

प्रतिभा माविको सफलतासँगै विद्यार्थीको बौद्धिक विकास र व्यक्तित्व निर्माणमा सशक्त बनाउन फाउण्डेशनले विद्यार्थीको आवश्यकता र क्षमताअनुसारको पाठ्यक्रम बनाएर प्रयोग गर्ने, विद्यार्थीको व्यक्तिगत आवश्यकतामा ध्यान दिई उनीहरुको समग्र व्यक्तित्व विकासको लागि विशेष योजना पनि बनाउने, शिक्षक र विद्यार्थीबीचको सहकार्यलाई प्राथमिकता दिने फाउण्डेशन अध्यक्ष नारायण पौडेलले जानकारी दिए । उनका अनुसार एभरग्रिन एकेडेमीमा नवीनतम् प्रविधिको प्रयोग गरिने छ । विद्यार्थीले स्मार्ट क्लास रुम, विभिन्न डिजिटल उपकरण र इन्फर्मेशन टेक्नोलोजी माध्यमबाट सिकाइ अनुभव गर्न सक्ने छन् । विद्यार्थीमा टीमवर्क र सहकार्यलाई बढावा दिन परियोजनामा आधारित सिकाइको पनि प्रयोग गरिनेछ । लिफ्ट सुविधा रहेको एकेडेमीमा विद्यार्थीका निम्ति ल्याब, योगा, ध्यान, म्यूजिक, डान्स, आर्टस्का कक्षाहरु संचालित हुने छन् ।

एभरग्रिन एकेडेमी रहेको स्थानमा पहिले पोखराकै पुरानो सिनेमा हल कल्पना सिनेमा हल थियो । साढे ५ रोपनी क्षेत्रफलमा साढे ५ तलाको भवन निर्माणलगायत विभिन्न भौतिक संरचना बनाइएको छ । थप निर्माण कार्य जारी रहेकाले लागत अझ बढ्ने निर्देशक सापकोटा बताउँछन् ।

‘स्टिम’ भनेको विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणितसँग सम्बन्धित हो । एउटा फूलको उदाहरण दिँदै सापकोटाले त्यही फूलभित्र विद्यार्थीले स्टिमका सबै पक्ष’bout ज्ञान हासिल गर्न सक्ने बताए । प्रागेसिभ प्रणालीमा आधारित शिक्षा प्रदान गर्ने उद्देश्यले खोलिएको यो शैक्षिक संस्थामा विद्यार्थीमा टिमवर्क र सहकार्यलाई बढावा दिन परियोजनामा आधारित सिकाइ प्रयोग गरिने बताइएको छ । सो पद्दतिमार्फत विद्यार्थीहरु कुनै पनि समस्याको समाधान गर्न समूहका रहेर काम गर्न सक्ने छन् भने आफ्नो सीप र ज्ञान व्यावहारिक रुपमा प्रयोग गर्न सक्षम हुने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 126 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

७ वैशाख २०८२

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
साँफेबगरकाे बाब्लामा गठबन्धन र एमाले कार्यकर्ताबीच झडप, मतदान स्थगित