रोकियो धर्मकीर्ति महाविहारको विहार निर्माण कार्य

काठमाडौं । काठमाडौँ महानगरपालिकाको अनुगमन समितिले धर्मकीर्ति महाविहारको विहार निर्माण कार्य रोकेको छ । भर्‍याङ् जोखिमपूर्ण भेटिएको र भवन निर्माण प्रक्रियामा लापर्वाही देखिएकाले निर्माण कार्य रोकिएको महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको संयोजकत्वमा रहेको समितिले निर्माण कार्यको अनुगमन गरेको थियो । अनुगमनमा भर्‍याङ् जोखिमपूर्ण भेटिएको र भवन निर्माण प्रक्रियामा लापर्वाही देखिएको थियो । यसपछि समितिले जोखिमपूर्ण भर्‍याङ् भत्काउन, सुपरभाइजर र साइट इञ्जिनियरको लिखित स्वीकृति बिना थप काम अगाडि नबढाउन निर्देशन दिएको हो ।

जमिन तलाबाट पहिलो तलामा जाने भर्‍याङका तलाहरुको उचाइ फरक फरक भएको, साँघुरो भएको, ढलान गर्न जोडिएका फर्मामुनि इटा राखिएको, सुपरभाइजर र इञ्जिनियरले यस अघि दिएका निर्देशन पालना नगरेको अवस्था पाइएकोले निर्माण कार्य रोकिएको हो ।

अनुगमनका क्रममा समितिका संयोजक एवं महानगरपालिकाका उपप्रमुख डंगोलले, पूर्वाधार निर्माणमा भइरहेका गलत क्रियाकलापहरुमा आँखा चिम्लिन नसकिने बताउनुभयो । ‘तोकिएको मापदण्डमा घट्ने गरी कतैको पनि काम अगाडि बढ्न दिँदैनौँ । काम नभएर फरक पर्दैन, गलत हुनुहुँदैन ।’ उहाँको भनाइ थियो ।

‘निर्माण कार्यमा अपनाउनु पर्ने विधिमा लापर्वाह गरेको भेटियो ।’ सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले भन्नुभयो, ‘निर्माण कार्यमा पहिलेको दाँजोमा सुधार आएको छ । तर, अझै कडा निगरानी चाहिएको छ । हामी यसलाई कडाइ गरेर लैजान्छौँ ।’

यो विहार वुद्ध शिक्षाका लागि निर्माण गर्न लागिएको हो । गएको भदौ २३ गते कार्यादेश दिइएको निर्माण कार्य २०८२ भदौ २२ गतेसम्ममा सम्पन्न गरिसक्नु पर्नेछ । आयोजनाको सम्झौता रकम ५६ लाख ५८ हजार ३७२ रुपैयाँ हो । १ हजार १७८.१८ वर्गफिट क्षेत्रफल भएको जमिनमा निर्माण हुने ४ तले विहारको जमिन तला, पहिलो र दोस्रो तला ८२३.२३ वर्गफिटका हुनेछन् । माथिल्लो तला ५७८.६४ वर्गफिट क्षेत्रफलको हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 83 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कंगोमा डुंगामा आगलागी हुदा मृत्यु हुनेको संख्या १४८ नाघ्यो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आचारसंहितामा कडाइ, उल्लंघन गर्नेलाई फिल्डबाटै कारबाही