प्रहरी र जनप्रतिनिधिकै सामुन्ने माछा लुटियो

राजविराज । अदालतको आदेश कार्यान्वयन गर्न पुगेका प्रहरी र जनप्रतिनिधि कै सामुन्ने बुधबार एक विवादित पोखरीबाट डेढ लाख भन्दा बढी मुल्यको माछा लुटिएको रोचक घटना भएको छ ।

सप्तरीको रुपनी गाउँपालिका ३ कटैयास्थित धामी पोखरीबाट १ लाख ८० हजार मुल्य बराबरको करिब ६ सय केजी माछा लुटपाट गरिएको हो ।

उक्त पोखरी पालिका सार्वजनिक र स्थानीय एक पक्षले निजि भएको दाबी गर्दै आएका छन् । यसरी दुई पक्षले आ–आफ्नो भएको दाबी गर्न थालेपछी उक्त विवाद अदालत पुगेको थियो ।

सप्तरी जिल्ला अदालतले उक्त पोखरी विवादको अन्तिम किनारा नलागुन्जले उक्त पोखरीमा रहेको माछा बिक्रि गरि प्राप्त आम्दानी गाउँपालिकाको राजश्व खातामा जम्मा गर्न आदेश दिएको थियो ।

सो वडाका इनरदेव चौधरी धामीले पुर्खौदेखी आफूहरुले हकभोग र रेखदेख तथा संरक्षण गर्दै आएको उक्त पोखरी आफूहरु कै परिवारको रहेको दाबी गर्दै आएका थिए । तर वडा कार्यालयले उक्त पोखरी निजि नभई सार्वजनिक भएको दाबी गर्दै आएको थियो ।

अदालतको आदेश कार्यान्वयनका सिलसिलामा पत्थरगाढा प्रहरी चौकीका असई बैजु यादव, वडाअध्यक्ष अमरलाल मुखिया सुरक्षाकर्मीसहित पोखरी पुगेका थिए । उनीहरुकै उपस्थितिमा पोखरीबाट झण्डै ६ सय केजी माछा बाहिर निकालिसकिएको थियो । तर एक्कासी आएको गाउँलेहरुको एक भिडले ती सबै माछा लुटेर लगेको प्रहरीको भनाई छ ।

प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले अचानक ठूलो संख्यामा आएको समूहले माछा लुटपाट गरेको र सो ’bout आवश्यक अनुसन्धान भइरहेको जनाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 146 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

भारत–पाकिस्तानलाई हामीले नलड्न सुझाव दियौंः प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बालेन शाहले पाए स्थापितले भन्दा १२ सय बढी मत