चोरको निशानामा सप्तरीका मन्दिर

राजविराज । नगरको मुटुमा रहेको राजविराज ७ हटिया बजार स्थित श्री लक्ष्मी नारायण राधाकृष्ण मन्दिरमा रहस्यमय ढंगले चोरी भएको छ ।

मुलपुजारी रत्नेश्वर झाका अनुसार मन्दिरमा रहेको दानपेटिका तथा इस्कान राजविराजद्वारा संचालित धार्मिक पुस्तक पसलको काउन्टरको ताला फुटाएर नगद रकम चोरले लगेका छन ।

पुस्तक काउन्टरबाट पुस्तक विक्री गरे वापतको डेढ÷दुई हजार रुपैया तथा दानपेटिकामा राखिएको सबै रकम चोरी भएको मूलपुजारी झाको कथन छ । उक्त दानपेटिका २०८१ मंसिर देखि खोलिएको थिएन ।

मन्दिर दर्शन र पुजाआजाका लागी ५ महिना यता आएका भक्तजनहरुले दानपेटिकामा ठूलै रकम खसालेको अनुमान गरिएपनि यकिन रकम भन्न कठिन भएको मन्दिर व्यवस्थापन समितिका सचिव विरेन्द्र गुप्ताले बताए ।

उनका अनुसार सोमवार मध्यराती तीर मन्दिरको अग्रभागमा रहेको भेन्टिलेशनबाट चोर भित्र पसेको र पुस्तक काउन्टर तथा दानपेटिकाको ताल्चा फुटाएर रकम चोरी गरी लगेको पाइएको छ । मंगलवार विहान मन्दिरको ढोका खोल्न आउँदा मात्र चोरी भएको थाहा पाएको मुलपुजारी झाले बताए । उनले भगवानको घरमा यस्तो घटना हुनुुले आफुृलाई पनि चकित बनाएको बताए ।

मन्दिर परिसरमा सिसी क्यामेरा जडान नभएकाले पनि चोरको पहिचान गर्न कठिन भएको मन्दिर व्यवस्थापन समितीका सचिव गुप्ताले सुनाए । मन्दिरमा रातीको समयमा कोही पनि नवस्नाले पनि चोरालाई चोरी गर्न सहज भएको स्थानीयवासी उमाकान्त साहको भनाई छ ।

राजविराजको प्राचिन मन्दिर मध्येका एक उक्त मन्दिर परिसरमा शौचालय तथा बाथरुमको सुविधा नहुदाँ रातीको समयमा पुजारीहरु पनि आ–आफनै घरमा जाने र विहानपख मात्र आउने गरेका छन । यही मौका छोपेर चोरले सम्पती चोरी गरी लगेको स्थानीयको भनाई छ ।

केही समय अघि राजविराजस्थित शनि मन्दिरमा समेत चोरले दानपेटिका फुटाएर हजारौ रकम चोरेर लगेका थिए । उक्त चोरको पत्ता नलाग्दै पुनः अर्काे मन्दिरमा त्यस्तै प्रकृतिको घट्ना भएको हो । मन्दिरहरुमा एक पछि अर्काे चोरीका घट्ना हुन थालेपछी उक्त क्षेत्रहरुमा सिसीटीभी क्यामेरा जडान तथा सुरक्षा निगरानी बढाउनु पर्ने स्थानीयले माग गरेका छन ।

तपाइको प्रतिक्रिया
(Visited 179 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आमाले आफूसहित नवालक छोरालाई खुवाइन विष

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
युवा नेतृत्व छनौटमा नेकपा एमाले, सुनसरीबाट कार्की सिफारिस